दशैँको जमघट
तासका खाल, तासका परिकार
झन्डी दाऊ पर्दाका नचाई
पासा कौडाका उफ्राई
पिङका मच्चाई
अनि गीत घन्काई
कमर मर्काई-मर्काई नाच्दै
बिर्सेका बर्सौँका दुरि र थकाई !
दुई चुस्की लगाउँदै
जमेका खाल भए
मनका भडास अनि
माया र बर्सदिनका याद अनि सम्झना
कट्फट पिच्छे
फुस्किन्थे होलान्, पोखिन्थे होलान् ।
होस्-हवास र अर्ध-निद्राको माहोलमा
मन खोल्न भुलिँदो रैछ ।
समय मिलेन !
खुसीयालिको उत्सबमा
रुनका लागी बहाना
कस्ले किन खोज्ने?
र त्यसैले, मैले
एक जूग पछि भेट भएका
हाम्रा भान्दाईलाई
के कस्तो छ, सन्चै छौ भनेर
सोध्न चाहिन !
उता नमस्ते तेर्साएर
यता माल काटेको,
भुत्लाए नम: !
भान्दाई
https://bhupalsapkota.com/bhandai/