गफ-गाफ ? भेटघाट ? फुर्सद छैन । मिल्दैन । मिलाउन सकिन्न । यहाँ मान्छेलाई टोलाउने फुर्सद छैन । चौतारी मुनी बसेर, पीपलको हावा खादैं, अब आउने तिहारमा देउसी खेल्ने कुरो बुन्ने कस्ले ? फर्पिङको नास्पती, सकियो होला । पारी डाँडामा, लालीगुराँस फुले अरे, फूलुन । मनकामना घुम्न जाँदा, खुसुक्क टिपेका सुन्तला सुन्तला लाग्दैनन् यहाँ । […]
मन छुनेहरुलाई बोलीको के अर्थ दृश्यको के रहर । स्वर्ग मानेको तिम्रो उपस्थितिमा त्यसैले, म बिलायेथें | बोलीको अर्थ बुझाई हुदाँसम्म को तड्पीन्थ्यो र । बेला बित्दा बोलीले मन छुँदो रैछ ।
कुनै बेला तिमीमा विश्वास नलाग्दा, मैले आफुँमा विश्वास गर्ने सहारा भेट्दिन ।
बूढीमाउ त जुरुक्क उठिन् र क्यासेट फेरी रिवाइन्ड गरिन् । त्यही गीत आयो । झमझम पानी पर्यो अषाढको रात पारिबाट बज्न थाले मकैका पात… लट्ठी फालेर सर्लक्क मेहरो मार्दै उनि सिमलको फूलझैँ हलुङ्गो भइन्, हात हल्लाएर नाच्न थालिन् । हावाले पात हल्लाएकोजस्तो भयो । मेरा हात पनि तानिन् । म उनीसंगै नाच्न खोज्दा झमझम पानीमा […]
“पढपढ”, उनले भनिन् – “बूढीमान्छे, गन्थन मात्र आउँछ ।” “तपाई राम्रो कुरा गर्नुहुन्छ हजुरआमा, झिजो लाग्दैन ।” “भन्दियौ नी !” “मैले साँचो भनेको ।” “ल बा,” उनले भनिन् – “दुई शब्दले पनी सन्चो भो ।” [ पल्पसा क्याफे 7 ]
“तिम्रो त अम्रिका जाने सुर छैन ?” “हजुरआमाले मन्दिर यहीं छन्, देउता यहीं छन् भन्नुभएको होइन ?” “ए, तिमी पनी मन्दिर जान्छौ ? द्यौता मान्छौ ?” “म चित्रकार हुँ हजुरआमा”, “चित्रकारका लागि विषयवस्तु यहीँ छन्, रंग यहीँ छन् ।” [ पल्पसा क्याफे 7 ]
सडकभन्दा अगाडि बिमानस्थल बनेको र मोटरभन्दा अगाडि जहाज चढ्ने नेपालीहरु बसेको यो राजधानी । घरभन्दा बढी मन्दिर र मन्दिरभन्दा बढी देवता भन्ने सुनेको सही हो भन्ने मलाई परिरहेछ । राति झ्यालमा टाढा कतै बहालबाट आइरहेको मधुर भजन एकोहोरो सुनिन्छ । कुनै गतिविधि छैन । सहरको कुनै आवाज छैन । रातभरि भजन भइरहेको र तेलको दियो […]
कलाकारसँग सकिदैन । उनीहरु अर्को संसार रचना गर्छन् । अर्कै भूगोल निर्माण गर्छन् । र आफूले चाहेअनुसारका पात्र बनाउँछन् । यी बुद्ध कस्तरी हेर्दै छन् हेर्नेक आखैमा बस्ने गरी ! मैले मूर्ति बनाएँ भने बुद्धका आँखा अर्कै बनाउन सक्छु । मेरो मूर्तिमर्फत बुद्धले यस्तरी नहेर्न सक्छन् । ती बुद्धका आँखामा भ्रान्ति हुन सक्छ । म […]
चित्रकारका लागी प्रदर्शनी लेखका लागि पुस्तक प्रकाशनजस्तै हो । गायकका लागि स्टेज परफर्मेन्सजस्तै हो । पत्रकारका लागि बाइलाइन स्टोरीजस्तै हो । [ पल्पसा क्याफे 6 ]
रचनाका लागी तन्मय हुन सक्नुपर्छ । तनावलाई कसरी निकास दिने, आफैमा भर पर्छ । [ पल्पसा क्याफे 6 ]
यहाँका कुखुरा अल्छी छनसाढे-आठमा बास्छ्नभक्तपुरे जुजुधौसाढे-छमा काठमाण्डौं छिर्दो हो ! यहाँका डाँफेराजतन्त्र गएपछिलोप भएको भान हुन्छ ।मुनालहरु,लोकतन्त्र आएपछि ! यहाँका भगेंराहरु,गन्तब्य बिहिनफ्याट्ट, फुट्टउर्लिन्छन्, उफ्रिन्छन ।मन,तिनको नी हुदों होउफ्रिदा खुट्टा-दुख्दा हुन्बाध्यता हुनुपर्छ ।आफ्नो काममा सेक्युरिटी जसले खोज्छ नी ।नभए, उफ्रिन कर लाग्छ ।उफ्रिनु पर्छ । यहाँका मयुरहरूकोनर्तकी कुन चाहिँ पिक्सारलेउतार्ला र ! यहाँका कोइलीसंगीत रच्छन्उस्तैलाईसुरमा लठ्याउने […]