Bhupal Sapkota
भौतिक र सांसारिक रसमा रम्ने हुँदो हुँ त अमेरिका छाढ्थिन होला ! आफू ज्ञानको पारखी । सत्य र धर्म पथको सारथी । भगवानसंग जोडिने आशावादी ! अब अध्यात्म ज्ञान भेट्न नेपाल भन्दा उत्तम तपोभूमी यो संसारमा कहाँ पो होला र? 2079, Falgun #manasha
दाई म २२ बर्षको केटोले नेपालमा कहाँ गाडी चडेर हिंड्न् सक्थेँ होला र ? अनि कहाँ धनी-धनाड्यले सपिङ गर्ने ठाउँमा आफ्नो ग्रोसरी सपिङ गर्न पाउँथे र ! मलाई यहीँ ठाउँ ठिक छ । यो देशले मागेर हैन काम गरेर खान सिकाएको छ । धनी गरिब नभनिकन सबैलाई उस्तै अपर्च्युनिटी दिएको छ । दाई म अब […]
कुलतमा नफस कुसंगतमा नपर । सोखहरु धेरै बनाऊ तर आफ्ना इक्षाहरुमा केही समय लगाम लगाऊ । आफुलाई काम/job मा समर्पित गर । अनि हेर पैसो कसरी फल्छ ।
तैले काम खोज्दै बस्ने हैन, कामले तँलाई खोज्दै आओस! तैले पैसो खोज्दै बस्ने हैन, पैसोले तँलाई खोज्दै आओस!
पैसो पैसो बिक्रीमा छ ! केल्ले किन्छौ ? परिश्रम ले (Labor)? शिप ले (Skill)? जागिर ले (Job)? पेशा ले (Profession)? ब्यापार व्यवसाय ले (Business)? उद्यमशीलता ले (Entrepreneurship)? दलाली ले (Brokerage)? सेवा ले (Service)? कारिगरी ले (Craftmanship)? कि अल्छि ले (Laziness) ? लाचारी ले (Helplessness) ? अन्जान ले (Unknowing) ? कि भाग्य ले (Luck) ? कि […]
मान्छेले बुझ्दा सम्म धेरै र थोरैमा थोरै फरक छ । जब ज्यादै धेरै अनि ज्यादै थोरै जुन मान्छेको बुझाइ भन्दा टाढाको कुरा आउँछ धेरै र थोरै एकै हुन । त्यसैले धेरै धनी र धेरै गरिबहरु उस्तै हुन्छन् । जिन्दगी मिडल क्लास नै च्वास्सको हुन्छ !
चुम्बक को संगत पाउँदा फलाम चुम्बक बन्छ ! जस्तो संगत मा पर्यो मान्छे बिस्तारै त्यस्तै बन्दै जान्छ ।
हाम्रो पालामा काम गर्न खेत थियो भुल्न बारी थियो खेल्न चौर थियो । आजकल टिभी छ मोबाइल छ कम्प्युटर छ । खुला आकाश मुनि हुर्केकाले चार भित्ता भित्र हुर्केकाको मन कसरी बुझ्ने/बुझाउने?
यस्तो बत्ती जाँदा जाने तिहार के तिहार । निबुवाको पातको दुनोमा ज्योती बालेर जिम गए जिम गए भन्दै झिलिमिली पारेको तिहार पो तिहार ! गाइको गोबरले लिपेको आँगनमा बालखा हामिले भट्टयाएको देउसिरे वाला तिहार पो तिहार ! बजारिया भाइ मसलाका पोका पारेको तिहार के तिहार फिनि, चिनी, भेली रोटि झिलिङ्गा, ताता ताता सेल नरिवल, पान, […]
जसले संन्सार आफ्नो मान्छ उसलाई घर्म र अधर्मको परिधिले समेट्न सक्तैन ।
जिन्दगीमा हरिको ह पनि नसुनेका मानिसहरु ८०-९० बर्ष बाँचेकै छन् !