पुरै अनुहार त कसरी भन्नू तिनले अँखा चिम्लिएका छन । अनुहारको केन्द्र अँखाविना अनुहार पूरा हुन सक्तैन । तिनको नाक चुपचाप छ । नाक चुपचाप हुनु भनेको पुरै शरीर चुपचाप हुनुरहेछ । सास नफेरेको अनुहारलाई अनुहार भनिन्छ कि भनिन्न ?
खै कसले हो ओढाएको सेतो कात्रो उल्टाएर तिनको अनुहार देखाइदिए । मैले हेरिदिएँ पुलुक्क ! यसरी पुरै अनुहार हेरेको यहि हो पहिलोपटक र अन्तिमपटक पनि !
चौतारो आयो । चौतारोले आउ न एकछिन बसेर जाउ भनेजस्तो लाग्यो । एकछिन थकाइ मार शितल ताप पसिना पुछ दुख बिसाउ अनि जाउ भनेजस्तै लाग्यो ।
ई कानले जे नि सुन्न पर्नी ! यी अँखाले जस्तो नि देख्न पर्नी ! यो जिवनले जस्तो नि भोग्न पर्नी !
बैशाखको मन्द बतास चलिरहेको छ । वरपिपलका पातहरु बताससँग सुस्तरी सासले बात गरिरहेका छन् । म भने एक्लै आफुसँग बात मारिरहेकी छु । एक्लोपनले आफैसँग कुरा गर्न र आफ्नो साथी आफैलाइ बनाउन सिकाउँदो रहेछ ।
मलाई आमाले पहिलोपटक दुई हत्केलाले उठाएर काखमा लिँदाको क्षण, पहिलोपटक नुहाइदिएको, आमाको पहिलो चुम्बन, पहिलोपटक मनतातो तेल लगाइदिएको क्षण, आमाले खुवाएको पहिलो गाँस, सुनेको र सिकेको पहिलो शब्द, असिम मायाले मेरो गालामा पारेको पहिलो प्याट्ट, पहिलोपटक आफैले फेरेको कोल्टे, चार खुट्टाले हिँडेको अनि दुई खुट्टाले आमाको हात समाएर थैथै गर्दै हिँडेको सम्झिन मन छ ।
यो उपन्यास संस्कृति नामको घनले टाउकोमा एकोहोरो ठोकेर उठ्नै नपाएका पात्रहरुको आँसु र पिडाको महाकाब्य हो । – सुशान्त गुरुङ, गरिमा मासिक
जीवनलाई जीवनबाट पन्छाएर होइन भोगेर मात्र राम्ररी बुझ्न् सकिने रहेछ !