Bhupal Sapkota
पढ्ने कुरा यति धेरै छन्
तै, मान्छेहरु सोचेर बस्छन !
गर्ने कुराहरु यति धेरै छन्
तै, मान्छेहरु सोचेर बस्छन !
महान र विद्वान व्यक्तिहरुले नसोचेको के होला
यो दुनियामा सोच्न बाँकी के नै होला ?
आफ्नै सोच बाहेक
अन्य विचारको स्रोतहरुमा
बिश्वास नभएर हो?
आस्था नभएर हो?
नत्र मान्छेले,
खुरुखुरु शास्त्रहरु (पुस्तक) पढ्नु अनि
आफुले गर्न खोजेको कुरा गर्नु भन्दा
उत्कृस्ट कार्य के नै छ होला र ?
पढ्नु गर्नु
https://bhupalsapkota.com/padhnu/