Bhupal Sapkota
  
  
  
  
  
  तिमीले हेर्ने चन्द्रमा,   
अनी मैले हेर्ने जून !    
तिमीले हेर्ने आकाश,    
अनी मैले हेर्ने क्षितिज !    
तिमीले हेर्ने संसार,    
अनी मैले हेर्ने समाज !    
तिमीले हेर्ने जिन्दगी,    
अनी मैले हेर्ने समय !    
तिमीले हेर्ने आज,    
अनी मैले हेर्ने वर्तमान !    
तिमीले हेर्ने साथ,    
अनी मैले हेर्ने साथी !    
तिमीले हेर्ने माया,    
अनी मैले हेर्ने प्रेम !    
तिमीले हेर्ने सम्भावना,    
अनी मैले हेर्ने भबिष्य !    
तिमीले हेर्ने म,    
अनी मैले हेर्ने तिमी !    
तिम्रा नयन,    
र मेरा यी आखाँ | 
तिमी म हुनु   
म तिमी हुन्छु |    
एकछिनको लागि,    
हामी,    
 साटीउँ न,     
हुन्न ?
							हेराई							
https://bhupalsapkota.com/herai/