Bhupal Sapkota Software Consultant Helping founders build
and launch their ideas with code & AI

Bhupal's Newsletter

I send out occassional email with programming resources, summaries of my readings on art, science, and commerce behind technology, my writings on growing an online business etc. Feel free to subscribe, no spam!

Home

Semicolon Valley का चराहरु

यहाँका कुखुरा अल्छी छन
साढे-आठमा बास्छ्न
भक्तपुरे जुजुधौ
साढे-छमा काठमाण्डौं छिर्दो हो !

यहाँका डाँफे
राजतन्त्र गएपछि
लोप भएको भान हुन्छ ।
मुनालहरु,
लोकतन्त्र आएपछि !

यहाँका भगेंराहरु,
गन्तब्य बिहिन
फ्याट्ट, फुट्ट
उर्लिन्छन्, उफ्रिन्छन ।
मन,
तिनको नी हुदों हो
उफ्रिदा खुट्टा-दुख्दा हुन्
बाध्यता हुनुपर्छ ।
आफ्नो काममा सेक्युरिटी जसले खोज्छ नी ।
नभए, उफ्रिन कर लाग्छ ।
उफ्रिनु पर्छ ।

यहाँका मयुरहरूको
नर्तकी कुन चाहिँ पिक्सारले
उतार्ला र !

यहाँका कोइली
संगीत रच्छन्
उस्तैलाई
सुरमा लठ्याउने गरि !
रचना गर्ने हरु,
शान्ती रुचाउँछन्,
स्टेबिलीटि खोज्छन,
आफुँ बसेको हाँगा,
कुन दिशाबाट आएको
हावाले कट्याक्क भाँच्नेहो
दोधारमा,
यो सुमधर संगीत कतिन्जेल गुन्जेला र ?

यहाँका परेवा,
पशुपतिमा शान्ती छर्छन ।
पशुपति बाहिर
हाम्रा घरका परेवाका खोरमा
आजकल,
हावा अनि गुंज मात्र बाकि होलान ।

यहाँका चिल अनि बाज,
मौका छोपेर बस्छन
यहाँका काग,
फुल चोर्छन ।
गिद्दहरु,
पोज छाड्छन,
एउटा खुट्टामा उभिएर जिन्दगी ढुक्छन् ।

त्यसैले,
आउनु र जानुको बिचमा,
साथ हुन्छ भन्नु कहिलेकाही भ्रम लाग्छ ।

यहाँका चराहरु
टाइगर डाँडोको
भिस्याटमा बिस्ट्याएर,
महाबीर दाइको,
टोपी फोहोर पार्छन !

यहाँका डान्ग्रे हरु
साँझ पर्न साथ,
बाँस-घारीमा
जम्मा हुन्छन अनि
मोनोलग छांटछन् ।
क का की की कु कु .. के कै कं क !

साइबेरियाका विदेशी चरालाई
मन परेको ठाउँ,
नेपाली चराहरुलाई,
खल्लो लाग्दो हो
झिजो लाग्दो हो ।

यहाँका गौथली हरुले बनाउने घर,
सयौं बर्ष देखी,
उस्तै देखिन्छ ।
राम्रो देखिन्छ होला ।
परिवर्तन राम्रो की
न-परिवर्तन राम्रो भनेर के रुमलिनु छ र ।
रुमलिने समयमा,
अर्को गुड बनिसक्ला ।

एक ऋतुमा
एक सरकार
बदलिने हाम्रो देशमा,
बाँसघारी ताकेर,
दुई नाले बन्दुकले,
ड्याम्म हान्दा,
कति चरा उड्लान्
कति फटफटाउलान
अनि कति ढक्क
छाती फुलाउदै
म त गोर्खाली चरा पो त,
यस्ता नाथे ड्याम्म-डुम्म सँग डराउछु ?
कुर्लेलान !

यो नमिल्दो सुनिएला,
तर,
यहाँका चराले सोच्न थाले भने ?

#manasha #मनशा
भूपाल सापकोटा

थापाथली, काठमान्डू
Website: https://manasha.blogspot.com

Category: manasha
Tagged with:

Copy & Share

Semicolon Valley का चराहरु
https://bhupalsapkota.com/semicolon-valley/

1 comment

  • Unknown says:

    Nice one Bhupal. +1

  • Your thoughts? Please leave a comment

    Your email address will not be published. Required fields are marked *