Bhupal Sapkota
सोच । थोरै संकोच । दोधार । भन्नु की नभन्नु ? फ्याँक्ने न हो । हावामा पुगेका कुराको डेसटिनेसन आईपी हुन्न क्यार । जसले सिग्नल पक्ड्यो त्यस्ले पड्कायो । भित्ताको नी कान हुन्छ रे । होस् । मध्यम लबज सुन्न कान थाप्नु पर्दैन । फेरी आखाँ जस्तो, कान चिम्लिन मिल्ने भए पो ! यो कुरो […]
जिन्दगीका कुनै पल आकाश खसोस, धर्ति फाटोस, आँधी आओस, हुरी चलोस्, सुध्रिन्नन ! जब, बेथितिले घेर्छ, घेर्छ !
बिहान उठेर ब्रस गर्ने ठुल्दाई आजकल ट्वीट हान्छन ।
सीसाकलमले कापीमा लेखेको भए इरेजरले मेटिदिन्थ्यो होला । नयनले मन अनी मनले नयनमा लेखेका यादहरु कसरी मेटियलान र !
गफ-गाफ ? भेटघाट ? फुर्सद छैन । मिल्दैन । मिलाउन सकिन्न । यहाँ मान्छेलाई टोलाउने फुर्सद छैन । चौतारी मुनी बसेर, पीपलको हावा खादैं, अब आउने तिहारमा देउसी खेल्ने कुरो बुन्ने कस्ले ? फर्पिङको नास्पती, सकियो होला । पारी डाँडामा, लालीगुराँस फुले अरे, फूलुन । मनकामना घुम्न जाँदा, खुसुक्क टिपेका सुन्तला सुन्तला लाग्दैनन् यहाँ । […]
मन छुनेहरुलाई बोलीको के अर्थ दृश्यको के रहर । स्वर्ग मानेको तिम्रो उपस्थितिमा त्यसैले, म बिलायेथें | बोलीको अर्थ बुझाई हुदाँसम्म को तड्पीन्थ्यो र । बेला बित्दा बोलीले मन छुँदो रैछ ।
कुनै बेला तिमीमा विश्वास नलाग्दा, मैले आफुँमा विश्वास गर्ने सहारा भेट्दिन ।
बूढीमाउ त जुरुक्क उठिन् र क्यासेट फेरी रिवाइन्ड गरिन् । त्यही गीत आयो । झमझम पानी पर्यो अषाढको रात पारिबाट बज्न थाले मकैका पात… लट्ठी फालेर सर्लक्क मेहरो मार्दै उनि सिमलको फूलझैँ हलुङ्गो भइन्, हात हल्लाएर नाच्न थालिन् । हावाले पात हल्लाएकोजस्तो भयो । मेरा हात पनि तानिन् । म उनीसंगै नाच्न खोज्दा झमझम पानीमा […]
“पढपढ”, उनले भनिन् – “बूढीमान्छे, गन्थन मात्र आउँछ ।” “तपाई राम्रो कुरा गर्नुहुन्छ हजुरआमा, झिजो लाग्दैन ।” “भन्दियौ नी !” “मैले साँचो भनेको ।” “ल बा,” उनले भनिन् – “दुई शब्दले पनी सन्चो भो ।” [ पल्पसा क्याफे 7 ]
“तिम्रो त अम्रिका जाने सुर छैन ?” “हजुरआमाले मन्दिर यहीं छन्, देउता यहीं छन् भन्नुभएको होइन ?” “ए, तिमी पनी मन्दिर जान्छौ ? द्यौता मान्छौ ?” “म चित्रकार हुँ हजुरआमा”, “चित्रकारका लागि विषयवस्तु यहीँ छन्, रंग यहीँ छन् ।” [ पल्पसा क्याफे 7 ]
सडकभन्दा अगाडि बिमानस्थल बनेको र मोटरभन्दा अगाडि जहाज चढ्ने नेपालीहरु बसेको यो राजधानी । घरभन्दा बढी मन्दिर र मन्दिरभन्दा बढी देवता भन्ने सुनेको सही हो भन्ने मलाई परिरहेछ । राति झ्यालमा टाढा कतै बहालबाट आइरहेको मधुर भजन एकोहोरो सुनिन्छ । कुनै गतिविधि छैन । सहरको कुनै आवाज छैन । रातभरि भजन भइरहेको र तेलको दियो […]