Bhupal Sapkota
खेतबारि करेसाबारि गरेर घर चलाउने अनि थाकेको झोकमा लम्पसार परेर फ्वाँ फ्वाँ घुरेर सुत्ने बानी भएका हामी नेपाली । चाइनाका हाते कम्प्युटर ख्याँस ख्याँस पारेर फेसबूकका फोटा हेरेर युटुबका गानामा नाचेर टिकटक चाहारेर कसरी ज्यान थाकोस ? अनि निद्रा एक चुस्की न लगाई कसरी लागोस ? #manasha
गर्ने कुरा खेल्ने कुरा स्वादका कुरा सबै हेर्ने कुरा भए टिभि मोबाईल ईन्टरनेट ! हेरेका कुरा दिमागले बुज्ला शरीरका आबश्यकता कसरी पुगोस् ? आजकल केटाकेटी खेलेको खै? चलेको खै? बालचर्तीकला खै?