मलाई 
आमाले पहिलोपटक 
दुई हत्केलाले उठाएर 
काखमा लिँदाको क्षण,
पहिलोपटक नुहाइदिएको,
आमाको पहिलो चुम्बन,
पहिलोपटक मनतातो 
तेल लगाइदिएको क्षण,
आमाले खुवाएको पहिलो गाँस,
सुनेको र सिकेको पहिलो शब्द,
असिम मायाले 
मेरो गालामा पारेको पहिलो प्याट्ट,
पहिलोपटक आफैले फेरेको कोल्टे,
चार खुट्टाले हिँडेको अनि
दुई खुट्टाले आमाको हात समाएर 
थैथै गर्दै हिँडेको 
सम्झिन मन छ । 
 
						
							Category: manasha							
							Tagged with: सम्झना • सेतो धरती
						
						
						
							सम्झना							
https://bhupalsapkota.com/samjhana/