अँध्यारो रातमा आँखा चिम्लिन मन लाग्नु, सबैलाई लाग्छ। तर म त्यस्तो अस्वाभाविकताको उल्लेख गर्दैछु जहाँ प्रचुर उज्यालोको रापमा नी ढ्याम्म ढोका थुनेर आँखा छोपेर निदाएको ढोंग गर्छन मान्छेहरु। [06]
आफूलाई सुधार्न अरु चाहिन्छ भन्ने लाग्छ भने, आफू बिग्रेछु भनेर बुझ्नु ! [06]
आँफुले राम्रो गरे सबैले राम्रो गर्छन भनेर, सोच्न थालेको छु। [05]
कुनै बेला कुराहरु धेरै भए कुराहरु मुछिए दहि बनाएर मथिए। अनि आजमाउन भनियो मलाई। यी, जिन्दगि यस्तो चल्दै छ ![06]
राम्ररी, खुलेर हाँस्न सके सब ठिक हुन्छ।
जति दिन बित्छन त्यति सोचाई जटिल बन्ने समयको खेल सायद। [05]
शब्दहरु सकिएपछि दोहोरिन थाल्छन दिन पछि रात त्यसपछि फेरी दिन । दिन बदलिन्छ, हो । उज्यालो नै त हो हुने ! सोच बदलेलान शब्दहरु नै त हुन् । तिनै शब्द !
मलाई योत्यो यस्तो त्यस्तो चाहिन्छ ? चाहिदैन । म यसो गर्दिन त्यसो गर्छु त्यहाँ जान्छु ? जान्न। एकदम बितृष्णाको सोच लाग्छ, संकुचित ! जीवन आज की भोली केलाई छुटाउनु छ र ?
सुरुमा एक पेग भनन हुन्थ्यो। त्यसपछि दुई फनन हुन्थ्यो। अर्को पाली तीन रनन हुन्थ्यो ! अनि चार झनन हुन्थ्यो। आजकल पेग पानी बनेको छ खाऊ, फालफाल खाऊ । पानी पेग बनेन थियो होला, बिर्सियो !
कुनै नौलो बिषय रहेन अब, दुख सुख नभनी भएन ! समयले यसरी ऐना देखायो कि आफ्नै अनुहार अब आफ्नो रहेन। त्यहाँ कुनै अपरिचित मान्छे देख्छु। आफ्नै लागी समय पुगेन आफ्नै दृष्य धमिलो लाग्छ। अमिलो लाग्छ।
आँखामा नशा नशामा मजा मजामा सजा । यो एउटा सिक्री हो। मजा गर्नु अनि सजा नमान्नु त्यस्तो हुन्न रैछ ।