यहाँ मैले केही पनि बोल्न पाउँदिन । मेरो मुखमा ताल्चा लगाएर मानौँ चाबी उनिहरुले नै लिएका छन् । मेरो मुख त्यसैले बन्द ढोकाजस्तै भएको छ । तर, मेरो मनमा भने यिनिहरुले ताल्चा लगाउन सकेका छैनन् । त्यसैले, म मनमनै मनलाग्दी बोल्छु । जे पनि बोल्छु । बोलिरहन्छु ।
कुराहरु जोड्न मिल्छन गुणन गर्न मिल्छन तर घटाउ अनि भागा गर्न मिल्दैनन । कान चिम्लन सकिन्न बोली बिर्सन सकिन्न । बिर्सिनु भन्दा टाडीनु सजिलो झेल्नु भन्दा भाँडीनु सजिलो । या त थोरै बोल्ने अनि थोरै सँग सुमधुर सम्बन्ध राख्ने, या धेरै बोल्ने, सुस्त बोल्ने अरुको सन्मान गर्न सक्नेसँग कसको के चल्ला र ?
बोली हरेकले फ्याक्छन बोल्न सजिलो छ नी तल माथिको ओठ हल्लाउने भित्रबाट घाँटी रगडेर आन्द्रा बटारेर सास फ्याक्ने ! कसको के जान्छ र बोल्ने नी, हैन र ? त्यै त, सजिलो छ जे बोले नी भो बाल मतलब ! यस्तो सोच्नेहरू मरे भनेनी म सोक मनाऊ गर्ने छैन !
मन छुनेहरुलाई बोलीको के अर्थ दृश्यको के रहर । स्वर्ग मानेको तिम्रो उपस्थितिमा त्यसैले, म बिलायेथें | बोलीको अर्थ बुझाई हुदाँसम्म को तड्पीन्थ्यो र । बेला बित्दा बोलीले मन छुँदो रैछ ।