बिक्रम सम्बत २०८० सुरु हुदै गर्दा मैले आफ्नो अमेरिका बसाईको अनुभब समेटेर ब्लग लेख्छु भनेर एउटा रिजोलुसन लेखेको थिएँ । तर मलाई केहि कुरा सुरु गर्न त्यो कुरा किन गर्न लागेको हो भन्ने प्रश्नको उत्तर मिलेन भने सो काम गर्नै मन लाग्दैन । यो मेरो सानै देखिको बानि थियो । यो ब्लग पोस्टमा सो बारेमा […]
भौतिक र सांसारिक रसमा रम्ने हुँदो हुँ त अमेरिका छाढ्थिन होला ! आफू ज्ञानको पारखी । सत्य र धर्म पथको सारथी । भगवानसंग जोडिने आशावादी ! अब अध्यात्म ज्ञान भेट्न नेपाल भन्दा उत्तम तपोभूमी यो संसारमा कहाँ पो होला र? 2079, Falgun #manasha
दाई म २२ बर्षको केटोले नेपालमा कहाँ गाडी चडेर हिंड्न् सक्थेँ होला र ? अनि कहाँ धनी-धनाड्यले सपिङ गर्ने ठाउँमा आफ्नो ग्रोसरी सपिङ गर्न पाउँथे र ! मलाई यहीँ ठाउँ ठिक छ । यो देशले मागेर हैन काम गरेर खान सिकाएको छ । धनी गरिब नभनिकन सबैलाई उस्तै अपर्च्युनिटी दिएको छ । दाई म अब […]
“तिम्रो त अम्रिका जाने सुर छैन ?” “हजुरआमाले मन्दिर यहीं छन्, देउता यहीं छन् भन्नुभएको होइन ?” “ए, तिमी पनी मन्दिर जान्छौ ? द्यौता मान्छौ ?” “म चित्रकार हुँ हजुरआमा”, “चित्रकारका लागि विषयवस्तु यहीँ छन्, रंग यहीँ छन् ।” [ पल्पसा क्याफे 7 ]