Bhupal Sapkota Computer Programmer Unraveling art, science, and commerce behind technology. Passionate about teaching web/mobile programming, writing, and growing an online business.

My Private Mailing List

If you want early access and opportunities that I don’t post publicly, get on my private email list.

Home

अमेरिका

दाई म २२ बर्षको केटोले नेपालमा  कहाँ गाडी चडेर  हिंड्न् सक्थेँ होला र ? अनि कहाँ धनी-धनाड्यले  सपिङ गर्ने ठाउँमा  आफ्नो ग्रोसरी सपिङ  गर्न पाउँथे र ! मलाई यहीँ ठाउँ ठिक छ । यो देशले मागेर हैन काम गरेर खान सिकाएको छ । धनी गरिब नभनिकन  सबैलाई उस्तै अपर्च्युनिटी दिएको छ । दाई म अब […]

Tagged with:

पैसो

कुलतमा नफस  कुसंगतमा नपर । सोखहरु धेरै बनाऊ तर आफ्ना इक्षाहरुमा  केही समय लगाम लगाऊ । आफुलाई काम/job मा  समर्पित गर । अनि हेर  पैसो कसरी फल्छ ।

Tagged with:

काम

तैले काम खोज्दै बस्ने हैन, कामले  तँलाई खोज्दै आओस! तैले पैसो खोज्दै बस्ने हैन, पैसोले तँलाई खोज्दै आओस!

Tagged with:

पैसो

पैसो  पैसो बिक्रीमा छ !केल्ले किन्छौ ? परिश्रम ले (Labor)?शिप ले (Skill)?जागिर ले (Job)?पेशा ले (Profession)?ब्यापार व्यवसाय ले (Business)?उद्यमशीलता ले (Entrepreneurship)?दलाली ले (Brokerage)?सेवा ले (Service)?कारिगरी ले (Craftmanship)? कि अल्छि ले (Laziness) ?लाचारी ले (Helplessness) ?अन्जान ले (Unknowing) ?कि भाग्य ले (Luck) ? कि समय ले (Time) ?कि धर्मले (Belief) ?कि कर्म ले (Deed) ?कि ज्ञान […]

Tagged with:

धेरै र थोरै

मान्छेले बुझ्दा सम्म धेरै र थोरैमा  थोरै फरक छ । जब ज्यादै धेरै  अनि ज्यादै थोरै  जुन मान्छेको बुझाइ भन्दा टाढाको कुरा आउँछ धेरै र थोरै  एकै हुन । त्यसैले धेरै धनी र धेरै गरिबहरु उस्तै हुन्छन् । जिन्दगी  मिडल क्लास नै  च्वास्सको हुन्छ !

Tagged with:

संगत

चुम्बक को संगत पाउँदा फलाम चुम्बक बन्छ !   जस्तो संगत मा पर्यो मान्छे बिस्तारै त्यस्तै बन्दै जान्छ ।

Tagged with:

केटाकेटी

हाम्रो पालामा काम गर्न खेत थियो भुल्न बारी थियो खेल्न चौर थियो । आजकल टिभी छ  मोबाइल छ  कम्प्युटर छ । खुला आकाश मुनि हुर्केकाले चार भित्ता भित्र हुर्केकाको मन कसरी बुझ्ने/बुझाउने?

Tagged with:

तिहार

यस्तो बत्ती जाँदा जाने तिहार के तिहार । निबुवाको पातको दुनोमा ज्योती बालेर जिम गए जिम गए भन्दै झिलिमिली पारेको तिहार पो तिहार ! गाइको गोबरले लिपेको आँगनमा बालखा हामिले भट्टयाएको देउसिरे वाला तिहार पो तिहार ! बजारिया भाइ मसलाका  पोका पारेको तिहार के तिहार  फिनि, चिनी, भेली रोटि  झिलिङ्गा, ताता ताता सेल नरिवल, पान, […]

Tagged with:

संन्सार

जसले  संन्सार आफ्नो मान्छ उसलाई घर्म र अधर्मको परिधिले समेट्न सक्तैन ।

Tagged with:

हरि

जिन्दगीमा  हरिको ह पनि नसुनेका मानिसहरु ८०-९० बर्ष बाँचेकै छन् !

Tagged with:

लत-कुलत

कुलत जाँड रक्सी  भाँङ धतुरो गाँजा चरेस चुरोट खैनी बिँडि सुर्ती गुट्खा हुक्का चिलिम जर्दा पान ! लत चिया चिनी  भात रोटी  नुन तेल आलु मिठाइ तितौरा कोकाकोला ! कुलत ले मर्छौ कि लतले मर्छौ साथि ?

Tagged with:

बेचैनी

अरु हिन्दा आफू दौडिए जस्तो । अरु बस्ता आफू हिनिरहे जस्तो । अरु शान्त हुँदा आफू छटपटिए जस्तो । यो बेचैनी को स्रोत के हो ? के का लागी ?

Tagged with:

बिहे

५ बर्षको उमेरमा बिहे हुने जूग ।१० बर्षको उमेरमा बिहे हुने जूग ।१५ बर्षको उमेरमा बिहे हुने जूग ।२० बर्षको उमेरमा बिहे हुने जूग ।२५ बर्षको उमेरमा बिहे हुने जूग ।३० बर्षको उमेरमा बिहे हुने जूग ।३५ बर्षको उमेरमा बिहे हुने जूग । मान्छेलाई जति लामो समयपरिवार बसाउनबाटबन्चित राखियोत्यति  देश विकसित हुने हो त ?

Tagged with:

झरी

पानी परेपछी  सबै अन्न, फलफूल  तरकारिका बिउहरु यसरी उमृएको देखेर मलाई पनि  झरीमा  रुझ्न मन लाग्यो !

Tagged with:

सती

मेरो त कपाल मात्र काटियो तर, टाउको त काटिएन । पोते मात्र चुँडाइयो  तर, गला त रेटिएन । चुरा मात्र फोरियो तर, हातहरु त फोरिएनन् । पाउजू मात्र झिकिए तर, खुट्टाहरु जोगिए । गहना पो झिकिए  तर, नाककान त काटिएनन् । मेरो शरीरका  राता लुगा र श्रृङ्गार मात्र पो खोसिए तर, शरीर त खोसिएन । […]

Tagged with:

पढाई लेखाई

मलाई कस्ले सिकाइदिन्छ त नि अब पढ्न? आफै पढ्दै जाउ ।  हेरिरहेसी आफैं चिनिन्छन अक्षर एकपल्ट देखेको मान्छे फेरि देख्दा चिने जस्तै ! अनि लेख्न नि? लेख्नु भनेको नि यहाँको बाटो हिड्नु जस्तै त हो नि । हिड्दै जाँदा हिनेको बाटो आफै चिनिएजस्तै लेख्दै जाँदा  एकपल्ट लेखेका अक्षर  आफै लेखिन्छन, चिनिन्छन । एकपल्ट हिँडेको बाटो […]

Tagged with:

तिहार

आफ्नै जिवनको  रातो फूल टिपिँदा कसैसँग केही गुनासो नगरेकी म  आँगनका फूल  छिमेकी दिदिहरुले टिप्दा आमासँग गुनासो गरिरहेछु । मानौँ तिनिहरुले  मेरै जिवनको फुल टिपेका हुन् ।

Tagged with:

बा

को रहेछ भनेर यसो भित्रबाट हेरेको त, बा पो ! मलाई त बा आउँदा  अर्को घाम उदाएजस्तै लाग्यो । मेरो निजि घाम । किनभने, बिहानको घामसँगसँगै बा आँगनमा झुल्किनुभएको छ ।

Tagged with:

सपना

दिनभरी  कामैकामले तन पनि मन पनि थाकेपछी  सपना पनि निदाउँदो रहेछ ।

Tagged with:

मधुमाया

सोह्र सत्र बर्षकी होलिन् उनी । उनका दुलहा  मेरा बाका उमेरका छन् । उनी आफ्नो दुलहासँग बोलेको कहिल्यै देखेकी छैन । नबोलिकन नै उनी कसरी गर्भवती भइन् होला? गर्भवती हुन दुलहासँग बोल्नुपर्छ कि पर्दैन भनेर एकदिन सोध्नेछु दिदिलाइ म ।

Tagged with:

मनशाका कुरा

सोचेका कुराभनेका कुरापढेका कुरागरेका कुराअनि लेखेका कुरा ।सबैको सम्मिश्रण,मनशाका कुरा !

Tagged with:

मनशा

गजल लेख्न मनशा लेख्न  शिर्षक चाहिन्न रैछ।  हेर्यो, फेरी हेर्यो, हेरिरह्यो केवल हेर्नुले मात्र  माया पाइन्न रैछ ! [061]

Tagged with:

मनशा

मिलाएर लेख्ने, गमेर लेख्ने, छामेर लेख्ने, धेरै-सोचेर लेख्ने हुदों हो त, सायद मनशा लेखिन्नथ्यो होला ! सायद गजल लेखिन्थ्यो, वा कविता । मनशामा पल लेखिन्छ । मनशा पल-पल लेखिन्छ |

Tagged with:

मनशा

मनशा जोख्ने मन छ | डिजिटल जोख्नेमा, प्रेसिजन हुन्छ रे | एउटा मनशा | कम्तिमा दुई किलोको हुनु पर्छ भन्छु म | मनशाले हान्नु पर्यो भने, लाग्ने, ढलोस !

Tagged with:

मनशा

थोरै बोल्नु, धेरै सुन्नु, थोरै लेख्नु, धेरै भन्नु ***

Tagged with:

मनशा (manasha)

यहाँ लेख्नेलाई नि, फुर्सद छैन, पढ्नेलाई नी ! म पढ्न रुचाउने मान्छे, न कविता लेख्न जानें, न त कथा, गजल भन्योकी, कसैका आँखाको गाजल सम्झिन्छ | नाटक हेर्ने पो त, गर्ने पो त, मैले गीत गाये के के हुनी हो, यत्ति हो, मलाई आउँने, मन मनै, कहिले नशामा,  यादको, साथको, अनि, चाहतको ! अनि कहिले, […]

Tagged with:

मनशा

एउटा भाव  दुइटा भाव  हजारौं भाव  खाँदेर लेखेको  एउटा वाक्यलाई  टुक्रा-टुक्रा पार्दा मनशा बनेको थियो  बन्छ !

Tagged with:

मनशा

केहि लेख्न नजान्ने म  भौंतारिदै  शब्द-शब्दहरुमा  मनशा  लेख्छु !

Tagged with: