Bhupal Sapkota Computer Programmer Unraveling art, science, and commerce behind technology. Passionate about teaching web/mobile programming, writing, and growing an online business.

My Private Mailing List

If you want early access and opportunities that I don’t post publicly, get on my private email list.

Home

पल्पसा

म एउटी साधारण केटि हुँ !
तपाई भन्नुहुन्छ,
तपाईका लागि म ऐना हुँ |

त्यस्तै लाग्छ
म निर्जिब हुँ |

मेरो तात्पर्य के भने
म आफ्ना लागि
केही पनि होइन |

के नठान्नुहोला भने
म अरुका लागि हुँ |
म त्यो पनि होइन |

जो आफ्नै लागि
हुन सक्दैन,
अरुका लागि
के हुन सक्ला ?

यो भनेर
म निराश देखिन सक्छु |
तर म आशाबादी हुँ |


कहिल्यै केहिप्रति
निराश छैन र
हुन पनि चाहन्न |

#

तपाइको एउटा चित्रमा
एउटा लामो
पहेंलो
पात
खसिरहेको छ |

त्यो
आफ्नो बेगमा खस्दै छ
तर चित्र हेरिरहँदा कहिल्यै
त्यो खसिसक्दैन |
खसिरहेको मात्र छ |

म त्यस्तै भएकी छु |

तपाईसामु परेर
म खासिरहेकी छु
तर टेक्ने जमिन
भेट्न सकिरहेकी छैन |

तपाइले मलाई
आफ्नो रचनाको
त्यहि पहेंलो पात
बनाइदिनुभएको छ
जो हरक्षण खसिरहन्छ |


आफ्नो बुतामा
उभिन चाहन्छु |

संघर्षका लागि
आफ्नो भूमि
आफैं रचना गर्न चाहन्छु |

म कतै अडिन चाहन्छु, बस् !

[ पल्पसा क्याफे : 3]

Category: manasha
Tagged with:

Copy & Share

पल्पसा
https://bhupalsapkota.com/palpasa/

Your thoughts? Please leave a comment

Your email address will not be published. Required fields are marked *