अँध्यारो रातमा
आँखा चिम्लिन
मन लाग्नु, सबैलाई लाग्छ।
तर म त्यस्तो अस्वाभाविकताको
उल्लेख गर्दैछु
जहाँ प्रचुर उज्यालोको रापमा नी
ढ्याम्म ढोका थुनेर
आँखा छोपेर
निदाएको ढोंग गर्छन मान्छेहरु।
[06]
Category: manasha
Tagged with: परिस्थिति
परिस्थितिहरु
https://bhupalsapkota.com/paristhitiharu/