Bhupal Sapkota Software Consultant Helping founders build
and launch their ideas with code & AI

Bhupal's Newsletter

I send out occassional email with programming resources, summaries of my readings on art, science, and commerce behind technology, my writings on growing an online business etc. Feel free to subscribe, no spam!

Home

🚀 मनशा / manasha

#manasha – an expression of the experience of a moment!
i do collect
some simple sentences,
i like to play around
words.
love to smudge them,
give a sweet sound,
add some music
to let them fly.

पाद्ने कि पड्काउने ?

जसले भनेको गर्छ उसले पड्काउँछ । जसले बोलेको गर्छ उसले पड्काउँछ । जसले लेखेको गर्छ उसले पड्काउँछ । जसले सुनेको गर्छ उसले पड्काउँछ । जसले पढेको गर्छ उसले नि पड्काउँछ । जसले सिकेको गर्छ उसले पड्काउँछ । जसले सोधेको गर्छ उसले पड्काउँछ । जसले सोचेको गर्छ उसले झनै पड्काउँछ । जसले गर्दैन, उसले पाद्छ मात्र […]

Tagged with:

Author

You are the author of your life. Write a great one!

Tagged with:

स्वनिर्णय

स्वनिर्णय (self decision) अर्थात आत्मनिर्णयको (self determination) लागि मनन, चिन्तन (contemplation) र आत्मनिरिक्षण (introspection) जरुरी छ ! #DecideYourself #KnowYourself

Tagged with:

मन को सुन्नु

दिमागको भर नपर्नु यो थीर हुदैन मन अडिग भई रहन्छ सधैँ मनको कुरा सुन्नु र गर्नु ! त्यसको लागि आफ्नो मनलाई चिन्नु, बुज्नु, समजनु ! त्यसको लागि आफ्नो लागि समय छुट्याउनु ! आफुलाई नियाल्नु ! आफुलाई पढ्नु ! आफुलाई खोतल्नु ! जसले यो मनशा जान्यो उसले पढ्कायो ! #FollowYourHeart

Tagged with:

समय, पैसो र प्रतिष्ठा

कि पैसो कमाउन मेहनत गर्नुस् कि समय कमाउनुहोस् दुई कौडिका मान्छेको प्रतिष्ठा कमाउन मरिहत्ते गर्नु भयो भने न त तपाईं सँग समय हुनेछ न त पैसो । अनि खाँचो पर्दा तिनै मान्छेले ताली पड्काएर तपाईको अप्ठ्यारो टार्दिनेछ्न् ।।

Tagged with:

भान्दाई

दशैँको जमघट तासका खाल, तासका परिकार झन्डी दाऊ पर्दाका नचाई पासा कौडाका उफ्राई पिङका मच्चाई अनि गीत घन्काई कमर मर्काई-मर्काई नाच्दै बिर्सेका बर्सौँका दुरि र थकाई ! दुई चुस्की लगाउँदै जमेका खाल भए मनका भडास अनि माया र बर्सदिनका याद अनि सम्झना कट्फट पिच्छे फुस्किन्थे होलान्, पोखिन्थे होलान् । होस्-हवास र अर्ध-निद्राको माहोलमा मन खोल्न […]

Tagged with:

साथी

छाडेर जाने साथी तँलाई के थाहा तेरो न्यास्रो मेटाउने लाखौं कोसिस गर्दा नि मैले, नयाँ साथी भेटाउन सकिन । साथको तूक बुझ्दाको उमेर साथको वास्तविक खाँचो पर्ने उमेरमा एक्लो हुन नत्र, मैले रोजेको होईन !

Tagged with:

डर

आजकल मान्छेहरूको हुलमा मलाई डर लाग्छ । मान्छे नभएको सुनसानमा मलाई डर लाग्छ । मान्छे सित होस् या मान्छे बिना अनि कहिलेकाही आफू आफैसित आफैं मन काप्छ !

Tagged with:

गाला

मैले मनपराएका तिम्रा पुक्क गाला पनि चाउरिएछन् ! नल्पुरे बा सँग हाँस्दै बाधेँका ताओहरु आज सम्झना मात्र भएछन् !

Tagged with:

पैसो

पैसो के हो ? पैसो किन चाहिन्छ ? पैसोले के हुन्छ ? पैसो नहुँदा के हुन्छ ? पैसो कहिले चाहिन्छ ? पैसो कहाँ चाहिन्छ ? पैसो कसरि आउछ ? पैसो कति चाहिन्छ ? पैसा नपर्ने चिज पनि हुन्छन् र ?

Tagged with:

समय

समयमा साथीलाई अपरिचत अनि, अपरिचतलाई सहयात्री बनाउने तागत हुन्छ!

Tagged with:

« Older Entries  » Newer Entries