Bhupal Sapkota
धर्म हराए, शस्त्र हराउँछ । शास्त्र हराए, संस्कार हराउँछ । संस्कार हराए, संस्कृति हराउँछ । संस्कृति हराए, पहिचान हराउँछ । पहिचान हराए, सर्वस्व हराउँछ ।
मैले कपाल काटेँ भनिन्छ तर काट्ने त हजामले हो नि । हैन र?
जीवनमा झार खानुतर हार नखानु । P.s. झार = घाँसझार ≠ गाँजा
खाने आज हो भोलिलाई साँचेर के भो ? भोग्ने आज हो भोलिलाई बाँचेर के भो ?
बिवाह जिन्दगीको सबैभन्दा ठूलो फाईनान्सिएल डिसिजन हो ! त्यसैले बिवाह गर्न हतार नगर्नु !
बिवाह हुन र घर जग्गा जोडिन जुर्नु पर्छ रे ! अब कहिले जुर्ने हो त्यसैको पर्खाइमा छु ।
मलाई भिडभाड मन पर्दैनमान्छेहरुको हुल मन पर्दैन । मलाइ मसिन र गाडिहरुको कोलाहल मन पर्दैन । मलाई यसो फुर्सदमा टोलाउन नपाउने दैनिकी मन पर्दैन । काठमाडौंमा त्यस्तो केही छैन जो मन परोस सिवाए आफ्नो काम । काठमाडौंको बयान म एउटा जिब्रो भएको प्राणीले कसरी गरि सकुँला र ?
यो उमेर अचम्मको हुँदो रैछ । सबै कुरा उमेर कै खेल हो जस्तो लाग्न थालेको छ आजकल । जन्मियो, हुर्कियो१५-२० को हुँदा सम्म स्कुल गैयो ।स्कुल पछि क्याम्पस ।क्याम्पस पछि जागिर ।जागिर पछि बिहे ।बिहे पछि छोराछोरी, परिवार ।परिवार पछी घरजम । खयर भोग्न, देख्न धेरै बाँकी छ ।
जमाना फेसबुक र टुइटरको छ । बिहान सबेरै उठेर हग्न जानू पुर्व सर्सर्ती फेसबुक र टुइटरमा स्क्रोल गरियेन भने पाद मात्रै आउँछ ।
शङ्ख बज्नुघण्टी बज्नु भगवानका आरति गुन्जनु एउटा दैविक र आध्यात्मिक माहोल दैनिक एक घन्टा बन्नु सानो कुरा हैन जस्तो लाग्छ । आफ्नो संस्कारपरम्परा, रितिरिवाज यसरी दैनिकी बन्दै गुन्जीरहेको सुन्दा मन आनन्दित हुन्छ ।
रातमा सपनामा देखिने साथिहरु थुप्रै बनाइएछ ! दिउसो उज्यालोमा सपना देखाउने साथिहरु गुमाइयछ ! उमेर सायद ।