Bhupal Sapkota Computer Programmer Unraveling art, science, and commerce behind technology. Passionate about teaching web/mobile programming, writing, and growing an online business.

My Private Mailing List

If you want early access and opportunities that I don’t post publicly, get on my private email list.

Home

🚀 मनशा / manasha

#manasha – an expression of the experience of a moment!
i do collect
some simple sentences,
i like to play around
words.
love to smudge them,
give a sweet sound,
add some music
to let them fly.

भान्दाई

दशैँको जमघट तासका खाल, तासका परिकार झन्डी दाऊ पर्दाका नचाई पासा कौडाका उफ्राई पिङका मच्चाई अनि गीत घन्काई कमर मर्काई-मर्काई नाच्दै बिर्सेका बर्सौँका दुरि र थकाई ! दुई चुस्की लगाउँदै जमेका खाल भए मनका भडास अनि माया र बर्सदिनका याद अनि सम्झना कट्फट पिच्छे फुस्किन्थे होलान्, पोखिन्थे होलान् । होस्-हवास र अर्ध-निद्राको माहोलमा मन खोल्न […]

Tagged with:

साथी

छाडेर जाने साथी तँलाई के थाहा तेरो न्यास्रो मेटाउने लाखौं कोसिस गर्दा नि मैले, नयाँ साथी भेटाउन सकिन । साथको तूक बुझ्दाको उमेर साथको वास्तविक खाँचो पर्ने उमेरमा एक्लो हुन नत्र, मैले रोजेको होईन !

Tagged with:

डर

आजकल मान्छेहरूको हुलमा मलाई डर लाग्छ । मान्छे नभएको सुनसानमा मलाई डर लाग्छ । मान्छे सित होस् या मान्छे बिना अनि कहिलेकाही आफू आफैसित आफैं मन काप्छ !

Tagged with:

गाला

मैले मनपराएका तिम्रा पुक्क गाला पनि चाउरिएछन् ! नल्पुरे बा सँग हाँस्दै बाधेँका ताओहरु आज सम्झना मात्र भएछन् !

Tagged with:

पैसो

पैसो के हो ? पैसो किन चाहिन्छ ? पैसोले के हुन्छ ? पैसो नहुँदा के हुन्छ ? पैसो कहिले चाहिन्छ ? पैसो कहाँ चाहिन्छ ? पैसो कसरि आउछ ? पैसो कति चाहिन्छ ? पैसा नपर्ने चिज पनि हुन्छन् र ?

Tagged with:

समय

समयमा साथीलाई अपरिचत अनि, अपरिचतलाई सहयात्री बनाउने तागत हुन्छ!

Tagged with:

Search for Good

Thinking is For brainstorming ideas. Writing is For connecting old ideas. Speaking is For giving a voice to emotions. Watching is For exploration. Reading is The very complicated form of watching to explore and learn. That’s why a good picture, An art or a video is Worth the attention. Listening to music is Shortcut to […]

Tagged with:

गड्स माईन्ड

इन्द्रिय बासना सम्हाल्न भगवानलाई पनि हम्मे हम्मे परेर त होला सृष्टिकर्ता बिष्णुले सुती-सुती संसारको संरचना तयार पार्ने ! सुती-सुती, लिला गर्ने ! सुती-सुती, सृजना गर्ने !

Tagged with:

भोको दिमाग

भोको, प्यासो अनि अनफेड दिमाग जसले जे भन्यो त्यसकै कुरो सुन्न तिर लाग्छ । त्यसकै पछि लाग्छ । दिमाग फ्री र स्वतन्त्र राख्न उसलाई प्रसस्त खुवाउनु पर्छ । दिमागको आहार ज्ञान हो । उसलाई ज्ञान खुवाउनु पर्छ । स्वस्थ दिमागले मात्र आफुलाई के चाहिन्छ कहिले चाहिन्छ कति मात्रामा चाहिन्छ को बाट चाहिन्छ कसरी लिने अनि […]

Tagged with:

विदेश

नेपाल बाहिर बस्ने मित्र तपाईलाई विदेश जान मन लाग्यो भने नेपाल आउनुहोला नेपाल ठिकै छ !

Tagged with:

किनसुगी

Kintsugi (金継ぎ, “golden joinery”) आफ्नो बिगत या वर्तमानका नमिठा अनुभवहरु बिग्रेका सम्बन्धहरु नराम्रा परिस्थितिहरु लाई फुटेका भाँडा सम्झेर सुन, चाँदी भन्दा महङ्गा सकारात्मक सोचले जोडेर अझै राम्रा बनाउनु ।

Tagged with:

ग्राहक

ग्राहक भनेको के हो ? ग्राहक ले के खान्छ ? ग्राहक कहाँ सुत्छ ? ग्राहक सँग कति पैसा छ ? ग्राहक सँग कसरी भेट हुन्छ ? ग्राहक ले दिन गफ गरेर बिताउछ कि के गरेर ? ग्राहकका समस्या के के छन ? ग्राहक कस्तो हुन्छ ? ग्राहकलाई के मन पर्छ ? के सस्तो मात्र खोज्छ […]

Tagged with:

कन्फिडेन्स

कन्फिडेन्स केही कुरामा असफल भएसी आउँछ । सुरुमै आँउदैन ! गाह्रा, अप्ठ्यारा काम कुरा गर्न खोज, सिक्न खोज असफल होउ ! केही नयाँ सुरुवात गर, असफल होउ ! जति असफलता हात पर्छ कन्फिडेन्स त्यति बढेर आउँछ । प्र्याक्टिसले ल्याउने निखार हो कन्फिडेन्स होईन । तिमी कहिल्यै असफल भएनौ भने तिमी कन्फिडेन्स पनि हुँदैनौ । असफलता […]

Tagged with:

केही प्रश्नहरु

आफुले खोजेको के हो? आफ्नो चाह के हो? आफ्ना इक्षा के हुन? आफ्नो दक्ष के हो? आफ्नो खुबी के हो? आफ्नो क्षमता कति हो? आफ्नो सामर्थ्य के हो? अनि, आफुलाई रोक्ने के हो? गर्न नदिने के हो? अड्चन हाल्ने केस्ले हो? आफ्नो बाधा के हो? आफ्नो ध्यान के ले खाईरहेछ ? आफुलाई लागिपर्न नदिने के […]

Tagged with:

हबि

जे गर्दा आफुलाई आनन्द आउँछ जे गरेर बिना संकोच घन्टौँ बिताउन सकिन्छ र जो गरे बापत पैसो कमाई भएन भनेर चिन्तित भईन्न त्यो आफ्नो हबि हो । सोख हो ।

Tagged with:

काम र पैसो

लिनु छ भने काम सक्दिनु अघि लिनु । काम सक्दिएपछी के हो के हो ! काम सुरु गर्नु अघि लिनु । सुरु हुने पुष्टि हुन्छ । सकिन्छ दैनिक, साप्ताहिक वा मासिक लिनु । कामले निरन्तरता पाँउछ । जाँगर बढाउँछ ! पैसो बिना, काम, काम हुदैन सहयोग हुन्छ । र सहयोगमा लेनदेन नसोच्नु । काम हो […]

Tagged with:

जिन्दगी

मान्छेलाई गम्न नदिनी चाहेको कुरा नमिल्नी गर्न खोजेको कुरा नहुनि ! सोच नअडिनी सम्बन्ध टुट्नी साथहरु छुट्नी ! समय नरोकिनी पैसोले नपुग्नी हजार टन खाएनी पेट नफुट्नी ! सधैं लिनि छड्नी गरिरहेको आफ्नै स्वासको अनुभूति गर्न समय नपुग्नी ! खएर जिन्दगी यहि सहि भोग्न दिएकोमा सर्जकमा कोटिकोटी नमन !

Tagged with:

खोजी ?

भौतिक र सांसारिक रसमा रम्ने हुँदो हुँ त अमेरिका छाढ्थिन होला ! आफू ज्ञानको पारखी । सत्य र धर्म पथको सारथी । भगवानसंग जोडिने आशावादी ! अब अध्यात्म ज्ञान भेट्न नेपाल भन्दा उत्तम तपोभूमी यो संसारमा कहाँ पो होला र? 2079, Falgun #manasha

Tagged with:

अमेरिका

दाई म २२ बर्षको केटोले नेपालमा  कहाँ गाडी चडेर  हिंड्न् सक्थेँ होला र ? अनि कहाँ धनी-धनाड्यले  सपिङ गर्ने ठाउँमा  आफ्नो ग्रोसरी सपिङ  गर्न पाउँथे र ! मलाई यहीँ ठाउँ ठिक छ । यो देशले मागेर हैन काम गरेर खान सिकाएको छ । धनी गरिब नभनिकन  सबैलाई उस्तै अपर्च्युनिटी दिएको छ । दाई म अब […]

Tagged with:

पैसो

कुलतमा नफस  कुसंगतमा नपर । सोखहरु धेरै बनाऊ तर आफ्ना इक्षाहरुमा  केही समय लगाम लगाऊ । आफुलाई काम/job मा  समर्पित गर । अनि हेर  पैसो कसरी फल्छ ।

Tagged with:

काम

तैले काम खोज्दै बस्ने हैन, कामले  तँलाई खोज्दै आओस! तैले पैसो खोज्दै बस्ने हैन, पैसोले तँलाई खोज्दै आओस!

Tagged with:

पैसो

पैसो  पैसो बिक्रीमा छ !केल्ले किन्छौ ? परिश्रम ले (Labor)?शिप ले (Skill)?जागिर ले (Job)?पेशा ले (Profession)?ब्यापार व्यवसाय ले (Business)?उद्यमशीलता ले (Entrepreneurship)?दलाली ले (Brokerage)?सेवा ले (Service)?कारिगरी ले (Craftmanship)? कि अल्छि ले (Laziness) ?लाचारी ले (Helplessness) ?अन्जान ले (Unknowing) ?कि भाग्य ले (Luck) ? कि समय ले (Time) ?कि धर्मले (Belief) ?कि कर्म ले (Deed) ?कि ज्ञान […]

Tagged with:

धेरै र थोरै

मान्छेले बुझ्दा सम्म धेरै र थोरैमा  थोरै फरक छ । जब ज्यादै धेरै  अनि ज्यादै थोरै  जुन मान्छेको बुझाइ भन्दा टाढाको कुरा आउँछ धेरै र थोरै  एकै हुन । त्यसैले धेरै धनी र धेरै गरिबहरु उस्तै हुन्छन् । जिन्दगी  मिडल क्लास नै  च्वास्सको हुन्छ !

Tagged with:

संगत

चुम्बक को संगत पाउँदा फलाम चुम्बक बन्छ !   जस्तो संगत मा पर्यो मान्छे बिस्तारै त्यस्तै बन्दै जान्छ ।

Tagged with:

केटाकेटी

हाम्रो पालामा काम गर्न खेत थियो भुल्न बारी थियो खेल्न चौर थियो । आजकल टिभी छ  मोबाइल छ  कम्प्युटर छ । खुला आकाश मुनि हुर्केकाले चार भित्ता भित्र हुर्केकाको मन कसरी बुझ्ने/बुझाउने?

Tagged with:

तिहार

यस्तो बत्ती जाँदा जाने तिहार के तिहार । निबुवाको पातको दुनोमा ज्योती बालेर जिम गए जिम गए भन्दै झिलिमिली पारेको तिहार पो तिहार ! गाइको गोबरले लिपेको आँगनमा बालखा हामिले भट्टयाएको देउसिरे वाला तिहार पो तिहार ! बजारिया भाइ मसलाका  पोका पारेको तिहार के तिहार  फिनि, चिनी, भेली रोटि  झिलिङ्गा, ताता ताता सेल नरिवल, पान, […]

Tagged with:

संन्सार

जसले  संन्सार आफ्नो मान्छ उसलाई घर्म र अधर्मको परिधिले समेट्न सक्तैन ।

Tagged with:

हरि

जिन्दगीमा  हरिको ह पनि नसुनेका मानिसहरु ८०-९० बर्ष बाँचेकै छन् !

Tagged with:

लत-कुलत

कुलत जाँड रक्सी  भाँङ धतुरो गाँजा चरेस चुरोट खैनी बिँडि सुर्ती गुट्खा हुक्का चिलिम जर्दा पान ! लत चिया चिनी  भात रोटी  नुन तेल आलु मिठाइ तितौरा कोकाकोला ! कुलत ले मर्छौ कि लतले मर्छौ साथि ?

Tagged with:

बेचैनी

अरु हिन्दा आफू दौडिए जस्तो । अरु बस्ता आफू हिनिरहे जस्तो । अरु शान्त हुँदा आफू छटपटिए जस्तो । यो बेचैनी को स्रोत के हो ? के का लागी ?

Tagged with:

बिहे

५ बर्षको उमेरमा बिहे हुने जूग ।१० बर्षको उमेरमा बिहे हुने जूग ।१५ बर्षको उमेरमा बिहे हुने जूग ।२० बर्षको उमेरमा बिहे हुने जूग ।२५ बर्षको उमेरमा बिहे हुने जूग ।३० बर्षको उमेरमा बिहे हुने जूग ।३५ बर्षको उमेरमा बिहे हुने जूग । मान्छेलाई जति लामो समयपरिवार बसाउनबाटबन्चित राखियोत्यति  देश विकसित हुने हो त ?

Tagged with:

झरी

पानी परेपछी  सबै अन्न, फलफूल  तरकारिका बिउहरु यसरी उमृएको देखेर मलाई पनि  झरीमा  रुझ्न मन लाग्यो !

Tagged with:

सती

मेरो त कपाल मात्र काटियो तर, टाउको त काटिएन । पोते मात्र चुँडाइयो  तर, गला त रेटिएन । चुरा मात्र फोरियो तर, हातहरु त फोरिएनन् । पाउजू मात्र झिकिए तर, खुट्टाहरु जोगिए । गहना पो झिकिए  तर, नाककान त काटिएनन् । मेरो शरीरका  राता लुगा र श्रृङ्गार मात्र पो खोसिए तर, शरीर त खोसिएन । […]

Tagged with:

पढाई लेखाई

मलाई कस्ले सिकाइदिन्छ त नि अब पढ्न? आफै पढ्दै जाउ ।  हेरिरहेसी आफैं चिनिन्छन अक्षर एकपल्ट देखेको मान्छे फेरि देख्दा चिने जस्तै ! अनि लेख्न नि? लेख्नु भनेको नि यहाँको बाटो हिड्नु जस्तै त हो नि । हिड्दै जाँदा हिनेको बाटो आफै चिनिएजस्तै लेख्दै जाँदा  एकपल्ट लेखेका अक्षर  आफै लेखिन्छन, चिनिन्छन । एकपल्ट हिँडेको बाटो […]

Tagged with:

तिहार

आफ्नै जिवनको  रातो फूल टिपिँदा कसैसँग केही गुनासो नगरेकी म  आँगनका फूल  छिमेकी दिदिहरुले टिप्दा आमासँग गुनासो गरिरहेछु । मानौँ तिनिहरुले  मेरै जिवनको फुल टिपेका हुन् ।

Tagged with:

बा

को रहेछ भनेर यसो भित्रबाट हेरेको त, बा पो ! मलाई त बा आउँदा  अर्को घाम उदाएजस्तै लाग्यो । मेरो निजि घाम । किनभने, बिहानको घामसँगसँगै बा आँगनमा झुल्किनुभएको छ ।

Tagged with:

सपना

दिनभरी  कामैकामले तन पनि मन पनि थाकेपछी  सपना पनि निदाउँदो रहेछ ।

Tagged with:

मधुमाया

सोह्र सत्र बर्षकी होलिन् उनी । उनका दुलहा  मेरा बाका उमेरका छन् । उनी आफ्नो दुलहासँग बोलेको कहिल्यै देखेकी छैन । नबोलिकन नै उनी कसरी गर्भवती भइन् होला? गर्भवती हुन दुलहासँग बोल्नुपर्छ कि पर्दैन भनेर एकदिन सोध्नेछु दिदिलाइ म ।

Tagged with:

धर्ती

आमाले सम्झाउनुभयो  छोरिको जातले सहनुपर्छ नानी । जस्तो पनि भोग्नु पर्छ । छोरिले  धर्ती हुनसक्नुपर्छ !

Tagged with:

आँसु

म आफैलाइ देखेर  जे कुराले रुन्छु  मेरा आफन्तहरु मलाई देखेर  त्यही कुराले रुँदैनन । तर, हाम्रा आँसु उस्तै हुन्छन् !

Tagged with:

बोली

यहाँ मैले केही पनि बोल्न पाउँदिन । मेरो मुखमा  ताल्चा लगाएर  मानौँ चाबी उनिहरुले नै लिएका छन् । मेरो मुख त्यसैले  बन्द ढोकाजस्तै भएको छ । तर, मेरो मनमा भने यिनिहरुले  ताल्चा लगाउन सकेका छैनन् । त्यसैले, म मनमनै मनलाग्दी बोल्छु । जे पनि बोल्छु । बोलिरहन्छु । 

Tagged with:

सत्य

रहस्यहरु  अँध्यारामा हुँदा रहेछन्  उज्यालो भएपछि मात्र सत्य देखिने । कतिपय सत्यहरु डाँडापारी हुँदा रहेछन् । टुप्पामा पुगेपछी मात्र देखिने । कतिपय सत्यहरु सायद उज्यालोमा पनि देखिदैँनन् ।

Tagged with:

लास

पुरै अनुहार त कसरी भन्नू तिनले अँखा चिम्लिएका छन । अनुहारको केन्द्र अँखाविना  अनुहार पूरा हुन सक्तैन । तिनको नाक चुपचाप छ । नाक चुपचाप हुनु भनेको पुरै शरीर चुपचाप हुनुरहेछ । सास नफेरेको अनुहारलाई  अनुहार भनिन्छ कि भनिन्न ?

Tagged with:

दुलहा

खै कसले हो ओढाएको सेतो कात्रो उल्टाएर  तिनको अनुहार देखाइदिए । मैले हेरिदिएँ पुलुक्क ! यसरी पुरै अनुहार हेरेको यहि हो पहिलोपटक  र अन्तिमपटक पनि !

Tagged with:

चौतारो

चौतारो आयो । चौतारोले आउ न  एकछिन बसेर जाउ  भनेजस्तो लाग्यो । एकछिन थकाइ मार शितल ताप पसिना पुछ दुख बिसाउ अनि जाउ भनेजस्तै लाग्यो ।

Tagged with:

जे नि

ई कानले  जे नि सुन्न पर्नी ! यी अँखाले जस्तो नि देख्न पर्नी ! यो जिवनले  जस्तो नि भोग्न पर्नी !

Tagged with:

एक्लोपन

बैशाखको  मन्द बतास चलिरहेको छ । वरपिपलका पातहरु बताससँग सुस्तरी सासले  बात गरिरहेका छन् । म भने एक्लै  आफुसँग बात मारिरहेकी छु । एक्लोपनले  आफैसँग कुरा गर्न र  आफ्नो साथी आफैलाइ बनाउन  सिकाउँदो रहेछ ।

Tagged with:

सम्झना

मलाई  आमाले पहिलोपटक  दुई हत्केलाले उठाएर  काखमा लिँदाको क्षण, पहिलोपटक नुहाइदिएको, आमाको पहिलो चुम्बन, पहिलोपटक मनतातो  तेल लगाइदिएको क्षण, आमाले खुवाएको पहिलो गाँस, सुनेको र सिकेको पहिलो शब्द, असिम मायाले  मेरो गालामा पारेको पहिलो प्याट्ट, पहिलोपटक आफैले फेरेको कोल्टे, चार खुट्टाले हिँडेको अनि दुई खुट्टाले आमाको हात समाएर  थैथै गर्दै हिँडेको  सम्झिन मन छ । 

Tagged with:

सेतो धरती

यो उपन्यास  संस्कृति नामको घनले  टाउकोमा  एकोहोरो ठोकेर  उठ्नै नपाएका पात्रहरुको आँसु र पिडाको  महाकाब्य हो । – सुशान्त गुरुङ, गरिमा मासिक

Tagged with:

जीवन

जीवनलाई जीवनबाट  पन्छाएर होइन  भोगेर मात्र  राम्ररी बुझ्न् सकिने रहेछ !

Tagged with:

धर्म शास्त्र

धर्म हराए, शस्त्र हराउँछ । शास्त्र हराए, संस्कार हराउँछ । संस्कार हराए, संस्कृति हराउँछ । संस्कृति हराए, पहिचान हराउँछ । पहिचान हराए, सर्वस्व हराउँछ ।

Tagged with:

हजाम

मैले कपाल काटेँ भनिन्छ  तर काट्ने त  हजामले हो नि ।  हैन र?

Tagged with:

झार

जीवनमा झार खानुतर हार नखानु । P.s. झार = घाँसझार ≠ गाँजा 

Tagged with:

आज

खाने आज हो भोलिलाई साँचेर के भो ? भोग्ने आज हो भोलिलाई बाँचेर के भो ?

Tagged with:

बिवाह

बिवाह जिन्दगीको सबैभन्दा ठूलो फाईनान्सिएल डिसिजन हो ! त्यसैले बिवाह गर्न हतार नगर्नु !

Tagged with:

घरजम

बिवाह हुन र घर जग्गा जोडिन जुर्नु पर्छ रे ! अब कहिले जुर्ने हो त्यसैको पर्खाइमा छु ।

Tagged with:

काठमाडौं

मलाई भिडभाड मन पर्दैनमान्छेहरुको हुल मन पर्दैन । मलाइ मसिन र गाडिहरुको कोलाहल मन पर्दैन । मलाई यसो फुर्सदमा टोलाउन नपाउने दैनिकी मन पर्दैन । काठमाडौंमा त्यस्तो केही छैन जो मन परोस सिवाए आफ्नो काम । काठमाडौंको बयान म एउटा जिब्रो भएको प्रा‍णीले कसरी गरि सकुँला र ?

Tagged with:

उमेर

यो उमेर अचम्मको हुँदो रैछ । सबै कुरा उमेर कै खेल हो जस्तो लाग्न थालेको छ आजकल । जन्मियो, हुर्कियो१५-२० को हुँदा सम्म स्कुल गैयो ।स्कुल पछि क्याम्पस ।क्याम्पस पछि जागिर ।जागिर पछि बिहे ।बिहे पछि छोराछोरी, परिवार ।परिवार पछी घरजम । खयर भोग्न, देख्न धेरै बाँकी छ । 

Tagged with:

जमाना

जमाना फेसबुक र टुइटरको छ । बिहान सबेरै उठेर हग्न जानू पुर्व सर्सर्ती फेसबुक र टुइटरमा स्क्रोल गरियेन भने पाद मात्रै आउँछ ।

Tagged with:

शङ्ख

शङ्ख बज्नुघण्टी बज्नु भगवानका आरति गुन्जनु एउटा दैविक र आध्यात्मिक माहोल दैनिक एक घन्टा बन्नु सानो कुरा हैन जस्तो लाग्छ । आफ्नो संस्कारपरम्परा, रितिरिवाज यसरी दैनिकी बन्दै गुन्जीरहेको सुन्दा मन आनन्दित हुन्छ ।

Tagged with:

साथीहरू

रातमा सपनामा  देखिने साथिहरु थुप्रै बनाइएछ ! दिउसो  उज्यालोमा सपना देखाउने साथिहरु गुमाइयछ ! उमेर सायद ।

Tagged with:

संकोच

धेरै बोल्दा नचाहिने बोलिन्छ कि भन्ने संकोच । धेरै चल्दा केहि बिग्रिपो हाल्छ्की भन्ने त्रास ।  आजकल इन्द्रियहरु संकोच ले रोकिएका छन्।  कुनै बेला उडेर आकाश छुन्छु भन्ने इक्छाहरुअहिले सुतेर सपना देख्न समेत चाह गर्दैनन्। यो उमेर हो ? उमेर मात्र ले त यस्तो नहुनु पर्ने ! 

Tagged with:

टिभि मोबाईल ईन्टरनेट

गर्ने कुरा खेल्ने कुरा स्वादका कुरा सबै हेर्ने कुरा भए टिभि मोबाईल ईन्टरनेट ! हेरेका कुरा दिमागले बुज्ला  शरीरका आबश्यकता कसरी पुगोस् ? आजकल केटाकेटी खेलेको खै? चलेको खै? बालचर्तीकला खै?

Tagged with:

आजकल

आजकल  बिना कारणबिना प्रसङ्ग नबोल्ने, नलेख्ने, नगर्ने आदत लागेको छ।

Tagged with:

कुखुरी काँ

खै खोला?घाम ले सुकायो! खै घाम?बादलले छेक्यो! खै बादल?हावाले उडायो! खै हावा?फू उ उ उ उ उ उ (लामो सास तान्नुस अनी फुक्नुस)

Tagged with:

पुस्तक

तीन सय खाली पन्ना होसया तीन सयभरिएका पन्ना होसमूल्य उतिनै पर्छ ! सो,तिमी के गर्छौ? लेख्छौ ?की पढेर बस्छौ?

Tagged with:

निद्रा

आइजा चरी आइजाबाबुलाई निदाईजा आइजा बत्ती आइजाबाबुलाई निदाईजा आइजा मामा आइजाबाबुलाई निदाईजा आइजा बाबा आइजाबाबुलाई निदाईजा

Tagged with:

अफिस

मान्छे अफिस जान  रमाउने पनी  हुँदो रैछ है सर ?

Tagged with:

प्रतिबद्धता

गर्छु भनेसि त्यसरी गर्नु जहाँ  निहुहरु, बहानाहरुको सवाल नहोस  गर्नु बाहेकको बिकल्प नहोस  कुनै पछूतो नहोस  कत्ति पनि रिस राग नहोस  अनि भोलिबाद नहोस  अनि धोका नहोस ।  र गर्दिन भनेसि त्यसरी नै नगर्नु । गर्नु पर्ने चिज प्रतिमान्छे जिम्मेबार होस्प्रतिबध्द होस्  समर्पण होस् !

Tagged with:

जिम्मेबारी

जिम्मेवारीमा लिने र दिने दुई पक्ष हुन्छन । दुबैको स्वार्थ हुन्छ दुबैका सपना हुन्छन् दुबैका आशा हुन्छन् । दुबैमा जिम्मेबारी थपिन्छ । लिनेमा त यसै थपियो दिनेमा झन  लिने ले के गर्ने होला भन्ने जिम्मेबारी ! त्यसैले जिम्मेबारी  सामान्य गणित हो !

Tagged with:

लक्ष्य प्राप्तिका बाटाहरु

लक्ष्य प्राप्तिका बाटाहरु  सधैँ सिधा होलान र ? मान्छेले परिस्थिति बस्  बाङ्गिन, टेडीन पनि सक्नु पर्छ ! आफ्ना निर्णयहरु आफ्ना हुन् आफ्नो उदेश्य आफ्नो हो  संगर्ष आफ्नो अनि भोगाई आफ्नो ! गन्तव्यका बाटा जसरि मोडिन्छन्  परे त्यसरी मोडिनु तर नहार्नु, नभाग्नु !

Tagged with:

कुराहरु

कुराहरु जोड्न मिल्छन गुणन गर्न मिल्छन  तर घटाउ अनि भागा गर्न मिल्दैनन । कान चिम्लन सकिन्न  बोली बिर्सन सकिन्न ।  बिर्सिनु भन्दा टाडीनु सजिलो झेल्नु भन्दा भाँडीनु सजिलो ।  या त थोरै बोल्ने  अनि थोरै सँग सुमधुर सम्बन्ध राख्ने,  या धेरै बोल्ने, सुस्त बोल्ने अरुको सन्मान गर्न सक्नेसँग  कसको के चल्ला र ?

Tagged with:

ग्राहक डेभलपमेन्ट थेउरम

मान्छेको समस्या बुझेर  समाधान रुपी हथौडा  सहि समय चिनेरजसले ठोक्न सक्छ  त्यहि पक्का बेपारी हो । समयको तूक होस् !

Tagged with:

घर

घर बनाउनु भो  भनेर साथीले सोध्दा   पहिला, घर बस्ने  मान्छे बनाउदै छु  भन्दा मजै आयो !

Tagged with:

मान्छे

आफुसंग भएका  आफ्ना कुराको  बे-वास्ता गरी  नभएका कुरा  खोज्दै भौतारिने प्राणी !

Tagged with:

मनशाका कुरा

सोचेका कुराभनेका कुरापढेका कुरागरेका कुराअनि लेखेका कुरा ।सबैको सम्मिश्रण,मनशाका कुरा !

Tagged with:

किराहरु

किताबका कीराठूला बने ।फोनका कीरालेब्यालेन्स रित्याये ।प्रेमका किराले प्रेमिका भगाए ।टीभीका कीरालेहिन्दी खरर पारे ।बेपारका कीराले पैसो लुँडाए ।ठगिका किरालेरकम लत्याए ।परिकारका कीरालेस्वाद चखाए ।बिदेशका किरालेसाथीभाई लोभ्याए ।इन्टरनेटका किरालेसमाज हल्लाए । राजनीतिका किरालेचाहिँ किन छेरे ?

Tagged with:

स्वादहरु

अपरिचित ठाउँहरुमाअनौठो स्वादहरुसँगकुरो नमिल्दाके गर्छौ यात्री ?

Tagged with:

भूकम्प

भूकम्पले हल्लाएको साँझ अतासले रुमाल्याएको हूल ! आफ्ना बिरानाको माझ शंखमूल निरको पुल !! हतासले हाँतो बिर्सेर, भुलेको जाँतो !!!

Tagged with:

यात्रा गीत

यात्रा गीत लेखेँ गम्दै सुर थिएन, ताल थिएन मजा त रागमा हुन्थ्यो सानो भूल गरेछु एउटा त्यही गीत गाउछु भन्ने ! साथी मिल्ने भेटेको थिएँ साथ थियो, मात थियो मजा त एक्लै हुन्थ्यो बेहोसीमा भूल अर्को त्यहीँ माया लाउछु भन्ने ! दुनिया सँगै दौडे म हल्ला थियो, झिलमिल थियो मजा त अडिनुमा हुन्थ्यो अबुझ भूल […]

Tagged with:

मुस्कान

नत शब्द  आदान-प्रदान भो,  नत स्पर्श आँखाको कुराकानीमा  हामीले, छोटो मुस्कान साटेथ्यौँ ! [061]

Tagged with:

मनशा

गजल लेख्न मनशा लेख्न  शिर्षक चाहिन्न रैछ।  हेर्यो, फेरी हेर्यो, हेरिरह्यो केवल हेर्नुले मात्र  माया पाइन्न रैछ ! [061]

Tagged with:

तीनपाने

जिन्दगीका कुनै पल  मन दुखेको पीडामा पिइयो।  कुनै पल  मन खुस भएकोमा  पिइयो।  छाडिएन ! 

Tagged with:

सेलाउँदै

विगत च्यात्दै छु  आफुलाई केलाउदै छु । निरश बन्दै गईरहेका दिनमा  पुराना सकारात्मकता खोज्दै  जोस्याउँदै छु,  सेलाउँदै छु आफुलाई ।

Tagged with:

विदेश

विदेशमा कामको पसल थपेर बसेका त हुन्नन् नि ! [09]

Tagged with:

सफलता

तर छोरा  जमाना प्रतिस्पर्धाको छ।  जुन बाटो जा  कडा मेहनत र संघर्स बिनाको सफलता कदापी भेट्ने छैनस आशै नगर्नु ![09]   

Tagged with:

आशा

त्यै, अनकन्टारमा त  टुसो पलाउँछ भने ! [06]

Tagged with:

परिस्थितिहरु

अँध्यारो रातमा आँखा चिम्लिन मन लाग्नु, सबैलाई लाग्छ।  तर म त्यस्तो अस्वाभाविकताको  उल्लेख गर्दैछु जहाँ प्रचुर उज्यालोको रापमा नी ढ्याम्म ढोका थुनेर आँखा छोपेर निदाएको ढोंग गर्छन मान्छेहरु। [06]

Tagged with:

सुधार

आफूलाई सुधार्न अरु चाहिन्छ भन्ने लाग्छ  भने, आफू बिग्रेछु भनेर बुझ्नु ! [06]

Tagged with:

सोच

आँफुले राम्रो गरे  सबैले राम्रो गर्छन  भनेर, सोच्न थालेको छु।  [05]

Tagged with:

अस्पस्ट भन्नेहरु

कुनै बेला  कुराहरु धेरै भए  कुराहरु मुछिए  दहि बनाएर  मथिए।  अनि आजमाउन भनियो मलाई।  यी, जिन्दगि यस्तो चल्दै छ ![06]

Tagged with:

हाँसो

राम्ररी, खुलेर हाँस्न सके  सब ठिक हुन्छ। 

Tagged with:

समय सोच

जति दिन बित्छन  त्यति  सोचाई जटिल बन्ने  समयको खेल सायद।  [05]

Tagged with:

शब्दहरु

शब्दहरु  सकिएपछि  दोहोरिन थाल्छन  दिन पछि रात  त्यसपछि फेरी दिन ।  दिन बदलिन्छ, हो ।  उज्यालो नै त हो हुने ! सोच बदलेलान  शब्दहरु नै त हुन् ।  तिनै शब्द ! 

Tagged with:

चाहना

मलाई योत्यो यस्तो त्यस्तो चाहिन्छ ? चाहिदैन । म यसो गर्दिन त्यसो गर्छु त्यहाँ जान्छु ? जान्न। एकदम बितृष्णाको सोच लाग्छ, संकुचित ! जीवन आज की भोली केलाई छुटाउनु छ र ? 

Tagged with:

पेग

सुरुमा एक पेग भनन हुन्थ्यो।  त्यसपछि दुई फनन हुन्थ्यो।  अर्को पाली तीन रनन हुन्थ्यो ! अनि चार झनन हुन्थ्यो। आजकल  पेग पानी बनेको छ खाऊ, फालफाल खाऊ ।   पानी पेग बनेन  थियो होला, बिर्सियो !

Tagged with:

अपरिचित ऐना

कुनै नौलो बिषय रहेन अब, दुख सुख नभनी भएन ! समयले यसरी ऐना देखायो कि आफ्नै अनुहार अब आफ्नो रहेन।  त्यहाँ कुनै अपरिचित मान्छे देख्छु। आफ्नै लागी समय पुगेन आफ्नै दृष्य धमिलो लाग्छ।  अमिलो लाग्छ।

Tagged with:

मजा सजा

आँखामा नशा नशामा मजा मजामा सजा ।  यो एउटा सिक्री हो। मजा गर्नु अनि सजा नमान्नु त्यस्तो हुन्न रैछ । 

Tagged with:

अनन्तका धुनहरु

कहिलेकाहिँ लाग्छ म अनौठो भएँ बिग्रें ! मलाई अब एउटा नशाले लठ्याएको छ। अनी म आकाशमा उड्दै छु पखेटा पलाए बिना पेट्रोल बिना इन्जिन।  अनायास फेरी लाग्छ मेरा पखेतहरु काटिएका छन् म माछा बने बालुवामा छु पानी छैन।  परिहरु बोलाई रहेछन स्वागत गान बझिरहेछ अनन्तका धुनहरु माझमा छु म !

Tagged with:

मेरो दुनिया

यो दुनिया  मेरो हो भन्दै हिड्थें। साची दुनिया मेरै रैछ, जबसम्म म त्यस्तो मान्छु !

Tagged with:

टिलपिल ताराहरु

आकाशतिर हेरिरहें  त्यो रातभर  ती मेरै मुटुका टुक्रा थिए  जो टिलपिल टिलपिल  गरिरहे ।   टिलपिल ताराहरु 

Tagged with:

अविवसता

म विवस छैन  अविवसता स्वीकार्य मान्दिन।  यो यस्तै जाला ?

Tagged with:

दृश्य भ्रम

आखाँहरु एकपटकमा धेरै दृश्य हेर्न खोज्छन  हेर्न सक्छन ! त्यसको परिणाम  म कुनै पल  कतै पनी हेरिरहेको हुन्न। दृश्य भ्रम हो ?

Tagged with:

अल्छी

अल्छी थिएँ, छू   सोचहरूमा चाहिँ होइन !

Tagged with:

सम्झना बिर्सना

एउटा सानो झिल्काले त हो  टौवा सल्किने ।सम्झनाका तरंगले   त्यसरी मुटु अठ्याऊँछन् । ब्यर्थका कुरामा रुमलिन खोजे जस्तो लाग्छ  विवशता देखिने कुरा हैन तै, मैले ती याद  बिर्सिन नचाहेको थिईन !      

Tagged with:

संसारी

एकतमास संसार जे खोज्छ  त्यहि खोजिरहेछु  म संसारी भएको छु।  म आफ्नो रहन सकिन ! 

Tagged with:

जिन्दगि

जसरि आजसम्म चल्यो  त्यसरी चल्छ , चल्थ्यो होला ।  के मिलेन चलेन !

Tagged with:

तन्नेरी उमेर

अरुलाई  सच्याउन खोज्ने तन्नेरीले  आफुलाई  सच्याउन बिर्सेको रैछ !

Tagged with:

पानी जिन्दगी

खेतमा  उपल्लो गरोबाट  तल्लो गरोमा  पानी खसेजस्तो  जिन्दगी खस्छ रे ! 

Tagged with:

जे नी बोल्नेहरु

बोली हरेकले फ्याक्छन बोल्न सजिलो छ नी  तल माथिको  ओठ हल्लाउने  भित्रबाट घाँटी रगडेर  आन्द्रा बटारेर सास फ्याक्ने ! कसको के जान्छ र  बोल्ने नी, हैन र ? त्यै त,  सजिलो छ  जे बोले नी भो  बाल मतलब ! यस्तो सोच्नेहरू मरे भनेनी  म सोक मनाऊ गर्ने छैन !    

Tagged with:

जलन

धपधप बलेको अनुहार देख्दै लाग्छ, वाव ! कसले, कसरि देखोस्  भित्री जलन ! 

Tagged with:

चिल्ला फोटा भित्रका पीडाहरु

नेपाल न विदेशदैनिक व्यस्तताले हकानिएर  माध्यम र सूचनाको फरक गम्न नचाहेर, रातो, सानोचारपाटे नोटिफिकेसनमाखुसिको आशा थोपरेर   आफ्ना संस्कार, आफ्ना साहित्यर आफ्ना गुरुका सिकाईमा बिश्वास नभेटेर    अपरिचित लाईकको पछी दौडेको “आधुनिक मान्छे” !  आफ्नो नाम * ,  आफ्ना फोटा अनी  नबुझेको तर बुझेको झैँ लाग्ने  नचिनेको तर चिने झैँ लाग्ने  नचाहेको तर चाहे झैँ लाग्ने  नखोजेको तर खोजे झैँ लाग्ने  काम […]

Tagged with:

बिदेशी जिन्दगी

सात बर्ष भएछ  घर नगएको  फोनमा सन्चै छस्  समयमा खानु, समयमा सुत्नु  आफ्नो ख्याल गर्नु, स्वास्थ्य नै सबै हो बाबु  भन्ने आमा बुढी भैछन्  ! म तपाइको छोरो भनेर चिनाउन प्रयास गरेको   यी नानी को हुन् भनेर आमाले सोध्दा  आफु छोरो हो या हैन भन्ने दोधार भो ! धत् जिन्दगी !!!

Tagged with:

आमा

उमेरले यादहरु  अनि सम्झनाहरु  बिर्साइदिन्छ भने  म के गरूँ  ?  

Tagged with:

डर

न बिराउनु ! न डराउनु !!

Tagged with:

मन

मन फाटे पछी  सिउन सकिन्न !  सिए पनि  जिउन सकिन्न !!

Tagged with:

नेपालपुर

ए सुन त, थाहा पाईस तैंले ? टर्कीबाट अमेरिका तिर हुर्रिएको हुरीले ती नेपालपुरे मुखिया थिए नि, तिनको बर्षौ देखिको अध्ययन, अनुसन्धान, परिमार्जन त्यो एकमुखे रुद्राक्ष्यको कलेक्सन उडायो अरे नि !! मुखिया, बडा सोखिन मान्छे !!! अनि के अरे भने, धेरै पहिले सत्य युगमा त्यस्तै हुदाँ, हुरी आउँदा; धुलो तुवाँलो बनेर नेपालपुर डाँडाको चुचुरोमा मेक्सिकोको […]

Tagged with:

नेपालपुर को मजा

कस्ता कस्ता ठाउँमा त मान्छेले त्यति मोज गर्छन भने नेपुरेले त्यो नेपुरमा कती मजा गरिरा होलान ? नेपुरे ले त्यो नेपुरमा त्यति मोज गरीरा छ भने नेपालीले नेपालमा कती मोज गरिरा होला? (Ref: नेपुर)

Tagged with:

चिया vs. गफ

सँगै चिया खाँदाको कुरो  चिया नखाँदाको कुरो  उही कुरो । चियाको कुरो भए  चिया हुँदा हुन्थ्यो  चिया नहुँदा हुन्थेन । समयको कुरो   भोगेको कुरो  चिया सँगै हुनु र चिया सँगै नहुनुले  कुरो को चुरो के पो फरक थियो र ! न होला !

Tagged with:

सबेरै हिड्नेहरु

कोहि भुँडी भर्न हिड्छन् कोहि भुँडी खाली गर्न हिड्छन्  

Tagged with:

दोष

जसले जती बुज्छ  जती  सक्छ  सोचले जती भ्याउँछ  त्यती गर्ने हो ।  अरुको के दोष ? कसको के दोष ! दोष के  ?

Tagged with:

बिर्सेको कस्तूर

भिझेको केशमा तिमीनजिक आएका पल । चिसो गलाती नरम केश । बिचमाम अल्झेका पल । तिमीलाई झनझन, मलाई लठ्याएरमन्त्र मुग्द पार्ने, तिम्रो त्यो कस्तूरमैले बिर्सेछू । 

Tagged with:

जमाना

चाउचाउ खेती गर्नेले स्वस्थबर्धक, पौष्टिक  र अर्ग्यानिक साग खोज्ने।  साग खेती गर्नेलेे  चाउचाउले छाक टार्ने । जमाना !!

Tagged with:

धर्मं बिज्ञान

धर्मंको विरोध बिज्ञानले गर्दैन ।  अल्प ज्ञानले गर्छ ।  आफुलाई, बाँदरका सन्तान मान्नेले गर्छ,  भगवानका सन्तानले, समाज मात्रको कल्याण गर्छन ।

Tagged with:

मान्छे रोबोट । रोबोट मान्छे ।

माध्यम प्लेन हैनन, हावा हुन् । माध्यम फोन हैनन, तार वा बेतार हुन् । माध्यम गाडी हैनन, बाटा हुन् । माध्यम डुंगा हैनन, पानी हुन् । माध्यम फेसबुक हैनन, इन्टरनेटका बाटा हुन् । माध्यम बाटा हुन् भने साधन माध्यमका पाटा हुन् । जिन्दगी सूचना हुन् भने सूचना जिन्दगीका खाका हुन् । माध्यम साधन हैनन । […]

Tagged with:

जिम्मेवारी

जिम्मेवारी लिन, कसैले दिनु पर्छ ।  जिम्मेबारी बढ्न,  कसैको जिम्मेबारी घट्नु पर्छ । यो सामान्य गणित हो । 

Tagged with:

दशैं

बुबा आमा दाजु भाउज्युहरु दिदि भेनाज्युहरु हजुरबुबा हजुरआमाहरु ठुलाबा ठुलीआमाहरु अंकल आन्टीहरु फुफु फुपाज्युहरु मान्यजनहरु तकरिबन पच्चिस हातहरु राता, सेता अक्षता अनी एक वर्ष भरि एक जीवन भरि  पुग्ने निस्वार्थ आशिर्बादहरु ! दश उमलको निधार दश सेकेन्डमा अक्षताले पुरीदिने एउटा जोश, जाँगर, उमङ्ग  आफूमाथि बिश्वास गरिदिने अनि जीवन आत्मबलले भरिदिनेहरु ! वर्ष बित्दै जाँदा थपिएका […]

Tagged with:

खुसि

तिमि साथमा हुनु हसिलो हुनु स्वछंद हुनु अनि बेसुमार खुसि हुनु ! मेरो खुसि त्यसमा छ l

Tagged with:

समय-शब्द

समय घुम्दा ऋतु फेरी उही हुँदा मौसम अनि आकाशको रौनक उही हुँदा पर्ब, बेला – उही पर्दा l शब्द दोहोरिन्छन, लाग्थ्यो ! त्यस्तो हुँदैन रहेछ l कुनै पलको बयान समयले बदल्छ l

Tagged with:

शब्द

शब्दमा भावना र आस्था मिसाउने हो भने माया आत्मियता बन्छ साथी, हिम्मत अनि बा-आमा, भगवान l

Tagged with:

नेपाली नलेख्ने नेपालीहरु

संदेश दाजु काठमाडौंको पपुलर स्कूलमा नेपाली पढाउनु हुन्छ l एकपल्ट दाजुले फेसबुक स्टाटस लेखी पोस्ट बटन दाबेर आफ्नो पोस्ट देखिएला भन्दै न्युज फिड हेरिरा बेला माथीबाट लुत्रुक्क एन.एस.ए सर्भिलेन्स सम्बन्धि पोस्ट झरेछ l संदेश दाजुको कम्पारो तात्यो l आफ्ना साथीले हेरुन भनेर लेखेको पोस्ट फेसबूक मार्फत घुमी फिरी कहाँ कहाँ पुग्दो रहेछ अनी त्यसमा अनेक […]

सहकार्य

मिलेर काम गर्नमान्छेका सोच मिल्नुजरुरि छैनसपनाहरु मिल्नु पर्छ l

Tagged with:

सताउनेहरू

बोल्न सक्नेहरु बोलेर सताउँछन l बोल्न नसक्नेहरुनबोलेर सताउँछन l सताउनेहरुलाईमिले चटक्क छाड्नुनमिले सके जति माया गर्नु l

Tagged with:

निर्णय

जिन्दगीमायो मान्छे ठिक कि त्यो ठिक भनेरमान्छे खुट्याउन न अल्झेरकुरो के ठिक तसोच्ने भनेकठिन अबस्थामा पनी निर्णयहरु सहज बनी दिन्छन l

Tagged with:

भगवान

भगवान भरोसा भएसीमान्छेले बौलाउनु पर्दैन l

Tagged with:

छोरो

आफ्नो सानो रुप देख्दाजिन्दगी सुरुबाट सुरु भए झैँ लाग्ने !

Tagged with:

कला, गला र लैला

गरीखाने शीप होस्नथाक्ने जाँगर होस्एक सानदार कला होस् l मधुर बोली होस्नतोडिने बचन होस्एक सानदार गला होस् ! मन सुन्दर होस् नछुट्ने साथ होस्एक सानदार लैला होस् ! जिन्दगी l

Tagged with:

मौसम

मन्द खालको उज्यालो शितलो दिन छ ! यी सुर्य किरणहरुको परिवर्तित मधुरताभोगे जस्तो लाग्ने ! सिमसिम पानीमाहोचो-होचो सल्लो छेउ ओत लागेझैँ गरी एक-अर्काका नयनमा हराएको आज हो ?

Tagged with:

साथीको कम्प्युटर

आजकलकुरा हुनेमेसो मिल्नमाहोल बन्नसाथीको कम्प्युटरमा भाइरस लाग्नु पर्छ !

Tagged with:

झुकर्बर्गर

समोसा खाने जिब्रोलेझुक्किएर बर्गर खाँदा जस्तो !

Tagged with:

बानी

बानी हो भन्दैमाबोल्ने ठाउमा चुपलाग्नुअनी नबोले नी हुनेमाफतफत गर्नु ! गर्नु मिल्यो र ?

Tagged with:

समय र पैसो

कसैसंगकि समय माग्नुकि पैसो माग्नु l दुबै नमाग्नु !

Tagged with:

जाडो इन्जिनियरिङ

झुलुक्क घाम लाग्छअनि एक्कासी घाम भाग्छ lमौसम के होला कसले भन्न सक्ने ? मौसमइन्जिनियर पढ्नेकोइग्जाम जस्तो !कहिले के हुन्छपत्तो हुन्न ! आगो बालेर तापेर जाडो हटाउने आश गर्नेहरु ! मौसम बिभागअनि त्यस्तैआफूले मानेकोअरुले नमानेकोस्रोत संगतकोसूचनाको आश गर्नेहरु ! मुर्ख हुन् !म जस्तै !

Tagged with:

हामी नेपाली

कति भलादमी भनेलुट्न पनी पैसा तिरी-तिरी लुट्छौँ ।विदेशमा भा भेके गर्थे कुन्नि ? (प्रसंग : LP ग्याँस अभाब, ग्याँसको गाडीबाटै उपभोक्ताले ग्याँस लुटे)

Tagged with:

फुर्सद

असन चोकन्युरोड गल्लीबसन्तपुरको ठेला.. कहाँ जाउँ म ?मागेर पाए माग्थेकिनेर पाए किन्थें । त्यो फुर्सदमामलाई मन पराउनेमान्छे सँग कफी पिउदै बस्ने झिनो चाह !

Tagged with:

ह्याकर्स चौतारी

ह्याकर भनेकोचोर हो भनेर बुज्नेहाम्रो समाजलाईत्यसको अल्लि ज्ञानीमेहनती, उत्साही अनी म पनी केही गर्न सक्छु भन्नेअर्थ नी हुन्छ है बुझाउनु रह्याकर्स चौतारीअनलाईनमा एउटा राम्रो गफ गर्ने थलो हुन सक्छ भनेरविश्वास दिलाउन सक्नुयो समाजमा हामी मात्रले कहाँ गर्न सकौँला र । झिनोप्रयास न गर्ने हो ।

Tagged with:

सन्तोष

जत्ति छत्यत्तिले पुग्छ ।अनी जे छत्यसैमा सबै छ ।

Tagged with:

बेपार

बेपार गर्ने मान्छेत्यतिबेला खुसी हुदों हो जुन बेला उसका ग्राहक खुसी हुदाँ हुन् ।

Tagged with:

विश्वास

पढेर विश्वास नलागेकोलेख्दा लाग्छ रे ।सुनेर विश्वास नलागेकोदेख्दा लाग्छ रे ।

Tagged with:

लेखाई

कुनै ताकायस्तो लाग्थ्यो – मैले भन्नु पर्ने कुरालेखेँ । अनी मैलेलेख्नु पर्ने कुरा भनेँ ।

Tagged with:

बिछोड

बिछोडको बानी परेकाहरुलाईफेरी अर्को बिछोडके नै हो र ?

Tagged with:

उपस्थिति

तिम्रो उपस्थितिमेरो लागि स्वर्ग थियो होला । तिम्रो बोली मेरो लागि संगीत थियो होला । तिम्रो भरोशामेरो लागिआधार थियो होला । तिम्रो साथमेरो लागि अनन्त थियो होला । र त मतिमीसामु कहिल्यै नभएको खुसी हुन्थेँ ।

Tagged with:

स्वार्थ

प्रेमीहरुस्वार्थी हुन्छन ।

Tagged with:

बेचैनी

पुष लाग्दै गर्दाको जाडो भएको भएह्वार्-ह्वार्ती आगो बालेर ताप्नु हुन्थ्यो ।

Tagged with:

सम्बन्धहरु

चाहिएन वास्ता लाग्दैनन् ।चाह्यो मिल्दैनन् ।

Tagged with:

जाडो

आफैले आफैलाई छुँदा पनीअरु कसैले छोए जस्तो ।

Tagged with:

जिन्दगी

ठिकै छ जिन्दगी यस्तै हो भनेयस्तै सहि ।[61]

Tagged with:

लेख्नेहरु

कोहि आफ्ना लागि लेख्छन ।कोहिलेख्नका लागि लेख्छन ।अनी कोहि“समय” का लागि ![60]

Tagged with:

आर्ट

शब्दले मात्र मन पोख्न मिल्ने भए,आर्ट किन बन्थ्यो होला र ![61]

Tagged with:

दुनिया

कहिले लाग्छ दुनियामा केही छैन । कहिले लाग्छदुनियामा के छैन ? [61]

Tagged with:

स्वार्थीहरु

कहिले कहिँ लाग्छअनुभवीहरुअनुभवहिनका अनुभव प्रति फगत हाँसीरहेछन । आफू हिन्ने बाटोफगत मेट्दै हिनिरहेछन् ।स्वार्थी हरु ! [61] ”experienced are laughing at the experiences of inexperienced, instead of guiding them”

Tagged with:

कुरा

तर के गर्ने ।सोच्नुबोल्नुर गर्नुफरक कुरा भए ।[61]

Tagged with:

उमेर

मधेरै कुरामाउमेरलाई दोष दिने मान्छे ।[61]

Tagged with:

समाज

यो समाजका कपोलकल्पित परियोजनाहरुअनीमेरा अचम्मका योजनाहरुकोबीच हुँ म ।र मलाई सोध बीचमा तड्पीदा को पीडा ।[61]

Tagged with:

क्षणहरु

मान्छेकति सजिलैहाँसी-हाँसीक्षणहरु टारीदिन्छन ।[61]

Tagged with:

दोष

मेरो पनी हो । आफुलाई चिनेको मान्छेले आफुलाई सुधार्नसक्नुपर्ने । [61]

Tagged with:

कर

सरकारले कर भन्ने शब्दको साटोअर्कै शब्दमा तिराउनु पर्ने । मन नलाई नलाई,फोनमा बोलेको जस्तोअनीचाह नहुदा नहुदै उपस्थित भए जस्तो । तिरेकोकसलाई मन पर्छ र ?

Tagged with:

पलहरु

नबोल्दाबुझिने गरीनबोल्ने पल । नभेट्दातड्पीने गरी नभेट्ने पल । नभन्दासुनिने गरी नभन्ने पल । नबिर्सिन सकिने ।

Tagged with:

आत्मियता

कसैले भनोस् भनिएको आशा गरिएको कुरो अन्यत्रबाट थाहा हुँदात्यहाँ खबर होला खुसी हुदैन । रमाउदै TV हेर्दाअखबार पढ्दानभए हुन्थ्यो भनेको कुरोथाहा हुँदा त्यहाँ मानवता होला आत्मियता हुदैन ।

Tagged with:

आफ्ना

बोलेको नबुज्नेहरुधेरै हुन्छन । बोलेको बुज्नेहरुअल्ली कम हुन्छन । नबोलेको पनी बुझ्नेहरुसारै कम हुन्छन । यी, आफ्ना हुँ ।

Tagged with:

सम्बन्ध

आफूले नमागीसास त पाइन्न भनेसम्बन्धको के कुरा गराई भो र ।[61]

Tagged with:

समय

त्योआफ्नो सुरमाहिनीराथ्यो ! म बिग्रीराछु भनेररोकिने कुरो भएन ।[61]

Tagged with:

Guess

आफुलाई care गर्नेहरुआफ्नो अवस्थाबारेguessमिलाउछन ।[61]

Tagged with:

बानी

ठूलो कुरो आँटेपछिथाती राख्ने बानी लाग्छ रे । एउटा आट्नेआज सक्ने । भोली के छ कसैलाई थाहा छ ? [61]

Tagged with:

सुन्नु

मान्छे भयसीसुन्नु पर्छ,सुन्न खोज्नु पर्छ,सुन्न सक्नु पर्छ ।[मित्र]

Tagged with:

त्यत्तिकै

सुत्दैलेख्दैसोच्दै सम्झदैधिक्कार्दैउतार्दैफलाक्दै छु ।[61]

Tagged with:

सिकाई

सिक्नु भन्दासिकेको बिर्सिनु गारो हुन्छ ।त्यसैले,सिकाऊनेहरु होदुई पल्ट सोच्नु ! [61]

Tagged with:

सल्लाह

आफूलाई,उसले सल्लाह दिन्छजसले ख्याल गर्छ । [60]

Tagged with:

Newton

Newton को idea सिक संसार बुझभनेर लगाए । आफ्नै तरिकाले बुझ्न देऊ भनेरमनमनै मागेथें । [60]

Tagged with:

निस्कर्ष

मनमस्तिष्कजम्मैएकै ठाउमा राखेर,म,कसैको बारेमा सोच्दै छु ।म निस्कर्ष खोज्ने मान्छे । [61]

Tagged with:

प्रेमी

बारी-बारी हेर्ने तिम्रा नयनमालट्ठीने मान्छे । तिमीसंग हुदाँआफू-आफैलाई बिर्सिने मान्छे ।

Tagged with:

मौनता

कुनै आभाष बिनामौनताको अर्थ बुज्ने मनकसलाई लाग्ला र ? सम्हालेका शब्दहरुएकमुस्ट दिने सोच सायद ! नत्रतोप झैँ पड्किने तिम्रो आदतम किन सम्झिन्थें ।

Tagged with:

जीवन

जीवनजस्तो सोच्यो त्यस्तै बन्छ ।[60]

Tagged with:

आफ्नो

दिमागलेजहाँबाट परसम्मसोच्न सक्दैनत्यहाँसम्मको चिजलाईआफ्नो सम्झिनुपर्छ ।[60]

Tagged with:

राम्रो कुरा

आफ्नो कुरो आफूलाई तराम्रो नै लाग्ने भो नी ।राम्रो तब राम्रोजब अरुलाई राम्रो लाग्छ ।[61]

Tagged with:

अस्पस्टता

आफ्नो बोली अस्पस्ट हुनुआफ्नो कमजोरी हो ।शब्दमा सम्हालेकोसार बुझाउनु सक्नु पर्छ ।नत्र बोलेकोलेखेकोके अर्थ ?[61]

Tagged with:

परिवर्तन

योकुनै “म” बाट सुरु हुने कुरा हो ।

Tagged with:

बेनाम

जोरेको कुरो । कसैको नामगरी किनेको कुरो । मागेको भए, नासो हुन्थ्यो होला । चोरेको भए पासो हुन्थ्यो होला । दिएको भए, उपहार हुन्थ्यो होला । अनन्तकालमा नजुरेको समय ! र त्यो, बेनाम भइदियो । भित्तामा पेन्डुलमको सुई हल्लेजस्तो सोचहरु हल्लिरहे । बेनाम, त्यसै गरी हल्लिरहेथ्यो । कुनै पलको प्रतीक्षा सायद । त्यो पल जुन […]

Tagged with:

समयको आ-आफ्नो परिभाषा हुदों रहेछ । मैले सोचेको  हाम्रो समय र तिमीले खोजेको हाम्रो समय सायद फरक रह्यो ! म, म बिनाको परिवर्तनमा नरम्ने मान्छे ।

Tagged with:

भेटघाट

कामका लागि सानो सल्लाहका लागि नासोका लागि भेट्नेहरु ! माहोलका लागि एकछिन साथका लागि हाँसोका लागि भेट्नेहरु ! अनी सन्चै हो नी ? यत्तिकै देख्न मन थियो र । एकछिन संगै बसौँ भनेर । भेट्नेहरु । भेटघाटमा म अनी हामी को कहाँ छौँ खोज्दै छु । पहिलो भेट र तेश्रो भेट साट्न नमिल्ने !

Tagged with:

जिन्दगी

त्यो कुनै पलको “भोगाई” फेरी भोग्ने चाह गर्नेहरु ।  मान्छेहरु ! कोही गल्ती गर्छन । कोही प्रेम गर्छन । कोही जागीर अनी कोही बिजनेस । कोही गाउँछन् । कोही नाच्छन् । कोही हँसाउछन् अनी कोही रुवाउछन् । अरु यस्तै केही ! बाँकी त्यो पल बुज्दा नबुज्दै सुतिसक्छन । हरेक दिन । हरेक रात । जिन्दगी […]

Tagged with:

जन्मदिन

कोहि जन्मिनु, कसैका लागि जन्मिनु !

Tagged with:

हर्केदाई र मान्छेहरु

आजकल मान्छेले ट्विटर चलाउदैन । फेसबूक चलाउदैन । इन्टरनेट पनी चलाउदैन । आजकल ट्विटरले मान्छे चलाउछ । फेसबूकले मान्छे घुमाउछ । इन्टरनेटले मान्छे थकाउछ । हर्के दाई दश कट्ठा जग्गाको आली लगाएर थाक्दैनन । एक डोका साग कराउदै बेचिसक्दा नी ओठ सुकाउदैनन ।

Tagged with:

गफ

सोच । थोरै संकोच । दोधार । भन्नु की नभन्नु ? फ्याँक्ने न हो । हावामा पुगेका कुराको डेसटिनेसन आईपी हुन्न क्यार । जसले सिग्नल पक्ड्यो त्यस्ले पड्कायो । भित्ताको नी कान हुन्छ रे । होस् । मध्यम लबज सुन्न कान थाप्नु पर्दैन । फेरी आखाँ जस्तो, कान चिम्लिन मिल्ने भए पो ! यो कुरो […]

Tagged with:

बेथिति

जिन्दगीका कुनै पल आकाश खसोस, धर्ति फाटोस, आँधी आओस, हुरी चलोस्, सुध्रिन्नन ! जब, बेथितिले घेर्छ, घेर्छ !

Tagged with:

परिवर्तन

बिहान उठेर ब्रस गर्ने ठुल्दाई आजकल ट्वीट हान्छन ।

Tagged with:

यादहरु

सीसाकलमले कापीमा लेखेको भए इरेजरले मेटिदिन्थ्यो होला । नयनले मन अनी मनले नयनमा लेखेका यादहरु कसरी मेटियलान र !

Tagged with:

बेफुर्सद

गफ-गाफ ? भेटघाट ? फुर्सद छैन । मिल्दैन । मिलाउन सकिन्न । यहाँ मान्छेलाई टोलाउने फुर्सद छैन । चौतारी मुनी बसेर, पीपलको हावा खादैं, अब आउने तिहारमा देउसी खेल्ने कुरो बुन्ने कस्ले ? फर्पिङको नास्पती, सकियो होला । पारी डाँडामा, लालीगुराँस फुले अरे, फूलुन । मनकामना घुम्न जाँदा, खुसुक्क टिपेका सुन्तला सुन्तला लाग्दैनन् यहाँ । […]

Tagged with:

बोली

मन छुनेहरुलाई बोलीको के अर्थ दृश्यको के रहर । स्वर्ग मानेको तिम्रो उपस्थितिमा त्यसैले, म बिलायेथें | बोलीको अर्थ बुझाई हुदाँसम्म  को तड्पीन्थ्यो र । बेला बित्दा बोलीले मन छुँदो रैछ ।

Tagged with:

सम्बन्ध

कुनै बेला तिमीमा विश्वास नलाग्दा, मैले आफुँमा विश्वास गर्ने सहारा भेट्दिन ।

Tagged with:

नाच

बूढीमाउ त जुरुक्क उठिन् र क्यासेट फेरी रिवाइन्ड गरिन् । त्यही गीत आयो । झमझम पानी पर्यो अषाढको रात पारिबाट बज्न थाले मकैका पात… लट्ठी फालेर सर्लक्क मेहरो मार्दै उनि सिमलको फूलझैँ हलुङ्गो भइन्, हात हल्लाएर नाच्न थालिन् । हावाले पात हल्लाएकोजस्तो भयो । मेरा हात पनि तानिन् । म उनीसंगै नाच्न खोज्दा झमझम पानीमा […]

Tagged with:

हजुरआमा र दुई शब्द

“पढपढ”, उनले भनिन् – “बूढीमान्छे, गन्थन मात्र आउँछ ।” “तपाई राम्रो कुरा गर्नुहुन्छ हजुरआमा, झिजो लाग्दैन ।” “भन्दियौ नी !” “मैले साँचो भनेको ।” “ल बा,” उनले भनिन् – “दुई शब्दले पनी सन्चो भो ।” [ पल्पसा क्याफे 7 ]

Tagged with:

अमेरिका / कलाकार

“तिम्रो त अम्रिका जाने सुर छैन ?” “हजुरआमाले मन्दिर यहीं छन्, देउता यहीं छन् भन्नुभएको होइन ?” “ए, तिमी पनी मन्दिर जान्छौ ? द्यौता मान्छौ ?” “म चित्रकार हुँ हजुरआमा”, “चित्रकारका लागि विषयवस्तु यहीँ छन्, रंग यहीँ छन् ।” [ पल्पसा क्याफे 7 ]

Tagged with:

पुरानो काठमाण्डौं

सडकभन्दा अगाडि बिमानस्थल बनेको र मोटरभन्दा अगाडि जहाज चढ्ने नेपालीहरु बसेको यो राजधानी । घरभन्दा बढी मन्दिर र मन्दिरभन्दा बढी देवता भन्ने सुनेको सही हो भन्ने मलाई परिरहेछ । राति झ्यालमा टाढा कतै बहालबाट आइरहेको मधुर भजन एकोहोरो सुनिन्छ । कुनै गतिविधि छैन । सहरको कुनै आवाज छैन । रातभरि भजन भइरहेको र तेलको दियो […]

Tagged with:

कलाकार र बुद्ध

कलाकारसँग सकिदैन । उनीहरु अर्को संसार रचना गर्छन् । अर्कै भूगोल निर्माण गर्छन् । र आफूले चाहेअनुसारका पात्र बनाउँछन् । यी बुद्ध कस्तरी हेर्दै छन् हेर्नेक आखैमा बस्ने गरी ! मैले मूर्ति बनाएँ भने बुद्धका आँखा अर्कै बनाउन सक्छु । मेरो मूर्तिमर्फत बुद्धले यस्तरी नहेर्न सक्छन् । ती बुद्धका आँखामा भ्रान्ति हुन सक्छ । म […]

Tagged with:

चित्रकार

चित्रकारका लागी प्रदर्शनी लेखका लागि पुस्तक प्रकाशनजस्तै हो । गायकका लागि स्टेज परफर्मेन्सजस्तै हो । पत्रकारका लागि बाइलाइन स्टोरीजस्तै हो । [ पल्पसा क्याफे 6 ]

Tagged with:

रचना

रचनाका लागी तन्मय हुन सक्नुपर्छ । तनावलाई कसरी निकास दिने, आफैमा भर पर्छ । [ पल्पसा क्याफे 6 ]

Tagged with:

Semicolon Valley का चराहरु

यहाँका कुखुरा अल्छी छनसाढे-आठमा बास्छ्नभक्तपुरे जुजुधौसाढे-छमा काठमाण्डौं छिर्दो हो ! यहाँका डाँफेराजतन्त्र गएपछिलोप भएको भान हुन्छ ।मुनालहरु,लोकतन्त्र आएपछि ! यहाँका भगेंराहरु,गन्तब्य बिहिनफ्याट्ट, फुट्टउर्लिन्छन्, उफ्रिन्छन ।मन,तिनको नी हुदों होउफ्रिदा खुट्टा-दुख्दा हुन्बाध्यता हुनुपर्छ ।आफ्नो काममा सेक्युरिटी जसले खोज्छ नी ।नभए, उफ्रिन कर लाग्छ ।उफ्रिनु पर्छ । यहाँका मयुरहरूकोनर्तकी कुन चाहिँ पिक्सारलेउतार्ला र ! यहाँका कोइलीसंगीत रच्छन्उस्तैलाईसुरमा लठ्याउने […]

Tagged with:

बेपार / business

आलु चाहिए…. प्याज चाहिए.. गोलोभेन्टा चाहिए.. हमारा पास सब कुछ हे माल्किन ! मालिक ले जाँड किन्थ्यो होला, धन्य, जाँड, बाटो मा कराउदै बेचिन्न | मान्छे चिन्नु, खसी बेच्नु |

Tagged with:

मनशा

मिलाएर लेख्ने, गमेर लेख्ने, छामेर लेख्ने, धेरै-सोचेर लेख्ने हुदों हो त, सायद मनशा लेखिन्नथ्यो होला ! सायद गजल लेखिन्थ्यो, वा कविता । मनशामा पल लेखिन्छ । मनशा पल-पल लेखिन्छ |

Tagged with:

बानी

अक्सर सबेरै उठ्नेहरू किन उठ्लान ? अक्सर, छिट्टै सुत्नेहरु, किन सुत्लान ? बिहान, चाडैं उठेर, के नाप्नु छ र ? राति चाडैं सुतेन, के लानु छ र ? यी प्रश्नहरु, हैन रैछन | यी, बानी हो रैछन | र, बानीमा, किन को अर्थ रहदैन | बानी, लागेको कुरा, त्यो, गरिने कुरा | गर्ने कुरा |

Tagged with:

आशक्ति / Passion

ड्रम बजाउन बनाइएको हो.. यस्लाई बजाउनु पर्छ | बजेन भने, घाममा सेकाएर भएनी बजाउनु पर्छ.. ढाम्-ढाम् ठोक्नु पर्छ, बजाउनु पर्छ | #drum

Tagged with:

भूपी

दोहोरिन्छ की भन्ने डरमा, भूपी ले लेखेनन ! हामी पनी नलेख्ने ? शब्द दोहोरिउन, पलहरु दोहोरिन्नन, क्षणहरु दोहोरिन्नन | अनुभवहरु फेरी कोरिन्नन |

Tagged with:

फुर्सद

मागेर पाइने कुरा रैनछ, किनेर पाइने कुरा रैनछ, खोजेर पाइने कुरा रैनछ | बेच्न नमिल्ने कुरा रैछ, लिन-दिन नमिल्ने कुरा रैछ | माने हुने कुरा रैछ, नमाने नहुने कुरा रैछ |

Tagged with:

शंखमुल

यहाँ, के छैन ? सब छ | iPod छैन की, ipad छैन की, iphone छैन की, itouch छैन की, अनि, ikaalu छैन की ! अर्को ikaalu, अनि झन अर्को ikaalu छैन की | icafe को हल्ला छैन की !             — तपाइको                Steve              शंखमुल

Tagged with:

प्रेम पीडा

धेरै, ओकल्न नमिल्ने र बगाउन नमिल्ने कुराहरु, अनी, टारीदिन मिल्ने हाँसोहरु, र बिर्सिदिन मिल्ने शुक्रबारहरु, पर्याय हुन्छन | आफैँ आउछन,खिस्स हाँस्छन् | ओठ खोल्छन | हराउछन्, बिलाउछन | वा बिर्सीइन्छन | बिर्सिनु पर्छ | कोले प्रेम नगर्ला… आफैँ आउने, अनी नहराउने ती, मिठा बोझ हरुलाई !

Tagged with:

बानी

बानी न हो, मलाई चाख लाग्ने कुरो, उसको मतलबको नहुन सक्छ ! मलाई, मन पर्ने कुरो, मन, नपर्ने कुरो, उसको अर्कै कुरो हुन सक्छ ! मैले, बुझ्ने कुरो, उसले, नबुझ्न सक्छ वा  बुझ्न नखोजेको कुरो हुन सक्छ | म र ऊ, एकै नहुम्ला, हुन नसकौंला, तै, परिस्थिति, समय, काल, अवस्था, हेरेर, मन नलागेको कुरो, बुझ्न […]

Tagged with:

शब्दहरु, झरुन, नझरुन, बाध्यता हुन सक्छ, वा, बिवशता, अथवा, खुसी पनी ! तै लेखिन्छ वा, टाइपिन्छ | म, नबोलेको भन्दा, बोलेको, अनि, नलेखेको भन्दा, लेखेको राम्रो मान्ने मान्छे ! समाजको, अघि, तिमीलाई, बिर्सिएको मान्छे ! अनि मनमा, यादहरु बोकेको मान्छे ! म, प्रेम, अनि, समाज, भन्ने शब्दहरु बिच, पुल नभेटेको मान्छे ! म, पौडी खेल्न, […]

Tagged with:

फुर्सद

मैले, मेरा लागि लेख्ने हो ! तिम्रा लागि, अरुका लागि, अनि, उसका लागि, लेख्ने, फुर्सद किन्न पाइन्छ र ?

Tagged with:

दोष

देखाउनेहरु, जेमा पनी देखाउन सक्छन ! लाज, सरम, थोरै, आत्मग्लानी भन्ने कुरा हुन्छ ! नत्र कसले, आँफू, दोषी हुँ, थिएँ भन्ला र ?

Tagged with:

बोस – hakim

मानम, एकछिन, म, तिम्रो बोस हुम्ला ! केही, अराउम्ला | काम, धाम ! इत्यादी ! तिमी, मान्दैनौ, बुज्दैनौ, गर्न खोज्दैनौ, भने, त्यो, नबुज्नु, बुझ्न नखोज्नु, नगर्नु, गर्न नखोज्नु, सिधा तिमी सँग सम्बन्ध राख्छ ! मेरो काम, तिमीलाई, जानकारी दिनु हो, त्यहाँ भन्दा पछी, के हुन्छ, कसो हुन्छ, कसरि हुन्छ, भन्दा पनी, त्यो काम, हुन्छ कि […]

Tagged with:

समर्पण

सुन्छु, एउटा आधार चाँहीन्छ रे, बाँच्न ! भरोसा, अनि आशा चाँहीन्छ रे ! थोरै जोस, अनि अल्ली बढी, माया ! म, यथा-स्थितिमा, त्यसैले, तिमीमा, समर्पण हुन चाहन्छु !

Tagged with:

विश्वास

तिमीले, सोचेका, बुझेका अनि, मलाई भनेका, भन्दा पनी, नभनेका, कुराहरुले, तिमीमा विश्वास गर्ने मान्छे ! म, केटा मान्छे !

Tagged with:

प्रेमीहरु – premiharu

सूर्य उदाएको, मजा लुट्नेहरु देख्नेहरु, भाग्यमानी ! सूर्य अस्ताएको, अनि, चन्द्रमा उदाएको, मजा लुट्नेहरु, देख्नेहरु, अझै भाग्यमानी ! आफ्नो, अनि, आफ्नाको, मन उदाएको, अस्ताएको, अस्ताएको, उदाएको, भोग्नेहरु मजा, सजा, लुट्नेहरु, सबभन्दा बढी भाग्यमानी ! प्रेमीहरु !

Tagged with:

तस्बिर

तिमी सँगका स-साना यादहरु, गह्रौ छन्, भारि छन् | ती, मलाई थिच्न खोज्छन, बिथोल्न खोज्छन, रुवाउन खोज्छन | म, लट्ठिएको हुन्छु, तिमीमा, यादमा | मातमा ! त्यसपल, तिम्रो तस्बिर मा, इशारा गर्दै लोलाएका, तिम्रा ती नयन, म चुम्न चाहदो हुँ |

Tagged with:

भविष्य (Bhabishya)

  भोली बिहान उठेर मैले के गर्ने होला? छ महिना पछीको, भोली बिहान उठेर मैले के गर्ने होला? एक बर्ष पछीको, भोली बिहान उठेर मैले के गर्ने होला? दुई चार बर्ष पछीको, भोली बिहान उठेर मैले के गर्ने होला? अनि अल्ली निकै नै पछीको, भोली बिहान उठेर मैले के गर्ने होला? म, र, मेरो भविष्य, […]

Tagged with:

मौनता

मा, स्वीकारोक्ति हुन्छ रे | मा, (आफ्नो) पन हुन्छ रे | मा, साथ हुन्छ रे | हुन सक्ला | तर, जोश हुदैन रैछ | अनि, जागर र आश हुदैन रैछ | र, भरोषा हुन्न रैछ | नबोलेको आफ्नो (पन)  भन्दा, त्यसैले, प्यार-प्यार भएनी, बोलेको, अनि ठिक्क बोलेको राम्रो !

Tagged with:

संस्कार

हामी, संस्कारको कुरा गर्छौँ | कुरा गरेको, पैसा पर्दैन नी त ! संस्कार मान्नु, फलो गर्नु, गारो कुरो ! बेग्लै कुरो !

Tagged with:

आज

हामी सुत्दैनौ होला ! सम्भावनामा, बोल्दै छु ! यस्तरी कि, मानौ, हामी सुत्न बनाईएकै हैन |

Tagged with:

आइतबार

के गर्देई छौ ? खुसी त छौ ? कुरा सकिए ! अनि हामी, अब आउने कुनै आइतबारको कुरा गर्छौँ ! शुक्रबार  नत्र, सुत्न छाडेर, गफ हानेर को बस्थ्यो ?

Tagged with:

जाबो

तिमी जे भन, जे बोल ! जब, तिम्रो बोलाई, अनि, मैले मानेको, तिम्रो सुन्दरताको, मेरो लागी अर्थ रहेन, भने !

Tagged with:

सामान

“देउ न |” दिन्न ! ”किन ?” थाहा छैन !

Tagged with:

बिदेशी म्यानेजर

हामी, बहाना खोज्छौं रे ! त्यस्तो गर्न, यस्तो हुनु पर्छ | यस्तो गर्न, त्यस्तो  हुनु पर्छ | यस्तो नभए त्यस्तो गर्दिन | त्यस्तो नभए यस्तो गर्दिन | यथार्थ काम, के हो ?  कस्तो हो ? कसरि हो ? हो कि हैन ? केको चासो ? [बिदेशीको नेपाली (डेभ्लपर्स) प्रतिको सोच]

Tagged with:

शब्द अभाब

प्रयत्न गर्दैछु, लेख्दै, मेट्दै छु, कुनै टुंगो, दिन सकिरहेको छैन | म, यादहरु, फिर्ता चाहन्छु | म, शब्दहरु, फिर्ता चाहन्छु |

Tagged with:

सिमसिमे पानी

सिमसिम पानीमा, थोपा गन्दै, आकाश हेर्दै, तिमी र म, संगै भिजेको पल |

Tagged with:

सोचहरु

यो देशमा, यो भेषमा, टिक्नेहरुको हूल, भिड जस्तो लाग्दैन | कोलाहल लाग्दैन | नसुहाउँदो लाग्दैन | आफ्नो लाग्छ | यहाँ केहि सोच बिर्सिनु पर्नेछन्, केहि त्याग्नु पर्नेछन्, केहि बटुल्नु पर्नेछन् ! अनी, केहि सोच बुन्नु पर्नेछन् | त्यत्ति हो !

Tagged with:

मान्छे

हजार होलान, नभए सय ! मान्छे छन् | जो, अरुका लागी, बाँच्नु, आफू बाँच्नु मान्छन् ! जो, अरुका लागी, हाँस्नु, आफू हाँस्नु ठान्छन !

Tagged with:

लेखक

फुरेको बेला नलेख्नेहरु, लेखक बन्दैनन | नफुरेको बेला लेख्नेहरु, लेखक बन्दैनन | लेख्नका लागि लेख्नेहरु, लेखक बन्दैनन | बाँच्नका लागी लेख्नेहरु, लेखक बन्दैनन | बिज्ञ हुदैमा मान्छे, लेखक बन्दैनन | कलम समात्दैमा मान्छे, लेखक बन्दैनन | पिडामा लेख्दैमा, प्रेमी लेखक बन्दैनन | खुसीमा लेख्दैमा, प्रेमी लेखक बन्दैनन | नशामा लेख्दैमा मान्छे, लेखक बन्दैनन | लेख्दैमा […]

Tagged with:

आफ्नो कुरो

म, आफू नियाल्ने मान्छे ! निश्चिन्त, मुहारमा उज्ज्यालो, भान हुने कुरा हो | मस्त छन्, नयन, लट्ठ छन्| बोलीको सुर, अर्कै सुनिन्छ, मिठास छ रे | कोहि राम्री लाग्नु, त्यसैले आफ्नो कुरो !

Tagged with:

सृजना

चरप्प, कलम समातेर, बेस्सरी, अफ्नो मनले, कागजमा, स्पर्श गराउंदा, लाग्छ, म, कसैको आकृति माथी, आफ्नो मन कुदाउदै छु, म कसैका, सम्पूर्ण आवरणहरु, शब्दमा उतार्दै छु | टाइप गर्दा, शब्दहरु उछिट्टीन्छन, मकैको घानबाट, फ्याट्ट मकैको फुलो उछिट्टीए झैँ | यसमा मजा होला, नशा छैन | मलाई, मैले चुमेको, आकृति कोर्नु छ, मैले स्पर्स गरेको, तन लेख्नु […]

Tagged with:

मुर्ख

हाम्रो, हजुरबुबाको बाउले, भन्नु हुन्थ्यो रे, दु:ख नगरी सुख पाइंदैन | अनी हाम्रो बुबाको बाउले, भन्नु हुन्थ्यो रे दु:ख नगरी सुख पाइंदैन | अनी स्वयं बुबा, भन्नु हुन्छ दु:ख नगरी सुख पाइंदैन | जब, पुस्ताले, त्यही एउटै कुरो, भनेको भनै, गर्छन भने, जो दु:ख नगरी सुख खोज्छ, त्यो मुर्ख हो | ठोकेर भन्न सकिन्छ |

Tagged with:

विगत

विगत देखी, भाग्न खोजेको हैन | भबिष्य देखी डराएको पनी हैन | तै, अन्डो गर्न नमिल्ने, बिगतहरु, म, एकतर्फी बिर्सेर मेट्दै छु | अरु, भुलाउन नसकेका, बिगतहरु, म, एकतर्फी पिएर मेट्दै छु | अरु, जिउन नसकेका, बिगतहरु, म, एकतर्फी जिएर मेट्दै छु | बस्, बाँकी, केहि विगत, म आफूसंगै लिएर हिड्ने, झिनो, लिप्सा गर्छु | […]

Tagged with:

समस्या

मान्छे, जिन्दगीमा, जम्मा दुइटा अवस्थामा, हुन्छ | समस्या पर्दा, दुखी हुँदा, लाग्छ, आफू मात्र हो, जो समस्यामा छ | कसैलाई किन, वास्ता होस् ? जब सबै आ-आफ्नै, ध्याउन्नमा मस्त छन् ! सबैको आफ्नो चटारो ! आफ्नो कुरो आफुसंग हुन्छ | त्यस्तो कोहि भेटिन्न जो, आफूलाई बुझ्न सकोस | आफ्नो समस्याको अरुलाई के अर्थ ? दुनियालाई […]

Tagged with:

हेडसेट

दुई घण्टा भएछ, कानमा, हेडसेट टाँसेर, स्याँ… (silence) सुनेर बसेको | जैले यस्तै हुन्छ |

Tagged with:

भोलिबाद

यो काम, भोलि गर्छु | त्यो काम, भोलि गर्छु | यसो, त्यसो, भोलि गर्छु | अहिले गर्नुपर्ने भोलि गर्छु | महत्वपुर्ण काम, भोलि गर्छु | अहिले र आज, जे चाहिदैन, जे नगरे नी हुन्छ, जुन गर्नु र नगर्नुले, केहि फरक पर्दैन, त्यहि गर्छु | म हरेक भोलि यस्तै गर्छु | तर मैले, यस्तो गर्नु हुन्थेन […]

Tagged with:

समय

मेरो समय, तिम्रो समय, हाम्रो समय, हाम्रो आफ्नो समय, खल्तीमा, बोकेर हिनेको समय | के गर्नको लागी, खल्तीमा राखेको हो, भनेर बुज्दा नबुज्दै, सायद, खल्ती फाट्ला | समय चुहिएला |  र कुनै दिन, त्यो, सकिएला | समय सकिएला ! खल्ती, सिलाउनु पर्छ |

Tagged with:

जिन्दगीमा

केहि कुरा, हजारौँ पल्ट हुन्छन, केहि सयौं पल्ट केहि दश केहि पाँच, अनी केहि, दुई पल्ट हुन्छन | जिन्दगीमा एक पल्ट हुने, कुराहरु, फेरी फेरी हुदैनन् | आउदैनन | ती, म चिन्न चाहन्छु | जसमा, साथको मजा हुन्छ |

Tagged with:

सम्झना

बिर्सन खोजिएका, कुराहरुमा, उफ्री उफ्री, पल पल, छलांग मार्ने, चेस्टा गर्नु, अनी, बिर्सिन सकिन भनेर, गुनासो गर्नु  यो अस्वीकार्य हुन जान्छ |

Tagged with:

म, तिम्रो अनुहार खुसि छ भनेको देख्न नपाऊँ, तै, सुन्न पाउँदा, आफ्ना ओठहरु, मन्द खुलेको अनुभव गर्ने मान्छे | म तिमीलाई, बिर्सिन नचाहेको मान्छे | म तिमीलाई, सम्झन नसकेको मान्छे | म तिमीले, बिर्सिन नचाहेको मान्छे | म तिमीले, सम्झन नसकेको मान्छे |

Tagged with:

माया

गन्न नमिल्ने कुरो, हिसाब राख्न नमिल्ने कुरो,  ढाँट्न नमिल्ने कुरो, बिर्सिन नमिल्ने कुरो, सानो कुरो, मनको कुरो, सम्झनाको कुरो |

Tagged with:

काश

यस्तो हुन्थ्यो कि, हामी फरक हुन्थ्यौं.. हामी एउटै हुन्थेंनौ |  र सम्झना नसंझिनुमा खयर मजा हुन्थ्यो | जिन्दगी, दलिनबाट तप तप, पानी चुहेको देखिएजस्तो, चुहेको, काश देखिन्थ्यो !

Tagged with:

बानेश्वोर चोक

कुनै, कारण रहेन अब | साथ, छुट्ने कुरो | मन, टुट्ने कुरो | मात, नलाग्ने कुरो | उमेरले दिन्छ रे | त्यसैले, साझँमा, बानेश्वोर चोकमा, मन्द पानी परेको बेला, बाटो हिड्ने बटुवा, आजकल, अपरिचित लाग्छन !

Tagged with:

मनशा र कोडिंग

कोड लेख्नु, र, मनशा लेख्नु मा, एउटा फरक देख्छु | मनशा मा, syntax error हुदैन ! interpretation error ले, reader सँग सम्बन्ध राक्छ |

Tagged with:

आफ्नो कुरो

समय, परिस्थिति, बुझ्नु, त्यसमा भिज्नु, माहोलको, मजा लुट्नु | जान्नु, नितान्त आफ्नो कुरो !

Tagged with:

घडी

टुक-टुक, छक-छक, छुक-छुक, जे गरोस | समयको आवाज हुन्न | 

Tagged with:

चालिस वर्ष

म, कुनै, सितलो रुख मुनी, छहारीमा बसेर, आजभन्दा बिश चालिस वर्ष, पछिको, कल्पना गर्न चाहन्छु | म लट्ठीन खोज्दैछु |

Tagged with:

मनका कुरा

मनमा, कुरा नराख्नु रे | भन्नु रे | लेख्नु रे | साट्नु, बाँड्नु रे | यत्ति एउटा कुरो हो, मान्छेले मनमा नराख्ने | जमाना बेइमान छ |

Tagged with:

हेराई

तिमीले हेर्ने चन्द्रमा, अनी मैले हेर्ने जून ! तिमीले हेर्ने आकाश, अनी मैले हेर्ने क्षितिज ! तिमीले हेर्ने संसार, अनी मैले हेर्ने समाज ! तिमीले हेर्ने जिन्दगी, अनी मैले हेर्ने समय ! तिमीले हेर्ने आज, अनी मैले हेर्ने वर्तमान ! तिमीले हेर्ने साथ, अनी मैले हेर्ने साथी ! तिमीले हेर्ने माया, अनी मैले हेर्ने प्रेम […]

Tagged with:

उम्केको माछो

वास्ता नगरेको प्रस्ताब | फुस्केको जागिर | छाडेको पद | नलिएको पैसो | छुटेको सम्बन्ध | उम्केको माछो, ठूलो हुन्छ रे !

Tagged with:

गल्ती

जानी-जानी गल्ती, कसले गर्ला र ?

Tagged with:

प्रेम

"ट्रेन कतिखेर छुट्छ ?", "छुटिसक्यो |", "किन त्यसो गर्नुभा?", "तिमीले गर्दा |", "मैले के गरे ?", "केहि गरिनौ |" [palpasa cafe]

Tagged with:

संबिधान

संबिधानको धाराझै, मेरो साथी, अपहरित भएको छ | उसको कथा मात्र, मसंग छ | [palpasa cafe]

Tagged with:

रंग

नीलो मसीवाल कलमले, रातो अक्षर लेखेको छ | रंगले आजकल आफ्नो, भाषा बदलेको छ | [palpasa cafe]

Tagged with:

एकाबिहानै

एकाबिहानै सन्किनुको, के अर्थ हुन्छ ? [palpasa cafe]

Tagged with:

देवदास

बाबुजी ने कहा गाउँ छोड्दो, सब्ने कहा पारोको छोड्दो, पारो ने कहा पिना छोड्दो.. आज तुम केहती हो घर छोड्दो.. कुछ दिन ओ कहेगा कि दुनिया छोड्दो [devdaas]

Tagged with:

तिमी

तिमीलाई भेटेको साँझदेखी म समयको नियन्त्रणमा छैन ! मलाई, त्यस्तै लाग्दै छ समय तपाइको नियन्त्रणमा छ ! उसले भनी ! [ पल्पसा क्याफे ]

Tagged with:

पल्पसा

म एउटी साधारण केटि हुँ ! तपाई भन्नुहुन्छ, तपाईका लागि म ऐना हुँ | त्यस्तै लाग्छ म निर्जिब हुँ | मेरो तात्पर्य के भने म आफ्ना लागि केही पनि होइन | के नठान्नुहोला भने म अरुका लागि हुँ | म त्यो पनि होइन | जो आफ्नै लागि हुन सक्दैन, अरुका लागि के हुन सक्ला ? […]

Tagged with:

मन परेपछि

"म पहिलोपल्ट कसैलाई कोट्याएर आफ्नो परिचय दिदैछु.. ", मैले भनेँ | म आफ्नो समय स्याउझैं काटेर टक्र्याईरहेछु | [ पल्पसा क्याफे ]

Tagged with:

नहुने कुरो

मैले, हुन्छ भनेर भएन, मैले, हुदैन भनेर भएन | मैले, गरम भनेर भएन, मैले, नगरम भनेर भएन | नहुनु जो थियो, मेरो के लाग्थ्यो !

Tagged with:

हेराई को कुरा

आज, हेराईको कुरा हुन्छ, मौसम मात्र कति बेमान होस् ! कहिले काहिँ, कसैको, हेराइमा लट्ठीनु, अनी, अनवरत, उसैका नयन, लिप्सा गर्नु, सायद, उमेरको माग ! शब्दमा भन्नु पर्दा, हाम्रो नयन समागम, यस्तो थियो कि, मानौ, उसले मलाई, तानी, चरप्प समाती, अनी, किस गरि,  र, बाई पनी नभनी, भागी ! उसका, फर्की, फर्की हेर्ने, आखाँहरु, म […]

Tagged with:

प्रोफेसनल

एउटा कुरा, सम्झिनु, गर्नु, देखाउनु, बोल्नु, जिन्दगी दुइटा भए पो !

Tagged with:

विदेशी कुरो

सानो कुरो, मिठो कुरो, रमाइलो कुरो, चट्टको कुरो, खदिलो कुरो, आशाको कुरो, निराशाको कुरो, सम्भावनाको कुरो, अपरिचित कुरो, चिनाजानीको कुरो, सप्पै कुरो, तर, छोटो कुरो | विदेशी कुरो !

Tagged with:

समय न रैछ

कुन्नि कुन हो, याद छैन, दिन | म सम्झन नचाहदो हुँ | तै, बाटो, माटो, घाम, पानी, ऊ माथी, पानी उही पर्छ | म माथी नी उही पर्छ | हामीले ओड्ने छाता, ऊ एक्लै ओडेको देख्न, म नचाहदो हुँ | समय घुम्छ नी ? रोकिन्न नी ?

Tagged with:

रमाइलो नेपालमा

नेपालमा समय बिस्तारै हिनेको जस्तो लाग्छ | रमाइलो लाग्छ | आजको कान्तिपुर दैनिक बाट प्रेरित (हिमाल हेरेर रोएँ, क्रिस्टिन रेनिए )

Tagged with:

नेपालमा २ खालको मान्छे छन् रे

एकथरी, हुनेखाने अर्काथरी, हुदाँ खाने बिचमा खाल्डो छ ! नेताहरु खाल्डो अझै गहिरो पार्ने पानी को मूल भेट्टाउने अनि बत्ति निकाल्ने सोच्दै होलान ! आजको कान्तिपुर दैनिक बाट प्रेरित (हिमाल हेरेर रोएँ, क्रिस्टिन रेनिए ) 2068-1-17

Tagged with:

मनशा

मनशा जोख्ने मन छ | डिजिटल जोख्नेमा, प्रेसिजन हुन्छ रे | एउटा मनशा | कम्तिमा दुई किलोको हुनु पर्छ भन्छु म | मनशाले हान्नु पर्यो भने, लाग्ने, ढलोस !

Tagged with:

Nepal (नेपाल)

नेपालमा university छैनन् teacher छैनन् अरु त अरु, student नै छैनन् | exam हुदैनन्, certificate को अर्थ लाग्दैन, यहाँ | बेला बेला.. आफूँ पनी छु जस्तो लाग्दैन | यहाँ, सोचहरु छन् भुँडी छन् रक्सि छ चुरोट छ.. गल्लि छन्.. चोक छन्.. गफ छन्.. मजा छ ! यत्तिले हो अडिने, अडिने | भाग्ने, भाग्ने |

Tagged with:

चैत

हावा हुरी चल्दै छ, चलोस् | एउटा मन त छ बाँकी, उडाओस् ! चि..

Tagged with:

Perspectives

Life changes because perspectives change. x- my-life-my-perspectives -x

Tagged with:

your are Rose

your are Rose  you know ? i am angry with your thrones. let me try to decorate you with magical words. I wont stop writing, whenever you haunt me. Via @beeemal

Tagged with:

the nobel er

जूनको मधुरतामा, लट्ठिएर, त्यसमा, आफ्नो, अनि, आफ्नी प्रियतमको, मन, खोज्ने, एउटा, इन्जिनीयर को कथा ——————————- story of the guy who eternally stares at moon, in a wish to get a glimpse of nobel. and is engineer by profession. ——————————- -2011- imaginary fictional any resemblance to *.* would be coincidental

Tagged with:

समय

कसैलाई, बिर्सने बहाना खोजेको | आजकल, यादहरु आउदैनन, बोलाउनु पर्छ | केहि लेख्ने प्रयास गरेको | आजकल, कुराहरु फुर्दैनन, फुराउनु पर्छ ! समय न रैछ !

Tagged with:

एकतमास, संसार जे खोज्छ, त्यहि खोजिरहेछु, संसारको भएको छु | म, आफ्नो रहन, सकिन!

Tagged with:

स्वतन्त्रता

मान्छेको हलमा, मान्छे, त्यतिबेला स्वतन्त्र हुन्छ, जब, उसलाई आफू, स्वतन्त्र छु भन्ने, [भ्रम] पर्छ | यो यस्तै हो, माने छ, नमाने छैन !

Tagged with:

जिन्दगी

बहाब संगै बहने, वा, नयाँ हुरी बनेर थपिने, जम्मा, दुइटा बाटो छन् |

Tagged with:

रे

राम्रो साथी बन्न लाई, Time Pass गर्ने तरिका, मिल्नु पर्छ रे.. नमिले, मिलाउनु पर्छ रे..

Tagged with:

प्रेम

कुनै ताका, म कसैको, नाम जपिरहन्थें, मानौं त्यो कुनै मन्त्र थियो ! र, त्यसलाई जपे, म स्वर्ग पुग्थें |

Tagged with:

मजा

दलिनबाट, तप-तप, पानी पोखिँदाजस्तो, छताछुल्ल, आफूलाई, शब्दमा पोख्दा, मजै अर्कै !

Tagged with:

लेख

बत्ति बलिरहेछ, मेरो कलम, चलिरहेछ, अनौठा शब्दहरु, टपक्क झर्छन, अनायासै, कलम रोकिदिन्छु म, यसो माथी, आखाँ लैजान्छु, सरर पद्छु, लौ, यत्रो लेखिएछ ! पुग्यो ल |

Tagged with:

यस्तो त्यस्तो

आफूले बिताएको जीवन, अरुले बिताउदै देख्छु, भोगी रहेको देख्छु, त्यसैले त लेख्न मन लाग्छ, त्यसैले त भन्न मन लाग्छ, त्यस्तो भए, यस्तो गरेस, यस्तो भए, त्यस्तो गरेस |

Tagged with:

बिच

मान्छे, कि वारी हुन्छ, कि पारी हुन्छ, बिचमा हुन्न ! कि माथी हुन्छ, कि तल, लिन्ठिङ्ग अडिन्न ! खुसी, कि दायाँ छ, कि बायाँ छ ! बिचमा साँध छ, बिचमा दोमन छ, र, मलाई सोध, बिचमा तड्पीदाको पीडा !

Tagged with:

उपहार

सानो जाली रिमाल, उपहार दिएर, एउटा नौलो संसारको, छानो मुनि, हाम्रो दुनिया फुलाउने, मेरो इच्छा, सायद, रुमालमै, सिमित भयो |

Tagged with:

मेरो सपना

पारी, क्षितिजमा, मेरो एउटा, सपना देखिन्छ | तै, मलाई, कैयन रात, ननिदाउनु छ | तिमी सायद, क्षितिजमा, केहि देख्दैनौ, मेरा सपनाहरुको, के वास्ता, तिम्रा जो परेनन |

Tagged with:

नेपाल – नेपाली

माथी अटस्स जून, थोरै तल बादल, बादलले डाँडा चुमेको, डाँडाको खोचमा, झरना, झरनाको चिसो पानी, आच्छुछु! थोरै उता, सानो घर, खरको छानो, बाहिर म, कतै पर हेर्दैछु, देख्नेले ठान्ला, टोलाएछ ! झरनाको संगित, अनौठो तरङ्ग दिदैछ ! क्षितिजबाट सुनौला किरणहरु, मेरो आँखा, धमिल्याईरहेछन् ! झरना बांगो टिंगो बग्दैछ, आहा! कस्तो संग्लो, सेतो पानी! हरियो बन, […]

Tagged with:

मान्छे

मान्छे, २-४ थरिका हुदाँ रैछन्, कोहि, देखाउन जन्मेका ! कोहि, खान जन्मेका ! कोहि, हल्ला धेरै गर्ने ! कोहि, काम धेरै गर्ने ! कोहि, केहि गर्न नखोज्ने ! केहि गर्न नदिने ! यो अन्तिम खालका, बाँदर हुन् !

Tagged with:

कुरा

एउटा सानो, झिल्कोले त हो, आगो बाल्ने | सम्झनाका, तरंगले, त्यसैले, मुटू अठ्याउछन ! बिबसता, देखिने कुरा हैन, व्यर्थका कुरामा, रुमल्लिदै हुन्छु, त्यसको अर्थ यो हुन्न कि, म ती कुरा, बिर्सिन, नचाहदो हूँ !

Tagged with:

जिन्दगी

केवल बाँच्नु, वा, यस्तै केहि, जिन्दगी हो | यो सोझो लाग्छ | तर बांगो छ !

Tagged with:

पढाई

बर्षायाममा, झमझम, पानी पर्ने हुने, मैले पढ्न किन नहुने ? [~ VNHSS]

Tagged with:

सम्झना

जिन्दगीका, एक-दुई मान्छेहरु, जसको, गालीमा पनि, माया हुन्थ्यो !

Tagged with:

स्वार्थ

म स्वार्थी थिएँ, छु, र, रहिरहनेछु, किनकि, हिजो पनि मैले, आफ्नै मन देख्दा लेखें, आज पनि, र, सायद, भोलि पनि | दोषी, कलम कहाँ हो र | [दाजू]

Tagged with:

प्रसंशा

अचानक आँखा जुध्यो, नयाँ ठाउँमा, नयाँ मान्छे संग | लामो कपाल, तेजिला आँखा, अनि, त्यो ओठ ! उसको सुन्दरताको प्रसंशा, त्यसबेला, मिठो मुस्काएर मात्र गर्न सकें मैले |

Tagged with:

दुखि

इच्छा, जसका पनि हुन्छन, अनगिन्ति! आफ्ना इच्छा, पुग्नै पर्छ, अनि, नपुग्नु दुख हो, भन्नेहरु, दुखि हुन् |

Tagged with:

संसार

संसार, बदलिन्न रैछ, यो चल्ने कुरो ! बदलिने, सोच पो त |

Tagged with:

मनशा

थोरै बोल्नु, धेरै सुन्नु, थोरै लेख्नु, धेरै भन्नु ***

Tagged with:

बिछोड

जिन्दगीका, केहि बिछोड, म, फिर्ता चाहन्छु !

Tagged with:

कुरो

भन्ने हरु, भन्दै गर्छन, आफ्नो काम, नबिर्सिनु, अरुको दुखमा, सुख, नदेख्नु त्यै हो !

Tagged with:

define : बूरा

बूरा मत देखो, बुरा मत कहो, और, बुरा मत सुनो define: बूरा

Tagged with:

हेराई

आँखामा, मायालु पाराले हेर्नु, मुस्कुराउनु, त्यसपछी, हेरिरहनु, को, अर्थ खोज्दै छु |   -2005-

Tagged with:

प्रश्न

प्रश्न, थोरै छन, तर, उत्तर नभएका !

Tagged with:

जम्काभेट

म भनुम ? तिम्रो बोली, तिम्रो लबज, तिम्रो सुर, अनि, ताल, तिम्रा नयन, अनि, मेरो हाल, सबै, लट्ठ छन् |

Tagged with:

जाडो

फेरी, मौसम को कुरो हुन्छ | समय घुम्दै गर्दा, मनले मन, चुम्दै गर्दा, न्यानो, अनि अझै न्यानो, खोज्ने, प्रहरको, कुरो हुन्छ | गुटुमुटु, बेरिएर, मन्द न्यानोमा, लटठीने कुरो हुन्छ, बेइमान मौसम ! जाडो है |

Tagged with:

पहिलो पेग

पहिलो पेग, पहिलो चुम्बन जस्तो, लाग्छ रे, सम्बन्ध, छुटेपछि, जिन्दगीले, लुटेपछि !

Tagged with:

विश्वास

जब, विश्वास गरेका, सालका रुखहरु, कट कट कट, गर्दै, डरल्याम्म, ढल्छन, अनि, आफैले देखेका, एक दुई, सपनाहरू, च्याप्छन, लाग्छ, विश्वास गर्ने, एक दुई, ठाउँ पनि, ब्यर्थ रैछन! मेरो, भन्नु केहि छैन |

Tagged with:

song: pagalpan by sudip

रातको १२ बजी सक्यो … मेरो निन्द्रा खै कहाँ गयो.. जबर्जस्ति निदाउन खोज्छु म… खै के गरु म सक्दिन.. 1.30am Aug 28th 2010

Tagged with:

अनौठोसंग, मिठो अंगालोमा, बाधिएर, जिन्दगीको, मजा लुट्न चाहने, मान्छे

Tagged with:

यादहरु

अनौठो संग, यादको, मादकतामा, आफुलाई, अल्झिएको पाउँदा, लाग्छ, संसारमा, जे छ यादहरुमा छ!

Tagged with:

गारो

एकाएक दुई-तिन चार कुराहरुको बिचमा आफुलाई पाउँदा लाग्छ संसारमा म मात्र हो जसलाई गारो भैराछ!

Tagged with:

प्रश्नहरु

प्रश्नहरु, अप्ठेरो परेपछि, उत्तरहरु, भेटिन्नन रे!

Tagged with:

हाँसो

कसैको हाँसो चोरेर, नभाग्नु!

Tagged with:

प्रयास

अचानक, सानो, आश आउदै गर्दा, मैले, सास फेर्दै गर्दा, स-साना, पुराना कुरा ले, मन, नमिठो पर्दै छन, म, यी, कुराबाट, बाट बाहिरिने, प्रयास गर्दै छु !

Tagged with:

himesh dai

धूम तेरे ihsq कि, तुमसे मिल्ना, जिया डोलना, मेरे अशिकिके, खै के खै के सुन्दै छु

Tagged with:

transformation

at the age of 10 i obeyed everything they said at the age of 15 i obeyed everything they said at the age of 20 i agreed everything they said today i agree whatever they say but they do not say to me at all! seems like, its signal for the topic

Tagged with:

हेराइ

तिम्रो हेराइको, परिबेशबाट , बाहिरिउं, यो मैले, सोच्न सक्दिन !

Tagged with:

पल्पसा क्याफे पढेपछि

पल्पसा क्याफेको चिठी, कसैले मेरो नाममा, सम्बोधन गरेर, (नगरेपनि) भागे जस्तो लाग्छ,   प्रिय, भूपाल   ..तपाइले मलाई, सुटुक्क चोर्नु भयो, र, आफै, हराउनु भयो !     …आखिर तपाई, हुनुहुन्छ नै को, जो, अर्कालाई थप्पड हानेर, हराउछ ?     .. प्रेम भन्ने, शब्द नै, किन उद्दरण गर्नु भयो, जब तपाई, सच्चा हुन सक्नुहुन्न […]

Tagged with:

साथी

एक-दुई, स-साना, रमाईला कुरामा, अल्झेर, मन रमाइलो पार्दै हिन्छु, मैले बिगत सोच्न छाडिसके | भविष्य सोच्ने, भएको भए, यहाँ हुन्थिन होला ! र त लाग्छा, कहिलेकाही, कोहि नजिक होस्, कोहि बाटो पहिल्याउन, साथी होस् |

Tagged with:

क्या लाइफ छ !

बिहान उठ्नु, मुख धुनु, (कैलेकाही बिर्सिन्छ यो पनि ) नास्ता गर्नु, अफिस जानु, काम गर्नु, घर आउनु, हल्का पल्टिनु, खान खानु, सुत्नु, अनि, फेरी सुरु बाट | क्या लाइफ छ !

Tagged with:

आजकल

आजकल, सम्झना मा जिउदै छु, आशमा, जिउदै छु, ‘उसले देखेको म’, जिउदैछ !

Tagged with:

माया

कुरा, समयमा नै, बुजेको राम्रो, यो, समस्या हैन, त्यसैले, यसको, समाधान भेटिदैन !

Tagged with:

लाचार

म बस, आफैले, अहिलेसम्म, मगजमा हालेका, ‘सोच’हरुबाट पीडित छु ! मलाई, खालि यस्तो गर्नु हुन्न, भन्ने मात्र सोच आइरहेछ, न कि, यस्तो गर्छु भन्ने आँट | म कायर हो, म लाचार हो, आफैले कुँदेर बनाएको, सिलौटामा, आफ्नै जिन्दगी च्याप्ने मुर्ख हो, तै, हिड्नु त पर्छ |

Tagged with:

निद्रा

मलाई आज, निद्रा लागिरहेको छैन, मनका, २-४ तरंगमा, म आफ्नो निद्राको, बेतालले, मजाक उडाईरहेछु, मलाई यस्तो लाग्दैछ कि, मैले सुत्नु पर्दैन, र म सुत्न बनाईएको हैन |

Tagged with:

धोका

आज, मेरो मनले, मलाई नी धोका दियो !

Tagged with:

खेल

निरिह छु, सबेई खेल्छन. तिमि पनि, खेले हुन्छ, खेल्दा खेल्दै, झर्को लागे, भिर बाट, ठेले हुन्छ |

Tagged with:

गजल

आज फेरी, मलाई केहि, लेख्न मन लाग्यो ! गजल भित्र तिमीलाई, देख्न मन लाग्यो

Tagged with:

Australia र nepal

अस्ट्रेलियनहरु हात तान्छन्, नेपालीहरु खुट्टा तान्छन्, जे ताने नि तान्ने नै हो, but, i wonder, at, the differences!

Tagged with:

नेपाली राजनीति (nepali rajniti)

म VAT तिर्छु, मेरो salary बाट कटाएर, ताकी, बिध्युत प्राधिकरणका, कर्मचारीले, उनीहरुको तलब, नकटाई, ठ्याक्क-ठ्याक्क, टाइम मिलाएर, बत्ति काटुन ! थुक्क नेपाली राजनीति ! *** ( फोकटको राजनीतिमा उडाउने पैसा को, कति megawatt बिजुली आउला ? ) ***

Tagged with:

फूल (phul)

म, फूल मन पराउने मान्छे, फूल मा, काँडाको उपस्थिति स्विकार्ने मान्छे, जोगिदै, फूलसंग जिस्किन खोज्ने मान्छे, फूलको शीतको, अनी, कोमल स्पर्सको, भाव बुज्न कोसिस गर्ने मान्छे, फूलको लागि, गमला किन्ने मान्छे, नमरोस नझरोस भन्दै, पानी हाल्ने मान्छे, त्यो, मैले रोपेको फूल भनेर, गर्व गर्ने मान्छे !

Tagged with:

मजा (maja)

ठप्प अडिएर, एउटा कुनामा, मन टोलाउदा, अनौठो, मजा आउने !

Tagged with:

मनशा (manasha)

यहाँ लेख्नेलाई नि, फुर्सद छैन, पढ्नेलाई नी ! म पढ्न रुचाउने मान्छे, न कविता लेख्न जानें, न त कथा, गजल भन्योकी, कसैका आँखाको गाजल सम्झिन्छ | नाटक हेर्ने पो त, गर्ने पो त, मैले गीत गाये के के हुनी हो, यत्ति हो, मलाई आउँने, मन मनै, कहिले नशामा,  यादको, साथको, अनि, चाहतको ! अनि कहिले, […]

Tagged with:

प्रेरणा (prerana)

साथ भने नि, प्रेरणा भने नि, motivation भने नि, inspiration भने नि, support भने नि, जे जे भने नि, चाहिँदो रैछ, जिन्दगीमा, जोशिला छिन, कति पो हुन्छन् र ?

Tagged with:

कम्प्युटर इन्जिनियर (computer engineer)

कम्प्युटर इन्जिनियर भयो रे, छोरो, यो पछाडिको, ’इन्जिनियर’ भन्ने, शब्द सायद, मन परे होला | के था ? नेपालमा सफ्टवेयर, बाँदरलाई नरिओल! भविष्य छैन !

Tagged with:

गर्मि (garmi)

पानी, परे नि, हुन्थ्यो, नि

Tagged with:

मोरी (mori)

हामी वारीबाट, ऊ पारिबाट, आँखा त जसको नि, जुध्छ नि, मुसुक्क हास्दै गई, मोरी!

Tagged with:

fishville

एउटा aquarium, किन्ने सोचेथें, बैनीले गाली गर्थी, आफ्नो त हालत येस्तो छ, माछा कसरि पाल्चस? येसो घुम्दै जांदा, Fishville भेटियो, ९ ओटा tank छ, दिनमा ३६० ओटा माछा, खान दिएन भन्दै, गाली गर्छन होला ! बेच्दिन्छु अनि थाहा पाउछन्

Tagged with:

twitter – facebook (ट्विटर फेसबुक)

किन किन, Twitter मा आउने मजा, facebook मा, भेटिन मलाई, follow गर्ने कि ?

Tagged with:

VR

हिन्दै थिएँ, आजकल हिड्ने भाछु, संगत न हो, ज्यानमा, जोश छउन्जेल, हिनुम न अचानक, पछिबाट, घोडा आएजस्तो लाग्यो, येसो हेरेको, silencer निकालेको, VR पो रैछ, गधाहरु!

Tagged with:

सोच – soch

अनौठोसँग, सोचहरु, घच्घच्याउछन्, त्यसैले त लाग्छ, अझै केहि गर्न, सकिन्छ कि ?

Tagged with:

मुसो – muso

आजकल मुसाहरुले, आलु खादैनन, मेरो computer को, तार काट्छन, सत्यानास होस् !

Tagged with:

मौसम – mausam

थोपा – थोपा पानी, wind chimes को, टिंगडिंग -  टिंगडिंग, सरर चलेको, मन सितलो पर्ने, बतास, अनि, केही मीठा यादमा, निदाउन खोजीरहेको, म, वा!हा! क्या मौसम छ!

Tagged with:

पढेको र परेको मान्छे – padeko ra pareko manchhe

पढेको र परेको, मा, दोस्रो, आत्मीय मान्छु, पहिलो, एकोहोरो हुन्छ रे, उसको कान हुदैन रे, अरुको सुन्दैन रे ..

Tagged with:

बिर्सन खोज्दै छु – birsana khojdai chhu

होश गुमाएर, कसैलाई, माया गर्छु भनेको पीडा, अहिले, होशमा हुँदा, असह्य भयो! गल्ती, जानी – जानी, कसले पो गर्ला र, सायद, भूल गर्नुको मजा नै, यहि हो कि ?

Tagged with:

सोच – soch

मैले, सोच्न छाडेको, धेरै भैसक्यो, तै, सोच बोक्नेहरु, अनि बाँड्नेहरु, मलाई, राम्रो लाग्छन ! आत्मीय लाग्छन !

Tagged with:

विश्वास – bishwas

विश्वास भन्ने, शब्द र भाव, मा नै, बिश्वास लाग्न, छाडिसक्यो !

Tagged with:

साथी – saathi

मेरा, १० जना साथीले, पालै पालो, तैले मान्छे चिन्दैनस्, भनिरहे, म सुन्दै गए, १० जनाले, १० सै जनालाई, चिनाए, म अझै पनी सुनिरक्छु

Tagged with:

आजकल – aajkal

अचानक, पर बाट, कसैले बोलायो कि, झैँ, मानें, हैन रैछ! म आजकल, टोलाउने भा छु, यस्तै!

Tagged with:

धोका – dhoka

म पीडा, सहन सक्छु, धोका अहँ! धोकामा पीडा त हुन्छ, तर पोल्ने खालको, नरुवाउने!

Tagged with:

यताउता – yeta uta

यता र उता, हिन्दा-हिन्दै, कता न कताको, यता न उताको, भइएछ!

Tagged with:

जिन्दगी – jindagi

जिन्दगीका, स-साना कुरामा, अल्झेर के गर्नु ? भविष्य बन्ला र ?

Tagged with:

maya – माया

एकपल्ट, माया अनुभव गरेको, यो मनले, देखावटीपन, चाडै चिन्छ, र त लाग्छ, अब फेरी त्यो, अनुभव हुन्न कि ..

Tagged with:

kahile kahi man ka kura

कहिले काही,मनका कुरा,हाम्लाई पनी भन ।ढुङ्गा जस्तो हैन होला,हाम्रो पनी मन,जिन्दगानी के छ र यार !

Tagged with:

परिवर्तन

समयले,मसँग,परिवर्तन माग्दै छ,जाबो,त्यती पनी,नदिउ त म?

Tagged with:

तिमी

तिमी, हावा संग बोल्छौ, बरु चरा संग बोलौली, की खोला संग बोलौली,  मसंग! अहँ.. म चराले बोलेको बुज्दिन

Tagged with:

खै

खै,  के भनम, के सोधम, के गरम, नगरे नी, सुख छैन, गरेनी सुख छैन !

Tagged with:

आँशु

Tagged with:

कविता

तिमी नलेखमनलाई लेख्न देऊजे लेखिनेछ तिम्रो कविता हुनेछतिम्रो साहित्य हुनेछतिम्रो दर्शन बन्ने छ । 

Tagged with:

तिमी बिना

तिमी संग, लाडीने, म, आजकाल, तिमी बिना,  तिम्रो यादमा, शब्द-शब्द संग, लडिबुडी खेल्छु !

Tagged with:

दुइटा मन

जोले जे भनोस,  मान्छेको, दुइटा मन हुन्छ, एउटाले पत्याउछ, अर्कोले मान्दैन, होनी, हैन र?

Tagged with:

i felt

today, i felt, her heart, in my lips! (manasha by Bimal acharya)

Tagged with:

it hurts

you have a heart, you know? that is why it hurts…

Tagged with:

लाज

म जब तिम्रो सर्वश्वो हेर्छु लाज त तिमीले मान्नुपर्ने ! तर, म नै आफैं आँखा लुकाउदैछु ! तिमी कि म, को-ले ? त्यस्तो, जस्तो गरियो गर्न हुन्नथ्यो ? कि गरेको मिलेन र ?

Tagged with:

अलिकता वाइन

अलिकता वाइन, थोरै याद, आत्मिय साथ, खोज्ने मा, म नि पर्छु ।

Tagged with:

सानो कोशीस

कसैको मन मा, को पस्न सक्छ र ? सानो कोशीस गर्ने न हो, बुझ्न लाई!

Tagged with:

रुवाउने कुरा

मैले चाहेर भएन, मेरो ईच्छा बिनै, कैयन कुराहरु, मलाई रुवाउछन! किन ?

Tagged with:

कुरा

केही कुरा, त्यस्ता नि हुन्छन, जो, नभनेकै ठीक! नोसोधेकै ठीक!

Tagged with:

विश्वाश

विश्वाश भन्ने कुरो, नखोज्नु! गर्नु!

Tagged with:

बिगत

आज एकै छिन, रुन मन लाग्यो, बिगतलाई, धुन मन लाग्यो!

Tagged with:

कोही होस्

थोरै हास्न जान्ने,अनी,अली अली बाँच्न जान्ने,थोरै गफ हान्ने, तर,टन्न गफ जान्ने, कैलेकाही भनेको मान्ने, कैलेकाही साच्न,अनी, थोरै नाच्न जान्ने, अली अली सबैले मान्ने, अनी कैलेकाही मलाई छान्ने,कोही होस्!म यतै छु ।

Tagged with:

सबै मस्त छन

बिवसता अनी लाचारी,जो सँग छ,तै! सबै आआफ्नै तालमा, मस्त छन।म पनि!

Tagged with:

सँगै हुने कैले?

कुनै नौलो,कुरो भएन!ऐजन,ऐजन,कैले म मात्र, कैले उ मात्र,सँगै हुने कैले?खै?

Tagged with:

कसैका नयन सम्झिरहेँ म

एउटा गीत, सुन्दै थिएँ, नयनका, गाजलका अनि, काजलका,कुरा भए । बाँसुरी अनि, मादलका,कुरा भए । मीठो आफ्नोपन, मिलेथ्यो । कसैका नयन, सम्झिरहेँ म, त्यो पल ।

Tagged with:

मलाई गरम गरम लागीरहेछ

बैशाख, जेठ, लाग्न, अझै, टन्नै, छ । तै, मलाई, गरम, गरम, लागीरहेछ ।

Tagged with:

पहिले-पहिले बत्ति बल्थ्यो

पहिले-पहिले, बत्ति,बल्थ्यो । आजकल, बत्ति,जान्छ ।

Tagged with:

समाजको बोली गोली

म, तिमी माथी, नभएर, हामी माथी, छ यो समाज! त्यसैले, समाजको, बोली, गोली हुन्छ रे ।

Tagged with:

ब्याट्री

म भित्र, एउटा सानो, ब्याट्री छ रे, घडि छ रे, जहिले सम्म चल्छ, म चल्छु रे! ब्याट्री सकिएपछि, हजुरबुवा, लिन आउनुहुन्छ रे, होला र? खै, टीक-टीक, आवजै आउन्न ।

Tagged with:

सुत्न त जीन्दगी छ नी

बैसको, बेला, नऊठे, कहिले, ऊठ्ने त? सुत्न त, जीन्दगी छ नी ।

Tagged with:

म थाकिसकेँ

अनौठो, अँगालोमा, मेरो काँध, बिस्तारै, अढ्याएर, म, लामो, सुस्केरा, हाल्न, चान्छु । म, थाकिसकेँ ।

Tagged with:

जादू

एउटा, सँगीतमा हुने जादू,र एउटा, तरुनीमा हुने जादू, दुबै जादू, तर, फरक जादू ।

Tagged with:

रमाइलो याद

सानोमा, सरले, कानको, लोती, तानेर, झापड, हानेको, सम्झाना, अहिले, रमाइलो, याद बनेको छ ।

Tagged with:

कसलाई, फुर्सद

बस, केही, सानो कुरो, बोल्ने इच्छा, छ । तर के गर्नु, कसलाई, फुर्सद, सुनिदिन !

Tagged with:

इच्छा शक्ति बिदामा छ

इच्छा शक्ति, उसको जस्तै, मेरो पनी, छ, थियो । हाललाई, परिस्थितिवस, बिदामा छ ।

Tagged with:

विगत

विगत, सम्झनु, डुब्नु, हुन्न । थाछ । तै, त्यसको, अफ्नै मजा छ ।

Tagged with:

साथीको खोजीमा

नमीठा कुरा सुन्दा, मन नमीठो भयो ! मीठा कुराले, मन गुलियो भयो, सँधै, गुलिया, कुराहरू गर्दे, मन मीठो पार्दै, बस्ने, एउटा साथीको, खोजीमा छु ।

Tagged with:

मन पर्ने रँग

नीलो रँगमा, शान्ती, अनि, हरियो रँगमा, समायोजनको, आशा, पलाउँछ भन्छन ।खै, भएन! मन पर्ने रँग, change गर्ने, सोच्दैछु ।

Tagged with:

नेपाल बेचिदिउँन

चौबिश घन्टा, उज्यालो, रोगी अहँ, सररको बाटो, नयाँ सोच, पलाउने, माहोल, केही गरौ भन्ने मनहरू! यस्तो होला की, नेपाल बेचिदिउँन ।

Tagged with:

timi nabhaye jindagani kada sari chha

timra nayen,susta susta,ma maa parun.timra sara,dukhaka aasu,bistarei bistarei,mero kaadh ma,jharun.timra sukhaka,palharu,sustari sustari,ma maa sarun,bistarei bistarei,man6eharu,hamro saathko,halla garun.basjindagi k chha ra,timi chhau,ra ta ma 6u,timi nabhaye,jindagani kada sari6,feri pani mero kunei gunaso chhaina…

Tagged with:

Hamro bhet hunchha are

Purano kura samjhida pani,Mann tesei runchha are,Sapana pani kasto dekhe,Hamro bhet hunchha are.

Tagged with:

मन

उसले,मेरो,आँखामा,हेरी नसक्दा,मैले,उसको,मनपो,हेर्न,पुगेछु ।मोरी ।

Tagged with:

जिन्दगी

ती,मस्त-मस्त,मस्किने,हिँडाईहरू,मजाले,हल्लिने,हल्लाईहरू,अनि,सनक्क,सन्किने,आँखाहरू,बस,जिन्दगी,रमाईलो,बनिदिन्छ ।

Tagged with:

प्रश्न

प्रश्न,अरुसँग सोध्नु,उत्तर,आफ्नो,राख्नु,remix,गर्नु,म:म,चटनीसँग,खानु ।

Tagged with:

माया

पालो-पालो,एक पछि अर्को,सबै सँग,नजिकिनु,समयको,खेल, रहेछ! तर,सधैँ,एकैजनासँगको,साथ,अनि,आत्मियतामा,रम्नु,‘साहस’,र,‘माया’,रहेछ ।

Tagged with:

मान्छे

आफैँलाई,प्रश्न,सोध्ने,अनि,आफैले,उत्तर दिने!यस्तो मान्छे,बोल्नु नै,किन,हँ?

Tagged with:

किन?

कोही,मसँग हुदैनन,कोही,मसँग हुन्छन,किन?

Tagged with:

रे

जीवन,आफैँ भित्र,हुन्छ,रे !माया,निहीत हुन्छ,रे!आकर्षण,भ्रम हो,रे!सबै,रे,हुन ।

Tagged with:

व्यावहारीक

व्यावहारीक,स्पष्टता,जसले,मन पराउँछ ।तर,कती,नै,छन,र,जो,स्पष्ट,छन ।

Tagged with:

मन

कसैले,केही भन्दा,मन रूनु,अनि,कसैले,केही नभन्दा,मन रूनु,दूई,फरक,कुरा रहेछन ।

Tagged with:

जिन्दगी

आफै,सम्हालिने कुरा,प्रक्रितिका हुन,जिन्दगी,मान्छेको,पो,त।

Tagged with:

जिन्दगी

आकाश खाली होला,मन खाली होला,रिक्तता भरिएला,तिक्तता भरिएला,जिन्दगी,चलिरह्न्छ,हार मान्नुलाई,बुझाई होईन,कायरता भन्छु म ।

Tagged with:

फूल

फूलको,मायालु,आत्मियता,अनि,मायालु साथमा,हुने,रोमान्चकता,एउटै,लाग्छन ।एउटा,बस् हेर्न मन लाग्छ,अर्कोलाई चुम्न ।

Tagged with:

जिन्दगी

चारैतिर,धुम्म,बादलले,घेरेको बेला,पानी पर्ला,भन्न,मलाइ पनी,आउँछ,तर,तिम्रो,चेहराको,कालो,निलो,बादलको,भविष्यवाणी,गर्न नसकेर,मैले,आफ्नो,जिन्दगी,बिगारेँ ।बिगार्दै छु ।

Tagged with:

जीवन

एक लक्ष्य,एक जीवन !र,मैले,जिन्दगी,जिउने,निर्णय गरेँ ।

Tagged with:

जून

औँशीको,रातमा,पनि,मानौँ,जून,देखिँदो हो त,सायद,जूनको,त्यति,महत्त्व,हुन्थेन कि ?

Tagged with:

उमेर

उठेको,उर्लेको,समुन्द्रको छाल,सम्याउन,गारो पर्ला,तर,धेरै कुरा,आफैँ उठ्दै,आफैँ फैलिदै,आफैँ सम्हालिदै गर्छन,यो,कसैको दोष हो,वा,उमेर !

Tagged with:

किन ?

मैले,सुनाएको,उसले,बुझेन,तर,बुझिन,भनेर,उसले,भनेन!किन ?

Tagged with:

हाम्रोमा

हाम्रोमा,सहनेहरू,सहनशीलता बडाउँछन,गर्नेहरु,शोषणशीलता बडाउँछन,जब-जब,अन्याए, र,अत्त्याचारले,सीमा नाघ्छ,तब-तब,के हुन्छ,थाहा छ?केहि हुन्न,बरू,माटो बोल्छ,फिल्ममा ।

Tagged with:

सपना

मैले,ऊ,हिनिरहेको,बेला,उसलाई,मोहनी,लाएर,मसँग,बोलाएर,के-के,गरेको,सपना,देखेथेँ ।

Tagged with:

याद

नमीठो,यादमा,म,तड्पेथेँ,सायद,त्यसैले,तिम्रो,मीठास,खल्लो,भएको ।

Tagged with:

जीन्दगी

अनायासको,संसर्गले,जीन्दगी,बदल्ला र ?

Tagged with:

शब्दहरु

साँच्चि,शब्दहरु,थोरै,छन,तिम्रो,बयान,गर्न त,पुग्दैनन !

Tagged with:

म आफू नै

सारा,विश्वलाई,मगमग,बास्ना,छर्छु,भन्ने,म,आफू,नै,गनाएँ ।

Tagged with:

मन कैले पर्छ

कैले,पानी पर्छ,कैले,हावा पर्छ,सब चिज,परेको परै,छन,साला,यो,मन,कैले,पर्छ हँ ?

Tagged with:

चारैतिर हावाहुरी चल्दा

चारैतिर हावाहुरी चल्दा सब दौडिन थाले ! म, आफ्नै गतिमा हेर्दै हिनेको थिएँ !

Tagged with:

हावा हुरी,र,तुफान,जसरी,एकैपटकमा,बिग्रेको,चाँहि,होईन, ल !

Tagged with:

उसले आफ्ना ओठ र नङ टोक्दा

विवश भएर,बेला,बेला,उसले,आफ्ना,ओठ र,नङ,टोक्दा,म,हेरि मात्र,रहन्छु ।मैले,के गर्नु पर्थ्यो,कुन्नि?

Tagged with:

म चाहन्छु

म,चाहन्छु,त्यसपछीको,पनि,गर्छु,तर,एक्लै ।

Tagged with:

त्यसले केही गर्ली ?

आँफू,के गर्नु छ,र,के गर्दैछु,था-छैन,भने,त्यसले,केही,गर्ली?

Tagged with:

मतलबै नभएपछि

आफूले,बोलेको,र,गरेको,मतलबै,नभएपछि,बोल्न,र,गर्न,जे बोले,र,जसो गरे,पनि,हुन्छ ।हो ?कि,हुन्न ?

Tagged with:

सिसीमा जीन्दगी

जीन्दगी सालासिसीमाबन्द गरेरपिउन मिल्ने भए !

Tagged with:

थोरै अझ तलका

कसै कसैका,आँखा,त्यसको,तलका,अल्लि तलका,अनि,थोरै अझ तलका,अनि,धेरै तलका,नशाझैँ,लठ्याउने,हुन्छन,कसम ।

Tagged with:

पल पल

शब्द-शब्दमा,रमाउन,खोज्छु !थोपा,थोपामा,पनि,रमाइलो,मान्छु ।पल,पल ।

Tagged with:

तीनवटा

एउटा,अनगिन्ती,चाहनाको,पोको,थपेर,तीनवटा,झुन्ड्याएर,हिड्न,मन,लाग्छ ।

Tagged with:

हेर्न जाने सब देखिन्छ

सन्सारमा,हेर्न जाने,सब देखिन्छ,गर्न जाने,सब गरिन्छ ।नजाने,मैले,केही गर्न सक्छु र ?

Tagged with:

पाँच रुपिँयाको माया

मलाई,पाँच रुपिँयाको,माया,र,दुई रुपिँयाको,अनुशासन,किनेर,ल्याईदिन्छ्यौ ?

Tagged with:

मलाइ गर्न मन लग्दैन ।

अनौठा,रमझमका,कुराहरु सुनेर,मष्तिस्क,कुतकुतीए पनि, मन,भूतभूतिए पनि,मलाई आफ्नो,मुख च्यात्ने,जाँगर चल्दैन,अनायासै,मुस्काउन,मन लाग्दैन,मलाइ,धेरै कुराहरु,मन पर्न,छाडिसके !मलाइ गर्न,मन लग्दैन ।

Tagged with:

जीवनको जी हरायो

जीवनको,जी,हराएर,बाँकी रहेको,वन,बनेको,छ,त्यो ।

Tagged with:

एउटीको अगाडी म बोलिन।

मलाई देखेर,सुन्न,चाहने,एउटीको,अगाडी,म बोलिन।केहि,बिगारेँ र ?

Tagged with:

सँधै भरि बाँच्न

सँधै भरि,बाँच्न,मर्न हुन्न!त्यो,मिल्दैन,होइन र ?

Tagged with:

साथी बन्ने रे

साथी बन्ने रे,मेरो,मसँग,रमाइलो,लाग्छ रे,मलाई,विश्वास,लाग्दैन,त्यो कुरा ।

Tagged with:

मेरो सपना कसरी पूरा होला

म,एउटा,ठूलो,सपना,दे्ख्छु,बिउझन्छु,त्यो सपना,पूरा गर्न,फेरी,निदाउने,प्रयास गर्छु,तर,निद्रै लाग्दैन ।के गरू म ?मेरो सपना,कसरी,पूरा होला !

Tagged with:

पानिमा भिजेकी उ

झम-झम,पानिमा भिजेकी,उनलाई,हेरेर,ओतमा,बसेको,म,पुरै,भिजेँ।

Tagged with:

मैले सुन्दिन भनेपनि

मैले चाहे,हेर्दिन,भन्न सक्छु,तर किन,सुन्दिन,भनेपनि,कान,आँखा जसरि,बन्द हुन्न ?

Tagged with:

मान्छे भन्दा पाको मन

मान्छेभन्दा,मन,पाको भएछ,त्यसैले,नगर्ने- नगर्ने,गर्न मन लाग्छ,र,मैले मनको अघि,हार,स्विकार्नै पर्छ ।

Tagged with:

सांझ परेपछी

सांझ परेपछी,रात पर्छ रे,रात परेपछी,निदाईन्छ रे,त्यस्तो हुन्छ र?खै,मैले,याद गरेको,छैन ।

Tagged with:

आजकाल

आफ्नाको,आफ्नू,माया,आफैलाई मात्र,हुदोँ रहेछ,सायद ।आजकाल ।

Tagged with:

संसारमा जो जसरी पनी बाँचेका छन भने

संसारमा,जो,जस्ता पनी,जसरी पनी,बाँचेका छन। हैन!बाँच्न पर्ला जस्तो छ ।म पनी ।यी,एस्तै गरी,हल्लेर,हल्लाएर ।

Tagged with:

मैले भनेको हुने भए

मैले भनेको,हुने भए,यो संसारमा,केही पनी,हुने,थिएन ।

Tagged with:

म झूल टाँगेर नसुतेको भए

म कोठामा,झूल टाँगेर,आफूलाई,प्रकृतिबाट,बाँधेर,नसुतेको भए,आजसम्म,ब्रमान्डका,तारा,गनेर भ्याउथेँ ।

Tagged with:

हेरेर रमाएर हुँदैन

आँखा चिम्लेर,मजाले,आफ्नो सुरमा,रमाए जस्तो, आँखा खोलेर, हेरेर,रमाएर,हुँदैन ।पुग्दैन ।

Tagged with:

म बेहोसी चाहन्थेँ

म अनकन्टारको,उदासीपन,र,बेहोसी,चाहन्थेँ,त्यसैले,तिमीलाई स्विकारेँ,थेँ,भन्न मन लग्छ ऐले ।

Tagged with:

बष्त्र र आभूषण तिमीले उतार्दा

आफ्ना,एक-एक,बष्त्र र आभूषण,तिमीले उतार्दा,म,बस- हेरिरहेँ,मात्र हेरिरहेँ,अरू केहि गरिन,हेर्नु मा बिलिन भएँ,म समाधिस्त भएँ । तर,म आफ्ना,बष्त्र-बष्त्र,त्यती बिस्तार,बिस्तार,अझै,बिस्तारै,झिक्दै छु,तिमी किन निदाएको?

Tagged with:

कि गरेको मिलेन र ?

म;जब तिम्रो सर्वश्वो हेर्छु,लाज त तिमीले मान्नुपर्ने,तर,म नै,आफैं,आँखा लुकाउदैछु । तिमी;कि म?को-ले,त्यस्तो,जस्तो गरियो,गर्न हुन्नथ्यो?कि गरेको मिलेन र ?

Tagged with:

तिमीलाई फनन्न घुमाएर,

समातेर तिमीलाई,फनन्न घुमाएर,फेरी घुमाउछु,अनि,समाउछुँ,भन्थें!हेर्न नपाउदै,आफैं,घुमिसकेँ ।

Tagged with:

आज सुतम न ल

म थाकेको;देख्दिनौ;सारै भाछ,आज,सुतम न ल ।

Tagged with:

मैले छोए पोल्छ वा त्यस्तै केहि हुन्छ

मैले लेखे,लेखिन्छ,मैले बोले,सुनिन्छ,मैले छोए,पोल्छ वात्यस्तै केहि हुन्छ,मैले ताने,सास आउँछ,मैले छाडे,जान्छ । मलाइ,यस्तै कुरा मन पर्छन,मैले बोलेर पनी,नसुनिने,वा,बर्षौ पछि सुनिने,लेखेर पनी नदेखिने,वा,बर्षौमा देखिने,अहँ,यस्तो मन पर्दैन ।

Tagged with:

राँके भूत

राँके भूत भनेर तर्सौथे,नभए-नभएको छ भन्थे,खान्छ,जिउँदै खान्छ,भन्थे,राजा भनेर तर्साएको भए,सायद,कुनै दिन त डर भाग्थ्यो!त्यो राँके भूत;छ कि?कि, छैन पो कि ?

Tagged with:

मन पोलेकोले

प्रसंग बदलिन,बेर लाग्दैन,तर क्षणिकमा,धेरै प्रसंग बदल्नु,मन पोलेकोले मात्र,गर्न जानेको हुन्छ,म जस्तो ले ।

Tagged with:

रुनेहरु मलाइ, मन पर्दैनन

रुनेहरु मलाइ,मन पर्दैनन;किन थाह छ?एक्लै रुन्छन,मसँग आउनु नी!सँगै जात्रा देखाउनु हुन्थ्यो ।

Tagged with:

किन रुन्छेउ तिमी?

किन रुन्छेउ तिमी?मेरो लागी?जब म आफैप्रति बफदार हुन सकिन!त्यसैले,तिम्रो ह्रिदयको,मतलबै नगरी,म कुर्लन सक्छु,म त्यसमा एकतमासको ढोङ्ग देख्छु!!!र मलाई स्वाङ पार्नेहरु,मन पर्दैनन,तिमीलाई पर्न सक्लान,त्यो मेरो चिन्ताको बिषयरहेन ।

Tagged with:

मन त निधार जसरी देखिन्न नि

मैले कहिल्यै रून्छु भनिन,तर म कहिल्यै हाँसिन,मैले कसैलाई कहिल्यै गाली गरिन,तर आफू कहिल्यै सम्झाइईन,मैले कसैलाई कहिल्यै दु:ख दिइनतर अफू कहिल्यै सुखी भईन,मैले कसैलाई कहिल्यै नराम्रो गर्न चाहिन,तर आफू कहिल्यै राम्रो गरिइन! अकस्मात,अचानक,कसैले,राम्रो बोल्दा,सुख दिँदा,दु:ख दिँदा,पिट्दा,नपिट्दा,बोल्दा,नबोल्दा,रुँदा,रुँवाउदा, त्यसैले,मलाई केही जस्तै लाग्दैन,छाडिसक्यो, तर पनी मलाइ,सबैले,बाँचेको छ भन्छन,आँटेको छ भन्छन,साँचेको छ भन्छन,यस्ले केही गर्छ भन्छन,सायद – मेरो निधारमा त्यस्तो […]

Tagged with:

गल्ती

टोलाएर,बोलाएर,लोलाएर,कोही,केही र कसैको,याद,चाह,अनी,सपनामा,हराउनु,हाँस्नु,हँसाउनु,हुँदो रहेनछ।गल्ती गरेँ!

Tagged with:

मेरो आँशु पोखिदैन

जता हेरे पनी,जो सँग रहे पनी,जे गरे पनी,किन,समय रोकिँदैन?म रुन्छु, पल-पल,प्रत्येक क्षण रोईरहन्छु,तै,किन,मेरो आँशु पोखिदैन?किन ?

Tagged with:

मन हराए पछि

आकाश फुटाएर,धर्ती टुटाएर,आफैलाई लुटाएर,मन-मनै कुटाएर, धेरै कुराहरु,धेरै सपनाहरु,धेरै चाहनाहरु,धेरै ईच्छाहरु,धेरै कामनाहरु,म धुलो पार्छु। अनि,रोटि बनाएर खान खोज्छु, तर,नत मुछेको मिल्छ,नत बेलेको मिल्छ,न त रापेको मिल्छ,नत तापेको मिल्छ, अहँ रत्ती मिल्दैन,मेरो चल्दैन,मेरो केही गल्दैन, तर पनी त्यसले पिरोल्दैन,सायद,पिरोल्न त,पगाल्न त,हँसाउन त,रुवाउंन त,मन चाहिन्थ्यो होला,त्यसैले,त्यस्तो भएको ।

Tagged with:

कुरा भन्दा काम गरेको राम्रो

सधैं-सधैं हाँस्न खोज्नु,सधैं-सधैं नाँच्न खोज्नु,अनि सधैं-सधैं बाँच्न खोज्नु,जिन्दगीमा मैले यही मत्र गरें,अरू केही गरिन,अहँ केही गरिन, डलेको सिन्को पनी ऊठाईन, मेरो गल्ति त्यही थियो,मैले सबै गरें भनें,भनें मात्र,गरिन,था छ के पाएँ,अहँ केही पाईन ।

Tagged with:

वैध्य बा

भविष्य,शब्द सुन्दा,भूतले तर्साए,जस्तो लाग्छ,फुक्न जान्छु सातो,वैध्य बाले फुकेर उडाईदिन्छन,एक क्षण – त्यस क्षण,सब शान्त हुन्छु,तर लाग्छ,जुन उनले उडाईदिए,त्यो उडेछ,तर त्यो भन्द ठूलो भविष्य,फुक्न जाँदाको क्षण उडेछ !

Tagged with:

हाँसेको राम्रो

विवस भएर,पल-पल,पीडामा,रम्नु भन्दा त;पागल भएर,पल-पल,ब्यर्थैमा,हाँस्नु,राम्रो नि;होइन र?

Tagged with:

लामा

संसारमा,लामा,गाेला,कुराहरू,अरू पनि छन् ।

Tagged with:

Mitho ris

Ris panityo kam naglagneghagadako pokatyoris panimitho lag6mitho hun6mayale risaunajannu par6mitho risaunajannu par6

Tagged with:

malai maf gara

malai maf gara

Tagged with:

Sometimes…

Sometimesu hold da love4 me ndsometimesi hold da luv 4 methere rthousand timesi miss ubut one timei get ui wish u be with mei wish u b with me

Tagged with:

Nidra

thorei,alikati,etti,bhanda,alli badi,ramrosanga,sutoko,ramro!

Tagged with:

Nidra ra kt

Raat aja,parthyo,bihana parsi!kati sutiyo,lekha rahena,sano chhada! kaile kahi,yesto hun6,testo hun6,kasto hun6,vane,tehi,purana din,samjhera,ma,nidra ma,dubna khoj6u,paile jasto,aile rahena,nidra lagne,kaile vayena, kt samjinu,hunna rai6a!..x..

Tagged with:

Raat

Jaat,paat,maat,haat,laat,saath,sabei,ghumi rahe,feri ghume,pratikshya ma,teseiko,raat ko,ho!😡

Tagged with:

Mero mann

Sabei khojchhan,maya,sabei bujchhan,chhaya,sabei garchhan,daya-baya,bujdeina,gardeina, mandina,mero yo,mann,😉

Tagged with:

Samarpan

Kehi chaha,kehi aas,katei saath,katai haat,thorei biswas,itti saas,paye,jindagi,unko naam,samarpan!

Tagged with:

I felt love

Just an eye,i smiled,she replied,i felt acceptance,just a word,hi she said,yea! I said,i felt interest,just a call,whisper i made,giggle she gave,i felt charm,just a aideu,she uttered,bbye! i shyed,i felt left,just a touch,her lips my lips,she cried,i felt care,just a wish,cud share ma lif,she shared,i felt dare. Just a fren,i been of her,she felt,i felt,we felt,love!

Tagged with:

Nilo aakas

Aakha aakas tira,maathi farkayera,dherei para herda,seto badal le lattha pareko,ani,nilo aakasle jhulayeko,pal,ma kasaiko,yaad gariraheko hun6u

Tagged with:

Logne Manchhe

Tagged with:

साथी

नमीठा कुरा सुन्दा मन नमीठो भयो । मीठा कुराले मन गुलियो भयो । सँधै, गुलिया कुराहरू गर्दे मन मीठो पार्दै बस्ने एउटा साथीको खोजीमा छु ।

Tagged with:

बादल

चारैतिर धुम्म बादलले घेरेको बेला पानी पर्ला भन्न मलाइ पनी आउँछ । तर, तिम्रो चेहराको कालो निलो बादलको भविष्यवाणी गर्न नसकेर मैले, आफ्नो जिन्दगी बिगारेँ । बिगार्दै छु !

Tagged with:

लामो कुराकानी

कस्तो, कति  किन, कसरी  के, को, कुन  कसलाई, कसले  कहाँ, केमा  कसको, कसकी  कहिले, कतिखेर ! यी शब्दहरुलाई  प्रसंगबस मिलाएर  केहि भावको आश गरि  फ्याकिएको बोलीले  कुराकानी लम्ब्याउछ।  तर मलाई, बोल्न मन छैन !

Tagged with:

कुरा र प्रश्न

कुनै बोलीमा उत्तरको अपेक्षा  छैन भने  त्यो प्रश्न हैन ! त्यो बर्तालापको  निरन्तरता सम्भब छैन नगर्नु !  

Tagged with:

आकाशको रंग

के भएर हो खै  भुइँको रंग  अनि आकाशको रंग अर्कै देखिन्छ निलो, साटिलो देखिन्न ! हेराई हो वा कृतिमता !

Tagged with:

मनशा

केहि लेख्न नजान्ने म  भौंतारिदै  शब्द-शब्दहरुमा  मनशा  लेख्छु !

Tagged with:

मनशा

एउटा भाव  दुइटा भाव  हजारौं भाव  खाँदेर लेखेको  एउटा वाक्यलाई  टुक्रा-टुक्रा पार्दा मनशा बनेको थियो  बन्छ !

Tagged with:

आजकल खाली खुट्टा हिड्न मन लाग्छ

आजकल मलाई पाइन्ट हातले माथि सारेर सिमसिम पानीले भिझेको हरियो घाँसले भरिएको चौरमा खाली खुट्टा बिस्तारै बिस्तारै  हिड्न मन लाग्छ। 

Tagged with:

फूल

फूलको मायालु आत्मियता अनि मायालु साथमा हुने रोमान्चकता एउटै लाग्छन । एउटा बस् हेर्न मन लाग्छ अर्कोलाई चुम्न !

Tagged with:

झूल

म कोठामा झूल टाँगेर आफूलाई प्रकृतिबाट बाँधेर नसुतेको भए आजसम्म ब्रमान्डका तारा गनेर भ्याउथेँ !

Tagged with: