कि पैसो कमाउन मेहनत गर्नुस् कि समय कमाउनुहोस् दुई कौडिका मान्छेको प्रतिष्ठा कमाउन मरिहत्ते गर्नु भयो भने न त तपाईं सँग समय हुनेछ न त पैसो । अनि खाँचो पर्दा तिनै मान्छेले ताली पड्काएर तपाईको अप्ठ्यारो टार्दिनेछ्न् ।।
दशैँको जमघट तासका खाल, तासका परिकार झन्डी दाऊ पर्दाका नचाई पासा कौडाका उफ्राई पिङका मच्चाई अनि गीत घन्काई कमर मर्काई-मर्काई नाच्दै बिर्सेका बर्सौँका दुरि र थकाई ! दुई चुस्की लगाउँदै जमेका खाल भए मनका भडास अनि माया र बर्सदिनका याद अनि सम्झना कट्फट पिच्छे फुस्किन्थे होलान्, पोखिन्थे होलान् । होस्-हवास र अर्ध-निद्राको माहोलमा मन खोल्न […]
छाडेर जाने साथी तँलाई के थाहा तेरो न्यास्रो मेटाउने लाखौं कोसिस गर्दा नि मैले, नयाँ साथी भेटाउन सकिन । साथको तूक बुझ्दाको उमेर साथको वास्तविक खाँचो पर्ने उमेरमा एक्लो हुन नत्र, मैले रोजेको होईन !
आजकल मान्छेहरूको हुलमा मलाई डर लाग्छ । मान्छे नभएको सुनसानमा मलाई डर लाग्छ । मान्छे सित होस् या मान्छे बिना अनि कहिलेकाही आफू आफैसित आफैं मन काप्छ !
मैले मनपराएका तिम्रा पुक्क गाला पनि चाउरिएछन् ! नल्पुरे बा सँग हाँस्दै बाधेँका ताओहरु आज सम्झना मात्र भएछन् !
पैसो के हो ? पैसो किन चाहिन्छ ? पैसोले के हुन्छ ? पैसो नहुँदा के हुन्छ ? पैसो कहिले चाहिन्छ ? पैसो कहाँ चाहिन्छ ? पैसो कसरि आउछ ? पैसो कति चाहिन्छ ? पैसा नपर्ने चिज पनि हुन्छन् र ?
समयमा साथीलाई अपरिचत अनि, अपरिचतलाई सहयात्री बनाउने तागत हुन्छ!
Thinking is For brainstorming ideas. Writing is For connecting old ideas. Speaking is For giving a voice to emotions. Watching is For exploration. Reading is The very complicated form of watching to explore and learn. That’s why a good picture, An art or a video is Worth the attention. Listening to music is Shortcut to […]
इन्द्रिय बासना सम्हाल्न भगवानलाई पनि हम्मे हम्मे परेर त होला सृष्टिकर्ता बिष्णुले सुती-सुती संसारको संरचना तयार पार्ने ! सुती-सुती, लिला गर्ने ! सुती-सुती, सृजना गर्ने !
भोको, प्यासो अनि अनफेड दिमाग जसले जे भन्यो त्यसकै कुरो सुन्न तिर लाग्छ । त्यसकै पछि लाग्छ । दिमाग फ्री र स्वतन्त्र राख्न उसलाई प्रसस्त खुवाउनु पर्छ । दिमागको आहार ज्ञान हो । उसलाई ज्ञान खुवाउनु पर्छ । स्वस्थ दिमागले मात्र आफुलाई के चाहिन्छ कहिले चाहिन्छ कति मात्रामा चाहिन्छ को बाट चाहिन्छ कसरी लिने अनि […]
नेपाल बाहिर बस्ने मित्र तपाईलाई विदेश जान मन लाग्यो भने नेपाल आउनुहोला नेपाल ठिकै छ !