Bhupal Sapkota Software Consultant Helping founders build
and launch their ideas with code & AI

Bhupal's Newsletter

I send out occassional email with programming resources, summaries of my readings on art, science, and commerce behind technology, my writings on growing an online business etc. Feel free to subscribe, no spam!

Home

आखिर तैले किन लेख्छस ?

क्याम्पस पढ्दा साथीले आखिर तैले किन लेख्छस भनेर सोधेको प्रश्नको उत्तर अहिले सम्म भेटेको छैन ।

पाँच बर्ष अघि मैले किन लेख्छु भनेर गम्ने जमर्को गरेको थिएँ । आज फेरी उही बिषय बस्तुमा फरक समय, स्थान र फरक प्रसंगमा लेख्ने मेसो मिलेको छ। म समय र परिस्थिति बदलिंदा सोचाई र भोगाई पनि संगसंगै बदलिन्छन भन्ने मान्छे !

लेखक, ऊ आफ्नो एउटा ब्यक्तिगत सोच अनि भोगाईको परिधि भित्र रमिरहेको हुन्छ ।

एउटा व्यक्तिगत सिमाना, आफ्नो परिधि, नितान्त आफ्नो । जुनबेला ऊ नितान्त आफु आफ्नो होस् । ऊ आफूसँग बोलोस् । ऊ आफुलाइ सुनोस । अनि आफु छु भन्ने भोगाइको एकोहोरो मजा लुटोस ।

कोरिएका शब्द अनी तिनमा कुँद्न खोजीएका भोगाई बीचमा यो ब्यक्तिगत परिधिको बिशेस महत्व हुन्छ । शब्द कोर्न फुर्सद जरुरि छ, लगाव जरुरि छ अनी शब्द कुँद्न सोच जरुरि छ !

जमाना कहाँ बाट कहाँ पुग्यो । दशैंमा बा को हातको टिको मान्छेले स्काइप,भाईबर र फेसबुकमाँ लगाए भनेर सुनियो । गूगल ह्यंगआउटमा छिमेकी अस्ट्रेलियन दाईका परिवार र अमेरिका बस्ने भतीजले मिलेर नेपालमा ठुल्दाईलाई भट्याउन लगाएर क्यानडाका फुपुको छोराले इसेवाबाट दक्षिणा अर्पण गरे अरे ।

जहाँ परिधि, परिस्थितको बोध थियो त्यहाँ कुनै एक रमझम साँझ मनाईयो । जहाँ बोध थिएन त्यहाँ यो ढोंग भनियो ।

प्रविधिले यो संसारलाई सेकेन्ड-सेकेन्ड जोडिन सक्ने बनायो । संसारको जुनै कुनाको बार्दलीमा बसेर लेखे नी हरेक कुनामा पढ्न मिल्ने भयो ! संचारका साधन अनेक आए । प्रविधिले बोल्ने, लेख्ने बाटा अनेक बने । प्रकाशनका अनेक माध्यम बने ।

अनी सृजनाको नाममा धेरै अक्षर केरकार गरिए । नेपाली नलेख्ने नेपालीहरुले नेपाली लेख्न थाले !

यहाँ लेख त केरिए तर पाठक भेटिएनन् । बाटा अनेक बने तर बटुवा हराए । लेखक बेफ़ुर्सद बनिदिए । पाठक बेफ़ुर्सद बनिदिए ।

जुन प्रविधिले संचार सजिलो बनायो त्यहि प्रविधिले मान्छेको फुर्सद बाँडिदियो । छीन का छीन लेखेको लेखै, सुनकै सुनै, बोलको बोलै अनि खोजेको खोजै गर्ने प्रबिधिको जंजाल माँ फसेर मान्छे यहाँ न शब्दका पारखी रहे, न धुन का । न रंगका शोखिन आय न ढोंग का । न फुर्सदका।  न गफका, न चौतारिका । न बाघचाल खेले मान्छेले न गुलेली । न हाम्रा गीतमा पीडा छन्, न खुसि !  हाम्रा फिलिममा न कथा छन्, न व्यथा, न समाज न संस्कार ! हाम्रा कलामा न इतिहास छन् न भबिष्य ! हाम्रा पत्रिकामा न पत्रकारिता छन् न यथार्तता ! देश मा न भेष छ, न देशवासी को परिभाषा ! राजनीतिमा न सोच छन् न सपना ! यहाँका मनशामा न सुर छन् न ताल !

सर्जकहरुले कसका लागि सृजना गरुन ? लेख्नेहरुले के का लागि लेखुन ? पढ्नेलाई बुझ्ने फुर्सद रहेन । लेख्नेलाई कुँद्ने फुर्सद रहेन । फुस्रा लेखाई अनी खोस्टा बुझाईले समाज कता जाओस !

अनि सृजना पैसा भयो । पैसा सृजना बन्न सकेन। समय रुपियाँ भयो रुपियाँ फुर्सद बन्न सकेन ।

लेख्नका लागि लेख्नु,

आफ्ना लागि लेख्नु,

समयका लागि लेख्नु 

र पाठकका लागी लेख्नु बिचका भोगाईहरु मैले एक एक गरि भोग्ने मौका पाएको छु ।

धेरै पछि मैले आज एक पाठक भेटेको छु । जसले मेरो सृजना बुझ्ने चासो राखेको छ । जसले मेरा शब्दहरुको अर्थ खोजेको छ । जसले कोसिस गरेको छ २-४ प्रश्न सोध्न । अनि जसले मेरो भोगाई भोग्ने सोच बाँडेको  छ । दुरिमा कहाँ छ, कता छ तर ऊ यो समयमा साथमा छ । मेरा लेखमा छ । मैले त्यो पाठक को लागि लेख्दै छु ।

जसलाई मैले एक कप चिया र गफ दिन सकिन उसलाई मेरा सृजना दिने जमर्को गरेको छु ।

– भूपाल

Category: writings
Tagged with:

Copy & Share

आखिर तैले किन लेख्छस ?
https://bhupalsapkota.com/whywrite/

3 comments

  • Aashubro says:

    मलाई थाहा छैन यो कससँग सम्बन्धित छ, तर यसले मलाई उत्प्रेरित गर्‍यो! यसले मलाई सल्लाहकार जस्तै वास्तवमै प्रेरित गर्‍यो, तपाईंले मलाई सहायता गर्नुभयो। म साच्चै तपाईko कदर गर्छु .. I really appreciate you kaka..

  • TheCoolDev says:

    kaka this is cool

  • Your thoughts? Please leave a comment

    Your email address will not be published. Required fields are marked *