Bhupal Sapkota Software Consultant Helping founders build
and launch their ideas with code & AI

Bhupal's Newsletter

I send out occassional email with programming resources, summaries of my readings on art, science, and commerce behind technology, my writings on growing an online business etc. Feel free to subscribe, no spam!

Home

Umer Le Bujaune Kuraharu

Jiwan ka Mahatwapurna Path haru – Umer le jiwan ka mulya ra prathamikta haru ko kasari paribartan hunchha sabailai sikauchha, bujhauchha.

जीवनका महत्वपूर्ण पाठ: उमेरसँगै मूल्य र प्राथमिकताहरूको परिवर्तन । उमेर अनुसार शिक्षा, सुन्दरता, पद, सम्पत्ति, र पैसाको अर्थ कसरी बदलिन्छ?
यी पाठहरूले तनावमुक्त जीवन जिउने र अहिलेको पललाई मूल्यवान् मान्न प्रेरित गर्छन्।

कुरो बुझिराखौ है।

१) ४० बर्षको हुँदा धेरै पढेको र नपढेको बीच खासै फरक हुन्न।
नपढेकाले पनि धेरै पढेकाले भन्दा राम्रै कमाइ गरिरहेका हुन्छन्।

२) ५० बर्षको हुँदा सुन्दर र अनुहार नराम्रोमा खासै फरक हुन्न।
सुन्दर व्याक्तिले पनि अनुहारको चाउरी लुकाउन सक्दैन।

३) ६० बर्षको हुँदा उच्च ओहदा र निम्न ओहदामा खासै फरक हुन्न।
निवृत्त हाकिमलाई पियनले समेत टेर्न छोड्छ।

४) ७० बर्षको हुँदा ठुलो घर र सामान्य घर बीच खासै फरक हुन्न।
घुँडा दुखेर माथिल्लो तला नै उक्लिन मुस्किल भै दिन्छ।

५) ८० बर्षको हुँदा पैसा हुनु र नहुनुमा खासै फरक पर्दैन।
चाहेर पनि खर्च गर्ने ठाऊ नै भेटिदैन।

६) ९० बर्षको हुँदा निदाउनु र जागा हुनुमा खासै फरक हुदैन।
व्युझिदा पनि के गर्ने भन्ने कुनै भेउ नै हुदैन।

जीवनका चरणहरूको यी पाठहरूले समयसँगै मानिसको प्राथमिकता र मूल्यहरूले कस्तो रूप लिन्छ भनेर देखाउँछन्। युवावस्थामा शिक्षा, सुन्दरता, र पदको महत्त्व ठूलो भए पनि, उमेर बढ्दै जाँदा यी कुराहरूको फरक कम हुँदै जान्छ। अन्ततः, ४०, ५०, ६०, ७०, ८०, र ९० वर्षको उमेरसम्म आइपुग्दा शिक्षा, अनुहार, पद, सम्पत्ति, पैसा, र जागरणको अर्थ समान हुन्छ। त्यसैले, जीवनलाई हल्का रूपमा लिँदै, तनाव नलिई, सन्तुष्टि र खुशीसहित जिउनुपर्ने सुझाव दिन्छ। यो पाठले जीवनका प्राथमिकताहरूलाई समयमै सोच्न र अहिलेको पललाई मूल्यवान् ठान्न प्रेरित गर्छ। त्यसैले सबै चिजलाई सहज रुपमा लिनुस । बूढो हुँदै जादा सबै समान हुने हो । कुनै तनाब नलिई सुखी जीवन जीउने प्रयास गर्नुस्।

Umar anusar shiksha, sundarta, pad, sampatti, ra paisa ko artha kasari badlinchha? Yi path harule tanavmukt jiwan jiune ra ahile ko pal lai mulya dina prerana dinchhan.

Source: Facebook

Category: writings
Tagged with:

Copy & Share

Umer Le Bujaune Kuraharu
https://bhupalsapkota.com/umer-life-lessons/

Your thoughts? Please leave a comment

Your email address will not be published. Required fields are marked *