पल्पसा क्याफेको चिठी,
कसैले मेरो नाममा,
सम्बोधन गरेर,
(नगरेपनि)
भागे जस्तो लाग्छ,
प्रिय, भूपाल
..तपाइले मलाई,
सुटुक्क चोर्नु भयो,
र,
आफै,
हराउनु भयो !
…आखिर तपाई,
हुनुहुन्छ नै को,
जो,
अर्कालाई थप्पड हानेर,
हराउछ ?
.. प्रेम भन्ने,
शब्द नै,
किन उद्दरण गर्नु भयो,
जब तपाई,
सच्चा हुन सक्नुहुन्न भने ?
..बस म,
खाली कागज बनेर,
उडिरहेकी थिएँ !
तपाईलेनै,
च्याप्प समात्नुभयो,
र,
त्यसमा रंग भर्नुभयो,
तपाईलेनै, रङ्गीन प्वाँख टाँसीदिनुभयो |
म उड्न थाले !
..तपाई,
यति समयसम्म,
द्रिस्यबाट,
मेटिनुभयो,
कि,
म आफुलाई,
तपाई एउटा,
भ्रम हो भनेर,
शान्त पर्न बिबश भए!
..म चाहन्छु,
मेरो त्यो पुरानो समय,
फर्कोस,
तपाइलाई,
भेट्नु अगिको,
जहाँ म,
आफै,
एकनास,
मनको शान्ति भोगीरहेकी थिएँ,
जहाँ, मेरो त्यति नजिक,
कोही पप्रवेश गरेको थिएन !
र म पनि,
एस्तै केहि भन्दो हुँ,
न मेल आयो,
न कहिलै रींग !
पल्पसा क्याफे पढेपछि
https://bhupalsapkota.com/palpasacafe/