Bhupal Sapkota
बानी न हो,
मलाई चाख लाग्ने कुरो,
उसको मतलबको नहुन सक्छ !
मलाई,
मन पर्ने कुरो,
मन,
नपर्ने कुरो,
उसको अर्कै कुरो हुन सक्छ !
मैले,
बुझ्ने कुरो,
उसले,
नबुझ्न सक्छ
वा
बुझ्न नखोजेको कुरो हुन सक्छ |
म र ऊ,
एकै नहुम्ला,
हुन नसकौंला,
तै,
परिस्थिति,
समय,
काल,
अवस्था,
हेरेर,
मन नलागेको कुरो,
बुझ्न खोज्नु,
गर्न नजानेको कुरा,
सिक्न खोज्नु,
अनि,
जानेको कुरा अरुलाई,
दिन खोज्नु,
कोहि, कोहि लाई मात्र आउने कुरा रहेछन !
नत्र,
हामीबिच,
के फरक देखिन्थ्यो र !
सुनिन्थ्यो र !
बानी
https://bhupalsapkota.com/bani/