सात बर्ष भएछ
घर नगएको
फोनमा सन्चै छस्
समयमा खानु, समयमा सुत्नु
आफ्नो ख्याल गर्नु,
स्वास्थ्य नै सबै हो बाबु
भन्ने आमा बुढी भैछन् !
म तपाइको छोरो भनेर चिनाउन प्रयास गरेको
यी नानी को हुन् भनेर आमाले सोध्दा
आफु छोरो हो या हैन भन्ने दोधार भो !
धत् जिन्दगी !!!
Category: manasha
Tagged with: आमा
बिदेशी जिन्दगी
https://bhupalsapkota.com/bideshi-jindagi/