जुन दिन अन्धो मान्छेले
आँखा देख्छ,
त्यो दिन
उसले सबैभन्दा पहिले
त्यहि लौरो फ्याँक्छ
जसले उसलाई जीवनभर
सहारा दियो ।
अनि, पानी पर्न बन्द भएपछी
छाता मान्छेलाई घाँडो हुन्छ ।
जब आफुलाई
फाइदा हुन छाड्छ,
साथहरु छुट्छन,
सम्बन्धहरु टुट्छन ।
सतर्क भएनौ भने
सबैले तिमीलाई
लुट्न सम्म लुट्छन !
यो मैले भनेको हैन
दुनिया यहि भनिरा छ
बर्षौं देखि ।
तिमीले अहिले सम्म
सुनेनौ? बुजेनौ? भोगेनौ?
स्वार्थी दुनिया
https://bhupalsapkota.com/swarthiduniya/