बिवाह जिन्दगीको सबैभन्दा ठूलो फाईनान्सिएल डिसिजन हो ! त्यसैले बिवाह गर्न हतार नगर्नु !
बिवाह हुन र घर जग्गा जोडिन जुर्नु पर्छ रे ! अब कहिले जुर्ने हो त्यसैको पर्खाइमा छु ।
मलाई भिडभाड मन पर्दैनमान्छेहरुको हुल मन पर्दैन । मलाइ मसिन र गाडिहरुको कोलाहल मन पर्दैन । मलाई यसो फुर्सदमा टोलाउन नपाउने दैनिकी मन पर्दैन । काठमाडौंमा त्यस्तो केही छैन जो मन परोस सिवाए आफ्नो काम । काठमाडौंको बयान म एउटा जिब्रो भएको प्राणीले कसरी गरि सकुँला र ?
यो उमेर अचम्मको हुँदो रैछ । सबै कुरा उमेर कै खेल हो जस्तो लाग्न थालेको छ आजकल । जन्मियो, हुर्कियो१५-२० को हुँदा सम्म स्कुल गैयो ।स्कुल पछि क्याम्पस ।क्याम्पस पछि जागिर ।जागिर पछि बिहे ।बिहे पछि छोराछोरी, परिवार ।परिवार पछी घरजम । खयर भोग्न, देख्न धेरै बाँकी छ ।
जमाना फेसबुक र टुइटरको छ । बिहान सबेरै उठेर हग्न जानू पुर्व सर्सर्ती फेसबुक र टुइटरमा स्क्रोल गरियेन भने पाद मात्रै आउँछ ।
शङ्ख बज्नुघण्टी बज्नु भगवानका आरति गुन्जनु एउटा दैविक र आध्यात्मिक माहोल दैनिक एक घन्टा बन्नु सानो कुरा हैन जस्तो लाग्छ । आफ्नो संस्कारपरम्परा, रितिरिवाज यसरी दैनिकी बन्दै गुन्जीरहेको सुन्दा मन आनन्दित हुन्छ ।
रातमा सपनामा देखिने साथिहरु थुप्रै बनाइएछ ! दिउसो उज्यालोमा सपना देखाउने साथिहरु गुमाइयछ ! उमेर सायद ।
धेरै बोल्दा नचाहिने बोलिन्छ कि भन्ने संकोच । धेरै चल्दा केहि बिग्रिपो हाल्छ्की भन्ने त्रास । आजकल इन्द्रियहरु संकोच ले रोकिएका छन्। कुनै बेला उडेर आकाश छुन्छु भन्ने इक्छाहरुअहिले सुतेर सपना देख्न समेत चाह गर्दैनन्। यो उमेर हो ? उमेर मात्र ले त यस्तो नहुनु पर्ने !
गर्ने कुरा खेल्ने कुरा स्वादका कुरा सबै हेर्ने कुरा भए टिभि मोबाईल ईन्टरनेट ! हेरेका कुरा दिमागले बुज्ला शरीरका आबश्यकता कसरी पुगोस् ? आजकल केटाकेटी खेलेको खै? चलेको खै? बालचर्तीकला खै?
आजकल बिना कारणबिना प्रसङ्ग नबोल्ने, नलेख्ने, नगर्ने आदत लागेको छ।
खै खोला?घाम ले सुकायो! खै घाम?बादलले छेक्यो! खै बादल?हावाले उडायो! खै हावा?फू उ उ उ उ उ उ (लामो सास तान्नुस अनी फुक्नुस)