Bhupal Sapkota Software Consultant Helping founders build
and launch their ideas with code & AI

Bhupal's Newsletter

I send out occassional email with programming resources, summaries of my readings on art, science, and commerce behind technology, my writings on growing an online business etc. Feel free to subscribe, no spam!

Home

चिठी

सन् १९९६ को मे महिना, छिमेकी कृष्ण दाइले कतार बाट पठाएको चिठी मेरो हातमा थमाइयो । मैले आवेग बिहिन समाचार वाचिकाले झैँ खरर पढेर भाउजु र उहाँकी ३ बर्षे छोरीलाई सुनाइदिनु पर्ने । म भर्खर अक्षर चिनेर पढ्न सकने भएको मान्छे । हलहल केहि मेसो लाउन अनि अर्थ्याउन सक्ने । तर त्यो चिठीको भोगाई मेरो भोगाईको परिधि भन्दा बाहिरको कुरो । र त्यो समयको मेरो कर्म एक-अक्षर फरक नपारि पढेर सुनाउनु थियो जुन मेरो स्कूल बाहिर मैले भोगेको जिन्दगीको पहिलो परिक्षा जस्तो मानेथें मैले ।

चिठी पढ्दै गर्दा अनि पढेर सकिन लाग्दाको बीचमा प्रविना की आमाका आँखा रसाएर नारायणीमा भदौको भेल आए जस्तो बरर आँशु खसेको देखेर म हल्का भाबुक भएको मलाई हिजो हो जस्तो लाग्छ । तर त्यो भेलमा आँशु थियो आबाज थिएन ! त्यो मौनता मा शान्ती थियो तर छटपटी थिएन । छोरीलाई चपक्क आँला हालेर म तीर हेर्दा भाउजूका ती आँखा रसीला थिए तर त्यहाँ पीडा थिएन । त्यो अनुहार न्याउरो देखिन्थ्यो तर त्यहाँ हतास थिएन । ती ओठ आधी खुलेका थिए मानौ एक बर्ष सम्म नफेरेर रोकेको शास मन्द पवन झैँ , हिउँ परेझैं गतिमा फुसफुस बाहिर उडाई रहिएको होस् । त्यो दृश्य बढो सरल थियो । त्यो दृश्यमा मैले बिश्वास भेटेको थिएँ । मैले प्रेम भेटेको थिएँ । मैले आशा देखेको थिएँ अनि खुसी देखेको थिएँ । त्यो दृश्यमा दोधार थिएन । छोरी को कपाल मुसार्दै भाउजुले उसका गाला दुईटा हातले हल्का बाहिर बिस्तारै तानेर छाड्दा पुक् गरेर आएको आवाज ले म र प्रवीना गलल हाँसेका थिएम् । र त्यो चिठिको, त्यो कागज़ र ती शब्द र लडबडीएका अक्षरहरुको त्यहाँ केहि माने रहेन । भाउजु छोरी बोकेर आफ्नो घर छिरिंन । मैले खासै केहि सोचेर साँचेको हैन तर मनमा एउटा सानो प्रश्न रह्यो – यो चिठी पढेर त सुनाए तर मैले कती बुझें, के बुझिन ? र तखतामा कुनै एउटा मेरो पुस्तकमा छुस्स छिराइदिएँ ।

त्यसको २ वर्ष जति पछि स्कूलबाट घर फर्किने बेला एउटी सहपाठीले हातमा चिठी थमाईदिई । त्यो मैले पढेर सुनाउनु नपर्ने पहिलो चिठी थियो । मेरो नाममा सम्बोधित प्रेम पत्र । चिठी पढ्ने तर नबुझ्ने काममा अनुभबि मान्छे मैले त्यो पत्रको समर्पण त्यतिखेर बुझिन ! आझ याद मात्र छन् , समय आफ्नो रहेन !

क्याम्पस भर्ना भएको दोश्रो बर्ष। अंग्रेजी पडाउने सरले यसरी भाषा भनेको के हो भनेर छर्लंग बनाइदिए की बल्ल नेपाली भाषा राम्रो सँग बुझ्न र लेख्न सिकियो । शब्द र अर्थमा समय मिसाऊन सिकियो ! बिगतमा खाली रटियो , अनि कैले कालो र निलो मसिले कापीमा केरकार मात्र गरियो । 

मैले लेखेको रैन रे छु । मैले पढेको रैछु तर बुझेको रैन रै छु ! र मैले सम्झिन थाले । अनि बुझ्न थाले चिठिहरु । चिठी भित्रका परिधिहरु, परिस्थिहरु अनी दुरीहरु । चिठी भित्रका आत्मियता र प्रेमहरु । चिठी भित्रका बिश्वास, आशा र सपनाहरु । जानी जानी नादेखाईएका दर्दहरु । नजानी-नजानी केरिएका वासनाहरु । सोचहरु । आशिर्बादहरु । अनि सम्झनाहरु । बाचाहरु । अनुभब र भोगाइहरु । पशुपति नाथ का प्रार्थनाहरु ।

समय न हो चिठिको ठाउँमा एस.एम.एस र इमेल आउन थाले । एस.एम.एस र ईमेलमा संदेश थिए तर भोगाई थिएनन् । खबर थिए तर अनुभब थिएनन । चाह थिए तर समर्पण थिएनन् । यो संचारले दुरी कम भएको हो की बढेको हो बुझ्न सारो थियो । सायद बर्षा त्यसैले बर्षमा एक मौसममा हुने होला । जाड़ो सायद त्यसैले बर्षमा एक मौसममा हुने होला । 

अनी सायद समयले भर्ने होला सृजनामा भोगाइ । सायद त्यो पर्खाइले दिने होला शब्द को वजन । सायद त्यो बिश्वासले भर्ने होला शब्द भित्र भावना । नत्र प्यारी राधिका भनेर मैले सुनाइदिंदा भाउजुका आखाँ किन त्यसरी रसाउथे होला र ?

Category: writings
Tagged with:

Copy & Share

चिठी
https://bhupalsapkota.com/chithi/

Your thoughts? Please leave a comment

Your email address will not be published. Required fields are marked *