मान्छेले बुझ्दा सम्म
धेरै र थोरैमा
थोरै फरक छ ।
जब ज्यादै धेरै
अनि ज्यादै थोरै
जुन मान्छेको
बुझाइ भन्दा टाढाको
कुरा आउँछ
धेरै र थोरै
एकै हुन ।
त्यसैले धेरै धनी
र धेरै गरिबहरु
उस्तै हुन्छन् ।
जिन्दगी
मिडल क्लास नै
च्वास्सको हुन्छ !
Category: manasha
Tagged with: धेरै र थोरै • बुझाइ • मनशा • मिडल क्लास
धेरै र थोरै
https://bhupalsapkota.com/dherai-thorai/