Bhupal Sapkota Computer Programmer Unraveling art, science, and commerce behind technology. Passionate about teaching web/mobile programming, writing, and growing an online business.

My Private Mailing List

If you want early access and opportunities that I don’t post publicly, get on my private email list.

Home

झरी

पानी परेपछी  सबै अन्न, फलफूल  तरकारिका बिउहरु यसरी उमृएको देखेर मलाई पनि  झरीमा  रुझ्न मन लाग्यो !

Tagged with:

सती

मेरो त कपाल मात्र काटियो तर, टाउको त काटिएन । पोते मात्र चुँडाइयो  तर, गला त रेटिएन । चुरा मात्र फोरियो तर, हातहरु त फोरिएनन् । पाउजू मात्र झिकिए तर, खुट्टाहरु जोगिए । गहना पो झिकिए  तर, नाककान त काटिएनन् । मेरो शरीरका  राता लुगा र श्रृङ्गार मात्र पो खोसिए तर, शरीर त खोसिएन । […]

Tagged with:

पढाई लेखाई

मलाई कस्ले सिकाइदिन्छ त नि अब पढ्न? आफै पढ्दै जाउ ।  हेरिरहेसी आफैं चिनिन्छन अक्षर एकपल्ट देखेको मान्छे फेरि देख्दा चिने जस्तै ! अनि लेख्न नि? लेख्नु भनेको नि यहाँको बाटो हिड्नु जस्तै त हो नि । हिड्दै जाँदा हिनेको बाटो आफै चिनिएजस्तै लेख्दै जाँदा  एकपल्ट लेखेका अक्षर  आफै लेखिन्छन, चिनिन्छन । एकपल्ट हिँडेको बाटो […]

Tagged with:

तिहार

आफ्नै जिवनको  रातो फूल टिपिँदा कसैसँग केही गुनासो नगरेकी म  आँगनका फूल  छिमेकी दिदिहरुले टिप्दा आमासँग गुनासो गरिरहेछु । मानौँ तिनिहरुले  मेरै जिवनको फुल टिपेका हुन् ।

Tagged with:

बा

को रहेछ भनेर यसो भित्रबाट हेरेको त, बा पो ! मलाई त बा आउँदा  अर्को घाम उदाएजस्तै लाग्यो । मेरो निजि घाम । किनभने, बिहानको घामसँगसँगै बा आँगनमा झुल्किनुभएको छ ।

Tagged with:

सपना

दिनभरी  कामैकामले तन पनि मन पनि थाकेपछी  सपना पनि निदाउँदो रहेछ ।

Tagged with:

मधुमाया

सोह्र सत्र बर्षकी होलिन् उनी । उनका दुलहा  मेरा बाका उमेरका छन् । उनी आफ्नो दुलहासँग बोलेको कहिल्यै देखेकी छैन । नबोलिकन नै उनी कसरी गर्भवती भइन् होला? गर्भवती हुन दुलहासँग बोल्नुपर्छ कि पर्दैन भनेर एकदिन सोध्नेछु दिदिलाइ म ।

Tagged with:

धर्ती

आमाले सम्झाउनुभयो  छोरिको जातले सहनुपर्छ नानी । जस्तो पनि भोग्नु पर्छ । छोरिले  धर्ती हुनसक्नुपर्छ !

Tagged with:

आँसु

म आफैलाइ देखेर  जे कुराले रुन्छु  मेरा आफन्तहरु मलाई देखेर  त्यही कुराले रुँदैनन । तर, हाम्रा आँसु उस्तै हुन्छन् !

Tagged with:

बोली

यहाँ मैले केही पनि बोल्न पाउँदिन । मेरो मुखमा  ताल्चा लगाएर  मानौँ चाबी उनिहरुले नै लिएका छन् । मेरो मुख त्यसैले  बन्द ढोकाजस्तै भएको छ । तर, मेरो मनमा भने यिनिहरुले  ताल्चा लगाउन सकेका छैनन् । त्यसैले, म मनमनै मनलाग्दी बोल्छु । जे पनि बोल्छु । बोलिरहन्छु । 

Tagged with:

सत्य

रहस्यहरु  अँध्यारामा हुँदा रहेछन्  उज्यालो भएपछि मात्र सत्य देखिने । कतिपय सत्यहरु डाँडापारी हुँदा रहेछन् । टुप्पामा पुगेपछी मात्र देखिने । कतिपय सत्यहरु सायद उज्यालोमा पनि देखिदैँनन् ।

Tagged with:

लास

पुरै अनुहार त कसरी भन्नू तिनले अँखा चिम्लिएका छन । अनुहारको केन्द्र अँखाविना  अनुहार पूरा हुन सक्तैन । तिनको नाक चुपचाप छ । नाक चुपचाप हुनु भनेको पुरै शरीर चुपचाप हुनुरहेछ । सास नफेरेको अनुहारलाई  अनुहार भनिन्छ कि भनिन्न ?

Tagged with:

दुलहा

खै कसले हो ओढाएको सेतो कात्रो उल्टाएर  तिनको अनुहार देखाइदिए । मैले हेरिदिएँ पुलुक्क ! यसरी पुरै अनुहार हेरेको यहि हो पहिलोपटक  र अन्तिमपटक पनि !

Tagged with:

चौतारो

चौतारो आयो । चौतारोले आउ न  एकछिन बसेर जाउ  भनेजस्तो लाग्यो । एकछिन थकाइ मार शितल ताप पसिना पुछ दुख बिसाउ अनि जाउ भनेजस्तै लाग्यो ।

Tagged with:

जे नि

ई कानले  जे नि सुन्न पर्नी ! यी अँखाले जस्तो नि देख्न पर्नी ! यो जिवनले  जस्तो नि भोग्न पर्नी !

Tagged with:

एक्लोपन

बैशाखको  मन्द बतास चलिरहेको छ । वरपिपलका पातहरु बताससँग सुस्तरी सासले  बात गरिरहेका छन् । म भने एक्लै  आफुसँग बात मारिरहेकी छु । एक्लोपनले  आफैसँग कुरा गर्न र  आफ्नो साथी आफैलाइ बनाउन  सिकाउँदो रहेछ ।

Tagged with:

सम्झना

मलाई  आमाले पहिलोपटक  दुई हत्केलाले उठाएर  काखमा लिँदाको क्षण, पहिलोपटक नुहाइदिएको, आमाको पहिलो चुम्बन, पहिलोपटक मनतातो  तेल लगाइदिएको क्षण, आमाले खुवाएको पहिलो गाँस, सुनेको र सिकेको पहिलो शब्द, असिम मायाले  मेरो गालामा पारेको पहिलो प्याट्ट, पहिलोपटक आफैले फेरेको कोल्टे, चार खुट्टाले हिँडेको अनि दुई खुट्टाले आमाको हात समाएर  थैथै गर्दै हिँडेको  सम्झिन मन छ । 

Tagged with:

सेतो धरती

यो उपन्यास  संस्कृति नामको घनले  टाउकोमा  एकोहोरो ठोकेर  उठ्नै नपाएका पात्रहरुको आँसु र पिडाको  महाकाब्य हो । – सुशान्त गुरुङ, गरिमा मासिक

Tagged with:

जीवन

जीवनलाई जीवनबाट  पन्छाएर होइन  भोगेर मात्र  राम्ररी बुझ्न् सकिने रहेछ !

Tagged with: