Bhupal Sapkota Computer Programmer Unraveling art, science, and commerce behind technology. Passionate about teaching web/mobile programming, writing, and growing an online business.

My Private Mailing List

If you want early access and opportunities that I don’t post publicly, get on my private email list.

Home

डर

आजकल मान्छेहरूको हुलमा मलाई डर लाग्छ । मान्छे नभएको सुनसानमा मलाई डर लाग्छ । मान्छे सित होस् या मान्छे बिना अनि कहिलेकाही आफू आफैसित आफैं मन काप्छ !

Tagged with:

बोली

यहाँ मैले केही पनि बोल्न पाउँदिन । मेरो मुखमा  ताल्चा लगाएर  मानौँ चाबी उनिहरुले नै लिएका छन् । मेरो मुख त्यसैले  बन्द ढोकाजस्तै भएको छ । तर, मेरो मनमा भने यिनिहरुले  ताल्चा लगाउन सकेका छैनन् । त्यसैले, म मनमनै मनलाग्दी बोल्छु । जे पनि बोल्छु । बोलिरहन्छु । 

Tagged with:

तन्नेरी उमेर

अरुलाई  सच्याउन खोज्ने तन्नेरीले  आफुलाई  सच्याउन बिर्सेको रैछ !

Tagged with:

मन

मन फाटे पछी  सिउन सकिन्न !  सिए पनि  जिउन सकिन्न !!

Tagged with:

बोली

मन छुनेहरुलाई बोलीको के अर्थ दृश्यको के रहर । स्वर्ग मानेको तिम्रो उपस्थितिमा त्यसैले, म बिलायेथें | बोलीको अर्थ बुझाई हुदाँसम्म  को तड्पीन्थ्यो र । बेला बित्दा बोलीले मन छुँदो रैछ ।

Tagged with:

मनका कुरा

मनमा, कुरा नराख्नु रे | भन्नु रे | लेख्नु रे | साट्नु, बाँड्नु रे | यत्ति एउटा कुरो हो, मान्छेले मनमा नराख्ने | जमाना बेइमान छ |

Tagged with:

प्रसंशा

अचानक आँखा जुध्यो, नयाँ ठाउँमा, नयाँ मान्छे संग | लामो कपाल, तेजिला आँखा, अनि, त्यो ओठ ! उसको सुन्दरताको प्रसंशा, त्यसबेला, मिठो मुस्काएर मात्र गर्न सकें मैले |

Tagged with:

कविता

तिमी नलेखमनलाई लेख्न देऊजे लेखिनेछ तिम्रो कविता हुनेछतिम्रो साहित्य हुनेछतिम्रो दर्शन बन्ने छ । 

Tagged with:

दुइटा मन

जोले जे भनोस,  मान्छेको, दुइटा मन हुन्छ, एउटाले पत्याउछ, अर्कोले मान्दैन, होनी, हैन र?

Tagged with:

it hurts

you have a heart, you know? that is why it hurts…

Tagged with:

सानो कोशीस

कसैको मन मा, को पस्न सक्छ र ? सानो कोशीस गर्ने न हो, बुझ्न लाई!

Tagged with:

मन

उसले,मेरो,आँखामा,हेरी नसक्दा,मैले,उसको,मनपो,हेर्न,पुगेछु ।मोरी ।

Tagged with:

मन

कसैले,केही भन्दा,मन रूनु,अनि,कसैले,केही नभन्दा,मन रूनु,दूई,फरक,कुरा रहेछन ।

Tagged with:

मान्छे भन्दा पाको मन

मान्छेभन्दा,मन,पाको भएछ,त्यसैले,नगर्ने- नगर्ने,गर्न मन लाग्छ,र,मैले मनको अघि,हार,स्विकार्नै पर्छ ।

Tagged with:

मन त निधार जसरी देखिन्न नि

मैले कहिल्यै रून्छु भनिन,तर म कहिल्यै हाँसिन,मैले कसैलाई कहिल्यै गाली गरिन,तर आफू कहिल्यै सम्झाइईन,मैले कसैलाई कहिल्यै दु:ख दिइनतर अफू कहिल्यै सुखी भईन,मैले कसैलाई कहिल्यै नराम्रो गर्न चाहिन,तर आफू कहिल्यै राम्रो गरिइन! अकस्मात,अचानक,कसैले,राम्रो बोल्दा,सुख दिँदा,दु:ख दिँदा,पिट्दा,नपिट्दा,बोल्दा,नबोल्दा,रुँदा,रुँवाउदा, त्यसैले,मलाई केही जस्तै लाग्दैन,छाडिसक्यो, तर पनी मलाइ,सबैले,बाँचेको छ भन्छन,आँटेको छ भन्छन,साँचेको छ भन्छन,यस्ले केही गर्छ भन्छन,सायद – मेरो निधारमा त्यस्तो […]

Tagged with:

साथी

नमीठा कुरा सुन्दा मन नमीठो भयो । मीठा कुराले मन गुलियो भयो । सँधै, गुलिया कुराहरू गर्दे मन मीठो पार्दै बस्ने एउटा साथीको खोजीमा छु ।

Tagged with:

आजकल खाली खुट्टा हिड्न मन लाग्छ

आजकल मलाई पाइन्ट हातले माथि सारेर सिमसिम पानीले भिझेको हरियो घाँसले भरिएको चौरमा खाली खुट्टा बिस्तारै बिस्तारै  हिड्न मन लाग्छ। 

Tagged with: