Bhupal Sapkota Computer Programmer Unraveling art, science, and commerce behind technology. Passionate about teaching web/mobile programming, writing, and growing an online business.

My Private Mailing List

If you want early access and opportunities that I don’t post publicly, get on my private email list.

Home

मन त निधार जसरी देखिन्न नि

मैले कहिल्यै रून्छु भनिन,
तर म कहिल्यै हाँसिन,
मैले कसैलाई कहिल्यै गाली गरिन,
तर आफू कहिल्यै सम्झाइईन,
मैले कसैलाई कहिल्यै दु:ख दिइन
तर अफू कहिल्यै सुखी भईन,
मैले कसैलाई कहिल्यै नराम्रो गर्न चाहिन,
तर आफू कहिल्यै राम्रो गरिइन!

अकस्मात,
अचानक,
कसैले,
राम्रो बोल्दा,
सुख दिँदा,
दु:ख दिँदा,
पिट्दा,
नपिट्दा,
बोल्दा,
नबोल्दा,
रुँदा,
रुँवाउदा,

त्यसैले,
मलाई केही जस्तै लाग्दैन,
छाडिसक्यो,

तर पनी मलाइ,
सबैले,
बाँचेको छ भन्छन,
आँटेको छ भन्छन,
साँचेको छ भन्छन,
यस्ले केही गर्छ भन्छन,
सायद – मेरो निधारमा त्यस्तो देखिन्छ होला!
तर मेरो मन त निधार जसरी देखिन्न नि !!!
कि देखिन्छ र ?

Category: manasha
Tagged with:

Copy & Share

मन त निधार जसरी देखिन्न नि
https://bhupalsapkota.com/nidhaar/

Your thoughts? Please leave a comment

Your email address will not be published. Required fields are marked *