Bhupal Sapkota Software Consultant Helping founders build
and launch their ideas with code & AI

Bhupal's Newsletter

I send out occassional email with programming resources, summaries of my readings on art, science, and commerce behind technology, my writings on growing an online business etc. Feel free to subscribe, no spam!

Home

पढ्नु गर्नु

पढ्ने कुरा यति धेरै छन् तै, मान्छेहरु सोचेर बस्छन ! गर्ने कुराहरु यति धेरै छन् तै, मान्छेहरु सोचेर बस्छन ! महान र विद्वान व्यक्तिहरुले नसोचेको के होला यो दुनियामा सोच्न बाँकी के नै होला ? आफ्नै सोच बाहेक अन्य विचारको स्रोतहरुमा बिश्वास नभएर हो? आस्था नभएर हो? नत्र मान्छेले, खुरुखुरु शास्त्रहरु (पुस्तक) पढ्नु अनि आफुले […]

Tagged with:

राम्रा मान्छे

कसैलाई राम्रो बनाउछु भनेर तिमीले चाहेर हुने हैन ! राम्रा मान्छे त्यसैले देउता भेटाउने आशामा ढुंगा चाहर्दै नदि किनार किनार खोज्दै जाऊ ! अनि भेटेसी पूजा गरेर राख !  

Tagged with:

स्वार्थी दुनिया

जुन दिन अन्धो मान्छेले आँखा देख्छ, त्यो दिन उसले सबैभन्दा पहिले त्यहि लौरो फ्याँक्छ जसले उसलाई जीवनभर सहारा दियो । अनि, पानी पर्न बन्द भएपछी छाता मान्छेलाई घाँडो हुन्छ । जब आफुलाई फाइदा हुन छाड्छ, साथहरु छुट्छन, सम्बन्धहरु टुट्छन । सतर्क भएनौ भने सबैले तिमीलाई लुट्न सम्म लुट्छन ! यो मैले भनेको हैन दुनिया यहि […]

Tagged with:

समय, पैसो र प्रतिष्ठा

कि पैसो कमाउन मेहनत गर्नुस् कि समय कमाउनुहोस् दुई कौडिका मान्छेको प्रतिष्ठा कमाउन मरिहत्ते गर्नु भयो भने न त तपाईं सँग समय हुनेछ न त पैसो । अनि खाँचो पर्दा तिनै मान्छेले ताली पड्काएर तपाईको अप्ठ्यारो टार्दिनेछ्न् ।।

Tagged with:

संगत

चुम्बक को संगत पाउँदा फलाम चुम्बक बन्छ ! जस्तो संगत मा पर्यो मान्छे बिस्तारै त्यस्तै बन्दै जान्छ ।

Tagged with:

अफिस

मान्छे अफिस जान  रमाउने पनी  हुँदो रैछ है सर ?

Tagged with:

मान्छे

आफुसंग भएका  आफ्ना कुराको  बे-वास्ता गरी  नभएका कुरा  खोज्दै भौतारिने प्राणी !

Tagged with:

मान्छे

हजार होलान, नभए सय ! मान्छे छन् | जो, अरुका लागी, बाँच्नु, आफू बाँच्नु मान्छन् ! जो, अरुका लागी, हाँस्नु, आफू हाँस्नु ठान्छन !

Tagged with:

दुखि

इच्छा, जसका पनि हुन्छन, अनगिन्ति! आफ्ना इच्छा, पुग्नै पर्छ, अनि, नपुग्नु दुख हो, भन्नेहरु, दुखि हुन् |

Tagged with:

मान्छे

आफैँलाई,प्रश्न,सोध्ने,अनि,आफैले,उत्तर दिने!यस्तो मान्छे,बोल्नु नै,किन,हँ?

Tagged with:

व्यावहारीक

व्यावहारीक,स्पष्टता,जसले,मन पराउँछ ।तर,कती,नै,छन,र,जो,स्पष्ट,छन ।

Tagged with:

« Older Entries