को रहेछ भनेर यसो भित्रबाट हेरेको त, बा पो ! मलाई त बा आउँदा अर्को घाम उदाएजस्तै लाग्यो । मेरो निजि घाम । किनभने, बिहानको घामसँगसँगै बा आँगनमा झुल्किनुभएको छ ।
दिनभरी कामैकामले तन पनि मन पनि थाकेपछी सपना पनि निदाउँदो रहेछ ।
सोह्र सत्र बर्षकी होलिन् उनी । उनका दुलहा मेरा बाका उमेरका छन् । उनी आफ्नो दुलहासँग बोलेको कहिल्यै देखेकी छैन । नबोलिकन नै उनी कसरी गर्भवती भइन् होला? गर्भवती हुन दुलहासँग बोल्नुपर्छ कि पर्दैन भनेर एकदिन सोध्नेछु दिदिलाइ म ।
आमाले सम्झाउनुभयो छोरिको जातले सहनुपर्छ नानी । जस्तो पनि भोग्नु पर्छ । छोरिले धर्ती हुनसक्नुपर्छ !
म आफैलाइ देखेर जे कुराले रुन्छु मेरा आफन्तहरु मलाई देखेर त्यही कुराले रुँदैनन । तर, हाम्रा आँसु उस्तै हुन्छन् !
यहाँ मैले केही पनि बोल्न पाउँदिन । मेरो मुखमा ताल्चा लगाएर मानौँ चाबी उनिहरुले नै लिएका छन् । मेरो मुख त्यसैले बन्द ढोकाजस्तै भएको छ । तर, मेरो मनमा भने यिनिहरुले ताल्चा लगाउन सकेका छैनन् । त्यसैले, म मनमनै मनलाग्दी बोल्छु । जे पनि बोल्छु । बोलिरहन्छु ।
रहस्यहरु अँध्यारामा हुँदा रहेछन् उज्यालो भएपछि मात्र सत्य देखिने । कतिपय सत्यहरु डाँडापारी हुँदा रहेछन् । टुप्पामा पुगेपछी मात्र देखिने । कतिपय सत्यहरु सायद उज्यालोमा पनि देखिदैँनन् ।
पुरै अनुहार त कसरी भन्नू तिनले अँखा चिम्लिएका छन । अनुहारको केन्द्र अँखाविना अनुहार पूरा हुन सक्तैन । तिनको नाक चुपचाप छ । नाक चुपचाप हुनु भनेको पुरै शरीर चुपचाप हुनुरहेछ । सास नफेरेको अनुहारलाई अनुहार भनिन्छ कि भनिन्न ?
खै कसले हो ओढाएको सेतो कात्रो उल्टाएर तिनको अनुहार देखाइदिए । मैले हेरिदिएँ पुलुक्क ! यसरी पुरै अनुहार हेरेको यहि हो पहिलोपटक र अन्तिमपटक पनि !
चौतारो आयो । चौतारोले आउ न एकछिन बसेर जाउ भनेजस्तो लाग्यो । एकछिन थकाइ मार शितल ताप पसिना पुछ दुख बिसाउ अनि जाउ भनेजस्तै लाग्यो ।
ई कानले जे नि सुन्न पर्नी ! यी अँखाले जस्तो नि देख्न पर्नी ! यो जिवनले जस्तो नि भोग्न पर्नी !