कस्तो, कति
किन, कसरी
के, को, कुन
कसलाई, कसले
कहाँ, केमा
कसको, कसकी
कहिले, कतिखेर !
यी शब्दहरुलाई
प्रसंगबस मिलाएर
केहि भावको आश गरि
फ्याकिएको बोलीले
कुराकानी लम्ब्याउछ।
तर मलाई,
बोल्न मन छैन !
Category: manasha
Tagged with: कुराकानी
लामो कुराकानी
https://bhupalsapkota.com/kurakani/