बूढीमाउ त जुरुक्क उठिन् र क्यासेट फेरी रिवाइन्ड गरिन् । त्यही गीत आयो । झमझम पानी पर्यो अषाढको रात पारिबाट बज्न थाले मकैका पात… लट्ठी फालेर सर्लक्क मेहरो मार्दै उनि सिमलको फूलझैँ हलुङ्गो भइन्, हात हल्लाएर नाच्न थालिन् । हावाले पात हल्लाएकोजस्तो भयो । मेरा हात पनि तानिन् । म उनीसंगै नाच्न खोज्दा झमझम पानीमा […]
“पढपढ”, उनले भनिन् – “बूढीमान्छे, गन्थन मात्र आउँछ ।” “तपाई राम्रो कुरा गर्नुहुन्छ हजुरआमा, झिजो लाग्दैन ।” “भन्दियौ नी !” “मैले साँचो भनेको ।” “ल बा,” उनले भनिन् – “दुई शब्दले पनी सन्चो भो ।” [ पल्पसा क्याफे 7 ]
“तिम्रो त अम्रिका जाने सुर छैन ?” “हजुरआमाले मन्दिर यहीं छन्, देउता यहीं छन् भन्नुभएको होइन ?” “ए, तिमी पनी मन्दिर जान्छौ ? द्यौता मान्छौ ?” “म चित्रकार हुँ हजुरआमा”, “चित्रकारका लागि विषयवस्तु यहीँ छन्, रंग यहीँ छन् ।” [ पल्पसा क्याफे 7 ]
सडकभन्दा अगाडि बिमानस्थल बनेको र मोटरभन्दा अगाडि जहाज चढ्ने नेपालीहरु बसेको यो राजधानी । घरभन्दा बढी मन्दिर र मन्दिरभन्दा बढी देवता भन्ने सुनेको सही हो भन्ने मलाई परिरहेछ । राति झ्यालमा टाढा कतै बहालबाट आइरहेको मधुर भजन एकोहोरो सुनिन्छ । कुनै गतिविधि छैन । सहरको कुनै आवाज छैन । रातभरि भजन भइरहेको र तेलको दियो […]
कलाकारसँग सकिदैन । उनीहरु अर्को संसार रचना गर्छन् । अर्कै भूगोल निर्माण गर्छन् । र आफूले चाहेअनुसारका पात्र बनाउँछन् । यी बुद्ध कस्तरी हेर्दै छन् हेर्नेक आखैमा बस्ने गरी ! मैले मूर्ति बनाएँ भने बुद्धका आँखा अर्कै बनाउन सक्छु । मेरो मूर्तिमर्फत बुद्धले यस्तरी नहेर्न सक्छन् । ती बुद्धका आँखामा भ्रान्ति हुन सक्छ । म […]
चित्रकारका लागी प्रदर्शनी लेखका लागि पुस्तक प्रकाशनजस्तै हो । गायकका लागि स्टेज परफर्मेन्सजस्तै हो । पत्रकारका लागि बाइलाइन स्टोरीजस्तै हो । [ पल्पसा क्याफे 6 ]
रचनाका लागी तन्मय हुन सक्नुपर्छ । तनावलाई कसरी निकास दिने, आफैमा भर पर्छ । [ पल्पसा क्याफे 6 ]
"ट्रेन कतिखेर छुट्छ ?", "छुटिसक्यो |", "किन त्यसो गर्नुभा?", "तिमीले गर्दा |", "मैले के गरे ?", "केहि गरिनौ |" [palpasa cafe]
संबिधानको धाराझै, मेरो साथी, अपहरित भएको छ | उसको कथा मात्र, मसंग छ | [palpasa cafe]
नीलो मसीवाल कलमले, रातो अक्षर लेखेको छ | रंगले आजकल आफ्नो, भाषा बदलेको छ | [palpasa cafe]
एकाबिहानै सन्किनुको, के अर्थ हुन्छ ? [palpasa cafe]