Bhupal Sapkota
सुरुमा एक पेग भनन हुन्थ्यो। त्यसपछि दुई फनन हुन्थ्यो। अर्को पाली तीन रनन हुन्थ्यो ! अनि चार झनन हुन्थ्यो। आजकल पेग पानी बनेको छ खाऊ, फालफाल खाऊ । पानी पेग बनेन थियो होला, बिर्सियो !
कुनै नौलो बिषय रहेन अब, दुख सुख नभनी भएन ! समयले यसरी ऐना देखायो कि आफ्नै अनुहार अब आफ्नो रहेन। त्यहाँ कुनै अपरिचित मान्छे देख्छु। आफ्नै लागी समय पुगेन आफ्नै दृष्य धमिलो लाग्छ। अमिलो लाग्छ।
आँखामा नशा नशामा मजा मजामा सजा । यो एउटा सिक्री हो। मजा गर्नु अनि सजा नमान्नु त्यस्तो हुन्न रैछ ।
कहिलेकाहिँ लाग्छ म अनौठो भएँ बिग्रें ! मलाई अब एउटा नशाले लठ्याएको छ। अनी म आकाशमा उड्दै छु पखेटा पलाए बिना पेट्रोल बिना इन्जिन। अनायास फेरी लाग्छ मेरा पखेतहरु काटिएका छन् म माछा बने बालुवामा छु पानी छैन। परिहरु बोलाई रहेछन स्वागत गान बझिरहेछ अनन्तका धुनहरु माझमा छु म !
यो दुनिया मेरो हो भन्दै हिड्थें। साची दुनिया मेरै रैछ, जबसम्म म त्यस्तो मान्छु !
आकाशतिर हेरिरहें त्यो रातभर ती मेरै मुटुका टुक्रा थिए जो टिलपिल टिलपिल गरिरहे । टिलपिल ताराहरु
म विवस छैन अविवसता स्वीकार्य मान्दिन। यो यस्तै जाला ?
आखाँहरु एकपटकमा धेरै दृश्य हेर्न खोज्छन हेर्न सक्छन ! त्यसको परिणाम म कुनै पल कतै पनी हेरिरहेको हुन्न। दृश्य भ्रम हो ?
अल्छी थिएँ, छू सोचहरूमा चाहिँ होइन !
एउटा सानो झिल्काले त हो टौवा सल्किने ।सम्झनाका तरंगले त्यसरी मुटु अठ्याऊँछन् । ब्यर्थका कुरामा रुमलिन खोजे जस्तो लाग्छ विवशता देखिने कुरा हैन तै, मैले ती याद बिर्सिन नचाहेको थिईन !
एकतमास संसार जे खोज्छ त्यहि खोजिरहेछु म संसारी भएको छु। म आफ्नो रहन सकिन !