Bhupal Sapkota Computer Programmer Unraveling art, science, and commerce behind technology. Passionate about teaching web/mobile programming, writing, and growing an online business.

My Private Mailing List

If you want early access and opportunities that I don’t post publicly, get on my private email list.

Home

शुभप्रभात v0.3

नयाँ दिनको शुभकामना ! हरेक दिन ब्रह्म मुहूर्तमा या सूर्योदय पहिले उठ्नु र आफ्नो नित्य कर्म गर्नु ! सर्जकमा नमन  सुर्य, चन्द्र, पृथ्वी, वायु, जल, अग्नि, आकाश सबै चलायमान छन् र त जीवन छ ! सम्पुर्ण चराचर जसले यो मेरो अस्तित्व सम्भब बनाएका छन् ती सबैमा कोटिकोटी नमन् । म यो आजको दिन पनि सदाझैँ […]

Tagged with:

चिल्ला फोटा भित्रका पीडाहरु

नेपाल न विदेशदैनिक व्यस्तताले हकानिएर  माध्यम र सूचनाको फरक गम्न नचाहेर, रातो, सानोचारपाटे नोटिफिकेसनमाखुसिको आशा थोपरेर   आफ्ना संस्कार, आफ्ना साहित्यर आफ्ना गुरुका सिकाईमा बिश्वास नभेटेर    अपरिचित लाईकको पछी दौडेको “आधुनिक मान्छे” !  आफ्नो नाम * ,  आफ्ना फोटा अनी  नबुझेको तर बुझेको झैँ लाग्ने  नचिनेको तर चिने झैँ लाग्ने  नचाहेको तर चाहे झैँ लाग्ने  नखोजेको तर खोजे झैँ लाग्ने  काम […]

Tagged with:

चिया vs. गफ

सँगै चिया खाँदाको कुरो  चिया नखाँदाको कुरो  उही कुरो । चियाको कुरो भए  चिया हुँदा हुन्थ्यो  चिया नहुँदा हुन्थेन । समयको कुरो   भोगेको कुरो  चिया सँगै हुनु र चिया सँगै नहुनुले  कुरो को चुरो के पो फरक थियो र ! न होला !

Tagged with:

स्वार्थीहरु

कहिले कहिँ लाग्छअनुभवीहरुअनुभवहिनका अनुभव प्रति फगत हाँसीरहेछन । आफू हिन्ने बाटोफगत मेट्दै हिनिरहेछन् ।स्वार्थी हरु ! [61] ”experienced are laughing at the experiences of inexperienced, instead of guiding them”

Tagged with:

Guess

आफुलाई care गर्नेहरुआफ्नो अवस्थाबारेguessमिलाउछन ।[61]

Tagged with:

फुर्सद

मागेर पाइने कुरा रैनछ, किनेर पाइने कुरा रैनछ, खोजेर पाइने कुरा रैनछ | बेच्न नमिल्ने कुरा रैछ, लिन-दिन नमिल्ने कुरा रैछ | माने हुने कुरा रैछ, नमाने नहुने कुरा रैछ |

Tagged with:

आफ्नो कुरो

समय, परिस्थिति, बुझ्नु, त्यसमा भिज्नु, माहोलको, मजा लुट्नु | जान्नु, नितान्त आफ्नो कुरो !

Tagged with:

उम्केको माछो

वास्ता नगरेको प्रस्ताब | फुस्केको जागिर | छाडेको पद | नलिएको पैसो | छुटेको सम्बन्ध | उम्केको माछो, ठूलो हुन्छ रे !

Tagged with:

Nepal (नेपाल)

नेपालमा university छैनन् teacher छैनन् अरु त अरु, student नै छैनन् | exam हुदैनन्, certificate को अर्थ लाग्दैन, यहाँ | बेला बेला.. आफूँ पनी छु जस्तो लाग्दैन | यहाँ, सोचहरु छन् भुँडी छन् रक्सि छ चुरोट छ.. गल्लि छन्.. चोक छन्.. गफ छन्.. मजा छ ! यत्तिले हो अडिने, अडिने | भाग्ने, भाग्ने |

Tagged with:

स्वतन्त्रता

मान्छेको हलमा, मान्छे, त्यतिबेला स्वतन्त्र हुन्छ, जब, उसलाई आफू, स्वतन्त्र छु भन्ने, [भ्रम] पर्छ | यो यस्तै हो, माने छ, नमाने छैन !

Tagged with:

यस्तो त्यस्तो

आफूले बिताएको जीवन, अरुले बिताउदै देख्छु, भोगी रहेको देख्छु, त्यसैले त लेख्न मन लाग्छ, त्यसैले त भन्न मन लाग्छ, त्यस्तो भए, यस्तो गरेस, यस्तो भए, त्यस्तो गरेस |

Tagged with:

बिच

मान्छे, कि वारी हुन्छ, कि पारी हुन्छ, बिचमा हुन्न ! कि माथी हुन्छ, कि तल, लिन्ठिङ्ग अडिन्न ! खुसी, कि दायाँ छ, कि बायाँ छ ! बिचमा साँध छ, बिचमा दोमन छ, र, मलाई सोध, बिचमा तड्पीदाको पीडा !

Tagged with:

हाँसो

कसैको हाँसो चोरेर, नभाग्नु!

Tagged with:

यताउता – yeta uta

यता र उता, हिन्दा-हिन्दै, कता न कताको, यता न उताको, भइएछ!

Tagged with:

maya – माया

एकपल्ट, माया अनुभव गरेको, यो मनले, देखावटीपन, चाडै चिन्छ, र त लाग्छ, अब फेरी त्यो, अनुभव हुन्न कि ..

Tagged with:

कविता

तिमी नलेखमनलाई लेख्न देऊजे लेखिनेछ तिम्रो कविता हुनेछतिम्रो साहित्य हुनेछतिम्रो दर्शन बन्ने छ । 

Tagged with:

it hurts

you have a heart, you know? that is why it hurts…

Tagged with:

कुरा

केही कुरा, त्यस्ता नि हुन्छन, जो, नभनेकै ठीक! नोसोधेकै ठीक!

Tagged with:

विश्वाश

विश्वाश भन्ने कुरो, नखोज्नु! गर्नु!

Tagged with:

सबै मस्त छन

बिवसता अनी लाचारी,जो सँग छ,तै! सबै आआफ्नै तालमा, मस्त छन।म पनि!

Tagged with:

पहिले-पहिले बत्ति बल्थ्यो

पहिले-पहिले, बत्ति,बल्थ्यो । आजकल, बत्ति,जान्छ ।

Tagged with:

जून

औँशीको,रातमा,पनि,मानौँ,जून,देखिँदो हो त,सायद,जूनको,त्यति,महत्त्व,हुन्थेन कि ?

Tagged with:

मतलबै नभएपछि

आफूले,बोलेको,र,गरेको,मतलबै,नभएपछि,बोल्न,र,गर्न,जे बोले,र,जसो गरे,पनि,हुन्छ ।हो ?कि,हुन्न ?

Tagged with:

आजकाल

आफ्नाको,आफ्नू,माया,आफैलाई मात्र,हुदोँ रहेछ,सायद ।आजकाल ।

Tagged with:

राँके भूत

राँके भूत भनेर तर्सौथे,नभए-नभएको छ भन्थे,खान्छ,जिउँदै खान्छ,भन्थे,राजा भनेर तर्साएको भए,सायद,कुनै दिन त डर भाग्थ्यो!त्यो राँके भूत;छ कि?कि, छैन पो कि ?

Tagged with:

कुरा भन्दा काम गरेको राम्रो

सधैं-सधैं हाँस्न खोज्नु,सधैं-सधैं नाँच्न खोज्नु,अनि सधैं-सधैं बाँच्न खोज्नु,जिन्दगीमा मैले यही मत्र गरें,अरू केही गरिन,अहँ केही गरिन, डलेको सिन्को पनी ऊठाईन, मेरो गल्ति त्यही थियो,मैले सबै गरें भनें,भनें मात्र,गरिन,था छ के पाएँ,अहँ केही पाईन ।

Tagged with: