पढेर, जागिर खान सक्ने हुने हैन ! जागिर खान नपर्ने होउ ।
Jiwan ka Mahatwapurna Path haru – Umer le jiwan ka mulya ra prathamikta haru ko kasari paribartan hunchha sabailai sikauchha, bujhauchha. जीवनका महत्वपूर्ण पाठ: उमेरसँगै मूल्य र प्राथमिकताहरूको परिवर्तन । उमेर अनुसार शिक्षा, सुन्दरता, पद, सम्पत्ति, र पैसाको अर्थ कसरी बदलिन्छ? यी पाठहरूले तनावमुक्त जीवन जिउने र अहिलेको पललाई मूल्यवान् मान्न प्रेरित गर्छन्। कुरो बुझिराखौ […]
नयाँ दिनको शुभकामना ! हरेक दिन ब्रह्म मुहूर्तमा या सूर्योदय पहिले उठ्नु र आफ्नो नित्य कर्म गर्नु ! सर्जकमा नमन सुर्य, चन्द्र, पृथ्वी, वायु, जल, अग्नि, आकाश सबै चलायमान छन् र त जीवन छ ! सम्पुर्ण चराचर जसले यो मेरो अस्तित्व सम्भब बनाएका छन् ती सबैमा कोटिकोटी नमन् । म यो आजको दिन पनि सदाझैँ […]
नेपाल न विदेशदैनिक व्यस्तताले हकानिएर माध्यम र सूचनाको फरक गम्न नचाहेर, रातो, सानोचारपाटे नोटिफिकेसनमाखुसिको आशा थोपरेर आफ्ना संस्कार, आफ्ना साहित्यर आफ्ना गुरुका सिकाईमा बिश्वास नभेटेर अपरिचित लाईकको पछी दौडेको “आधुनिक मान्छे” ! आफ्नो नाम * , आफ्ना फोटा अनी नबुझेको तर बुझेको झैँ लाग्ने नचिनेको तर चिने झैँ लाग्ने नचाहेको तर चाहे झैँ लाग्ने नखोजेको तर खोजे झैँ लाग्ने काम […]
सँगै चिया खाँदाको कुरो चिया नखाँदाको कुरो उही कुरो । चियाको कुरो भए चिया हुँदा हुन्थ्यो चिया नहुँदा हुन्थेन । समयको कुरो भोगेको कुरो चिया सँगै हुनु र चिया सँगै नहुनुले कुरो को चुरो के पो फरक थियो र ! न होला !
कहिले कहिँ लाग्छअनुभवीहरुअनुभवहिनका अनुभव प्रति फगत हाँसीरहेछन । आफू हिन्ने बाटोफगत मेट्दै हिनिरहेछन् ।स्वार्थी हरु ! [61] ”experienced are laughing at the experiences of inexperienced, instead of guiding them”
आफुलाई care गर्नेहरुआफ्नो अवस्थाबारेguessमिलाउछन ।[61]
मागेर पाइने कुरा रैनछ, किनेर पाइने कुरा रैनछ, खोजेर पाइने कुरा रैनछ | बेच्न नमिल्ने कुरा रैछ, लिन-दिन नमिल्ने कुरा रैछ | माने हुने कुरा रैछ, नमाने नहुने कुरा रैछ |
समय, परिस्थिति, बुझ्नु, त्यसमा भिज्नु, माहोलको, मजा लुट्नु | जान्नु, नितान्त आफ्नो कुरो !
वास्ता नगरेको प्रस्ताब | फुस्केको जागिर | छाडेको पद | नलिएको पैसो | छुटेको सम्बन्ध | उम्केको माछो, ठूलो हुन्छ रे !
नेपालमा university छैनन् teacher छैनन् अरु त अरु, student नै छैनन् | exam हुदैनन्, certificate को अर्थ लाग्दैन, यहाँ | बेला बेला.. आफूँ पनी छु जस्तो लाग्दैन | यहाँ, सोचहरु छन् भुँडी छन् रक्सि छ चुरोट छ.. गल्लि छन्.. चोक छन्.. गफ छन्.. मजा छ ! यत्तिले हो अडिने, अडिने | भाग्ने, भाग्ने |