Bhupal Sapkota
विगत च्यात्दै छु आफुलाई केलाउदै छु । निरश बन्दै गईरहेका दिनमा पुराना सकारात्मकता खोज्दै जोस्याउँदै छु, सेलाउँदै छु आफुलाई ।
विदेशमा कामको पसल थपेर बसेका त हुन्नन् नि ! [09]
तर छोरा जमाना प्रतिस्पर्धाको छ। जुन बाटो जा कडा मेहनत र संघर्स बिनाको सफलता कदापी भेट्ने छैनस आशै नगर्नु ![09]
त्यै, अनकन्टारमा त टुसो पलाउँछ भने ! [06]
अँध्यारो रातमा आँखा चिम्लिन मन लाग्नु, सबैलाई लाग्छ। तर म त्यस्तो अस्वाभाविकताको उल्लेख गर्दैछु जहाँ प्रचुर उज्यालोको रापमा नी ढ्याम्म ढोका थुनेर आँखा छोपेर निदाएको ढोंग गर्छन मान्छेहरु। [06]
आफूलाई सुधार्न अरु चाहिन्छ भन्ने लाग्छ भने, आफू बिग्रेछु भनेर बुझ्नु ! [06]
आँफुले राम्रो गरे सबैले राम्रो गर्छन भनेर, सोच्न थालेको छु। [05]
कुनै बेला कुराहरु धेरै भए कुराहरु मुछिए दहि बनाएर मथिए। अनि आजमाउन भनियो मलाई। यी, जिन्दगि यस्तो चल्दै छ ![06]
राम्ररी, खुलेर हाँस्न सके सब ठिक हुन्छ।
जति दिन बित्छन त्यति सोचाई जटिल बन्ने समयको खेल सायद। [05]
शब्दहरु सकिएपछि दोहोरिन थाल्छन दिन पछि रात त्यसपछि फेरी दिन । दिन बदलिन्छ, हो । उज्यालो नै त हो हुने ! सोच बदलेलान शब्दहरु नै त हुन् । तिनै शब्द !