अरु हिन्दा आफू दौडिए जस्तो । अरु बस्ता आफू हिनिरहे जस्तो । अरु शान्त हुँदा आफू छटपटिए जस्तो । यो बेचैनी को स्रोत के हो ? के का लागी ?
५ बर्षको उमेरमा बिहे हुने जूग ।१० बर्षको उमेरमा बिहे हुने जूग ।१५ बर्षको उमेरमा बिहे हुने जूग ।२० बर्षको उमेरमा बिहे हुने जूग ।२५ बर्षको उमेरमा बिहे हुने जूग ।३० बर्षको उमेरमा बिहे हुने जूग ।३५ बर्षको उमेरमा बिहे हुने जूग । मान्छेलाई जति लामो समयपरिवार बसाउनबाटबन्चित राखियोत्यति देश विकसित हुने हो त ?
पानी परेपछी सबै अन्न, फलफूल तरकारिका बिउहरु यसरी उमृएको देखेर मलाई पनि झरीमा रुझ्न मन लाग्यो !
मेरो त कपाल मात्र काटियो तर, टाउको त काटिएन । पोते मात्र चुँडाइयो तर, गला त रेटिएन । चुरा मात्र फोरियो तर, हातहरु त फोरिएनन् । पाउजू मात्र झिकिए तर, खुट्टाहरु जोगिए । गहना पो झिकिए तर, नाककान त काटिएनन् । मेरो शरीरका राता लुगा र श्रृङ्गार मात्र पो खोसिए तर, शरीर त खोसिएन । […]
मलाई कस्ले सिकाइदिन्छ त नि अब पढ्न? आफै पढ्दै जाउ । हेरिरहेसी आफैं चिनिन्छन अक्षर एकपल्ट देखेको मान्छे फेरि देख्दा चिने जस्तै ! अनि लेख्न नि? लेख्नु भनेको नि यहाँको बाटो हिड्नु जस्तै त हो नि । हिड्दै जाँदा हिनेको बाटो आफै चिनिएजस्तै लेख्दै जाँदा एकपल्ट लेखेका अक्षर आफै लेखिन्छन, चिनिन्छन । एकपल्ट हिँडेको बाटो […]
आफ्नै जिवनको रातो फूल टिपिँदा कसैसँग केही गुनासो नगरेकी म आँगनका फूल छिमेकी दिदिहरुले टिप्दा आमासँग गुनासो गरिरहेछु । मानौँ तिनिहरुले मेरै जिवनको फुल टिपेका हुन् ।
को रहेछ भनेर यसो भित्रबाट हेरेको त, बा पो ! मलाई त बा आउँदा अर्को घाम उदाएजस्तै लाग्यो । मेरो निजि घाम । किनभने, बिहानको घामसँगसँगै बा आँगनमा झुल्किनुभएको छ ।
दिनभरी कामैकामले तन पनि मन पनि थाकेपछी सपना पनि निदाउँदो रहेछ ।
सोह्र सत्र बर्षकी होलिन् उनी । उनका दुलहा मेरा बाका उमेरका छन् । उनी आफ्नो दुलहासँग बोलेको कहिल्यै देखेकी छैन । नबोलिकन नै उनी कसरी गर्भवती भइन् होला? गर्भवती हुन दुलहासँग बोल्नुपर्छ कि पर्दैन भनेर एकदिन सोध्नेछु दिदिलाइ म ।
सोचेका कुराभनेका कुरापढेका कुरागरेका कुराअनि लेखेका कुरा ।सबैको सम्मिश्रण,मनशाका कुरा !
गजल लेख्न मनशा लेख्न शिर्षक चाहिन्न रैछ। हेर्यो, फेरी हेर्यो, हेरिरह्यो केवल हेर्नुले मात्र माया पाइन्न रैछ ! [061]