बैशाखको मन्द बतास चलिरहेको छ । वरपिपलका पातहरु बताससँग सुस्तरी सासले बात गरिरहेका छन् । म भने एक्लै आफुसँग बात मारिरहेकी छु । एक्लोपनले आफैसँग कुरा गर्न र आफ्नो साथी आफैलाइ बनाउन सिकाउँदो रहेछ ।
मलाई आमाले पहिलोपटक दुई हत्केलाले उठाएर काखमा लिँदाको क्षण, पहिलोपटक नुहाइदिएको, आमाको पहिलो चुम्बन, पहिलोपटक मनतातो तेल लगाइदिएको क्षण, आमाले खुवाएको पहिलो गाँस, सुनेको र सिकेको पहिलो शब्द, असिम मायाले मेरो गालामा पारेको पहिलो प्याट्ट, पहिलोपटक आफैले फेरेको कोल्टे, चार खुट्टाले हिँडेको अनि दुई खुट्टाले आमाको हात समाएर थैथै गर्दै हिँडेको सम्झिन मन छ ।
यो उपन्यास संस्कृति नामको घनले टाउकोमा एकोहोरो ठोकेर उठ्नै नपाएका पात्रहरुको आँसु र पिडाको महाकाब्य हो । – सुशान्त गुरुङ, गरिमा मासिक
जीवनलाई जीवनबाट पन्छाएर होइन भोगेर मात्र राम्ररी बुझ्न् सकिने रहेछ !
धर्म हराए, शस्त्र हराउँछ । शास्त्र हराए, संस्कार हराउँछ । संस्कार हराए, संस्कृति हराउँछ । संस्कृति हराए, पहिचान हराउँछ । पहिचान हराए, सर्वस्व हराउँछ ।
मैले कपाल काटेँ भनिन्छ तर काट्ने त हजामले हो नि । हैन र?
जीवनमा झार खानुतर हार नखानु । P.s. झार = घाँसझार ≠ गाँजा
खाने आज हो भोलिलाई साँचेर के भो ? भोग्ने आज हो भोलिलाई बाँचेर के भो ?
बिवाह जिन्दगीको सबैभन्दा ठूलो फाईनान्सिएल डिसिजन हो ! त्यसैले बिवाह गर्न हतार नगर्नु !
बिवाह हुन र घर जग्गा जोडिन जुर्नु पर्छ रे ! अब कहिले जुर्ने हो त्यसैको पर्खाइमा छु ।
मलाई भिडभाड मन पर्दैनमान्छेहरुको हुल मन पर्दैन । मलाइ मसिन र गाडिहरुको कोलाहल मन पर्दैन । मलाई यसो फुर्सदमा टोलाउन नपाउने दैनिकी मन पर्दैन । काठमाडौंमा त्यस्तो केही छैन जो मन परोस सिवाए आफ्नो काम । काठमाडौंको बयान म एउटा जिब्रो भएको प्राणीले कसरी गरि सकुँला र ?