योकुनै “म” बाट सुरु हुने कुरा हो ।
जोरेको कुरो । कसैको नामगरी किनेको कुरो । मागेको भए, नासो हुन्थ्यो होला । चोरेको भए पासो हुन्थ्यो होला । दिएको भए, उपहार हुन्थ्यो होला । अनन्तकालमा नजुरेको समय ! र त्यो, बेनाम भइदियो । भित्तामा पेन्डुलमको सुई हल्लेजस्तो सोचहरु हल्लिरहे । बेनाम, त्यसै गरी हल्लिरहेथ्यो । कुनै पलको प्रतीक्षा सायद । त्यो पल जुन […]
समयको आ-आफ्नो परिभाषा हुदों रहेछ । मैले सोचेको हाम्रो समय र तिमीले खोजेको हाम्रो समय सायद फरक रह्यो ! म, म बिनाको परिवर्तनमा नरम्ने मान्छे ।
कामका लागि सानो सल्लाहका लागि नासोका लागि भेट्नेहरु ! माहोलका लागि एकछिन साथका लागि हाँसोका लागि भेट्नेहरु ! अनी सन्चै हो नी ? यत्तिकै देख्न मन थियो र । एकछिन संगै बसौँ भनेर । भेट्नेहरु । भेटघाटमा म अनी हामी को कहाँ छौँ खोज्दै छु । पहिलो भेट र तेश्रो भेट साट्न नमिल्ने !
त्यो कुनै पलको “भोगाई” फेरी भोग्ने चाह गर्नेहरु । मान्छेहरु ! कोही गल्ती गर्छन । कोही प्रेम गर्छन । कोही जागीर अनी कोही बिजनेस । कोही गाउँछन् । कोही नाच्छन् । कोही हँसाउछन् अनी कोही रुवाउछन् । अरु यस्तै केही ! बाँकी त्यो पल बुज्दा नबुज्दै सुतिसक्छन । हरेक दिन । हरेक रात । जिन्दगी […]
कोहि जन्मिनु, कसैका लागि जन्मिनु !
आजकल मान्छेले ट्विटर चलाउदैन । फेसबूक चलाउदैन । इन्टरनेट पनी चलाउदैन । आजकल ट्विटरले मान्छे चलाउछ । फेसबूकले मान्छे घुमाउछ । इन्टरनेटले मान्छे थकाउछ । हर्के दाई दश कट्ठा जग्गाको आली लगाएर थाक्दैनन । एक डोका साग कराउदै बेचिसक्दा नी ओठ सुकाउदैनन ।
सोच । थोरै संकोच । दोधार । भन्नु की नभन्नु ? फ्याँक्ने न हो । हावामा पुगेका कुराको डेसटिनेसन आईपी हुन्न क्यार । जसले सिग्नल पक्ड्यो त्यस्ले पड्कायो । भित्ताको नी कान हुन्छ रे । होस् । मध्यम लबज सुन्न कान थाप्नु पर्दैन । फेरी आखाँ जस्तो, कान चिम्लिन मिल्ने भए पो ! यो कुरो […]
जिन्दगीका कुनै पल आकाश खसोस, धर्ति फाटोस, आँधी आओस, हुरी चलोस्, सुध्रिन्नन ! जब, बेथितिले घेर्छ, घेर्छ !
बिहान उठेर ब्रस गर्ने ठुल्दाई आजकल ट्वीट हान्छन ।
सीसाकलमले कापीमा लेखेको भए इरेजरले मेटिदिन्थ्यो होला । नयनले मन अनी मनले नयनमा लेखेका यादहरु कसरी मेटियलान र !