Bhupal Sapkota Software Consultant Helping founders build
and launch their ideas with code & AI

Bhupal's Newsletter

I send out occassional email with programming resources, summaries of my readings on art, science, and commerce behind technology, my writings on growing an online business etc. Feel free to subscribe, no spam!

Home

🚀 मनशा / manasha

#manasha – an expression of the experience of a moment!
i do collect
some simple sentences,
i like to play around
words.
love to smudge them,
give a sweet sound,
add some music
to let them fly.

केटाकेटी

हाम्रो पालामा काम गर्न खेत थियो भुल्न बारी थियो खेल्न चौर थियो । आजकल टिभी छ  मोबाइल छ  कम्प्युटर छ । खुला आकाश मुनि हुर्केकाले चार भित्ता भित्र हुर्केकाको मन कसरी बुझ्ने/बुझाउने?

Tagged with:

तिहार

यस्तो बत्ती जाँदा जाने तिहार के तिहार । निबुवाको पातको दुनोमा ज्योती बालेर जिम गए जिम गए भन्दै झिलिमिली पारेको तिहार पो तिहार ! गाइको गोबरले लिपेको आँगनमा बालखा हामिले भट्टयाएको देउसिरे वाला तिहार पो तिहार ! बजारिया भाइ मसलाका  पोका पारेको तिहार के तिहार  फिनि, चिनी, भेली रोटि  झिलिङ्गा, ताता ताता सेल नरिवल, पान, […]

Tagged with:

संन्सार

जसले  संन्सार आफ्नो मान्छ उसलाई घर्म र अधर्मको परिधिले समेट्न सक्तैन ।

Tagged with:

हरि

जिन्दगीमा  हरिको ह पनि नसुनेका मानिसहरु ८०-९० बर्ष बाँचेकै छन् !

Tagged with:

लत-कुलत

कुलत जाँड रक्सी  भाँङ धतुरो गाँजा चरेस चुरोट खैनी बिँडि सुर्ती गुट्खा हुक्का चिलिम जर्दा पान ! लत चिया चिनी  भात रोटी  नुन तेल आलु मिठाइ तितौरा कोकाकोला ! कुलत ले मर्छौ कि लतले मर्छौ साथि ?

Tagged with:

बेचैनी

अरु हिन्दा आफू दौडिए जस्तो । अरु बस्ता आफू हिनिरहे जस्तो । अरु शान्त हुँदा आफू छटपटिए जस्तो । यो बेचैनी को स्रोत के हो ? के का लागी ?

Tagged with:

बिहे

५ बर्षको उमेरमा बिहे हुने जूग ।१० बर्षको उमेरमा बिहे हुने जूग ।१५ बर्षको उमेरमा बिहे हुने जूग ।२० बर्षको उमेरमा बिहे हुने जूग ।२५ बर्षको उमेरमा बिहे हुने जूग ।३० बर्षको उमेरमा बिहे हुने जूग ।३५ बर्षको उमेरमा बिहे हुने जूग । मान्छेलाई जति लामो समयपरिवार बसाउनबाटबन्चित राखियोत्यति  देश विकसित हुने हो त ?

Tagged with:

झरी

पानी परेपछी  सबै अन्न, फलफूल  तरकारिका बिउहरु यसरी उमृएको देखेर मलाई पनि  झरीमा  रुझ्न मन लाग्यो !

Tagged with:

सती

मेरो त कपाल मात्र काटियो तर, टाउको त काटिएन । पोते मात्र चुँडाइयो  तर, गला त रेटिएन । चुरा मात्र फोरियो तर, हातहरु त फोरिएनन् । पाउजू मात्र झिकिए तर, खुट्टाहरु जोगिए । गहना पो झिकिए  तर, नाककान त काटिएनन् । मेरो शरीरका  राता लुगा र श्रृङ्गार मात्र पो खोसिए तर, शरीर त खोसिएन । […]

Tagged with:

पढाई लेखाई

मलाई कस्ले सिकाइदिन्छ त नि अब पढ्न? आफै पढ्दै जाउ ।  हेरिरहेसी आफैं चिनिन्छन अक्षर एकपल्ट देखेको मान्छे फेरि देख्दा चिने जस्तै ! अनि लेख्न नि? लेख्नु भनेको नि यहाँको बाटो हिड्नु जस्तै त हो नि । हिड्दै जाँदा हिनेको बाटो आफै चिनिएजस्तै लेख्दै जाँदा  एकपल्ट लेखेका अक्षर  आफै लेखिन्छन, चिनिन्छन । एकपल्ट हिँडेको बाटो […]

Tagged with:

तिहार

आफ्नै जिवनको  रातो फूल टिपिँदा कसैसँग केही गुनासो नगरेकी म  आँगनका फूल  छिमेकी दिदिहरुले टिप्दा आमासँग गुनासो गरिरहेछु । मानौँ तिनिहरुले  मेरै जिवनको फुल टिपेका हुन् ।

Tagged with:

« Older Entries  » Newer Entries