Bhupal Sapkota
  
  
  
  
  
  मान्छे,    
जिन्दगीमा,    
जम्मा दुइटा अवस्थामा,    
 हुन्छ |
समस्या पर्दा,   
दुखी हुँदा,    
लाग्छ,    
आफू मात्र हो,    
जो समस्यामा छ |    
कसैलाई किन,    
वास्ता होस् ?    
जब सबै आ-आफ्नै,    
ध्याउन्नमा मस्त छन् !    
सबैको आफ्नो चटारो !    
आफ्नो कुरो आफुसंग हुन्छ |    
त्यस्तो कोहि भेटिन्न जो,    
आफूलाई बुझ्न सकोस |    
आफ्नो समस्याको अरुलाई के अर्थ ?    
दुनियालाई जथानाम,    
गाली गर्न सकिन्छ,    
कुर्लिन सकिन्छ !    
सालाहरु |    
समस्या नपर्दा,    
खुसी हुँदा,    
लाग्छ,    
संसारमा,    
 समस्या भन्ने चिज पनी,    
 छ र?    
मानौं,    
एकछिनको लागी,    
संसार आफ्नो,    
सबै आफ्ना |    
मिठो बोली,    
हसिलो चेहरा |    
मिठा कुरा |    
बस् |    
यो पो हो त,    
जिन्दगी !    
यी दुबै अवस्थामा,   
आफ्नो बोली,    
वचन,    
व्यवहार,    
अनी आफ्नोपन,    
जसले,    
 निस्वार्थ प्रस्तुत गर्न सक्यो,   
जसले,    
सहृदय आफूलाई समाल्न सक्यो,    
जसले,    
आफ्नो कर्तब्य बिर्सेन,    
त्यो मान्छेलाई मेरो,    
"सलाम साप !" , सुनाइदिनु |
मलाई,   
 त्यस्ता साहेब हरुसंग भेट्नु छ |    
म केहि सिक्न चाहन्छु |    
म,    
जिन्दगी बाँचेको,    
 मजा लुट्न चाहने मान्छे !
							समस्या							
https://bhupalsapkota.com/samasya/