चारैतिर धुम्म बादलले घेरेको बेला पानी पर्ला भन्न मलाइ पनी आउँछ । तर, तिम्रो चेहराको कालो निलो बादलको भविष्यवाणी गर्न नसकेर मैले, आफ्नो जिन्दगी बिगारेँ । बिगार्दै छु !
कस्तो, कति किन, कसरी के, को, कुन कसलाई, कसले कहाँ, केमा कसको, कसकी कहिले, कतिखेर ! यी शब्दहरुलाई प्रसंगबस मिलाएर केहि भावको आश गरि फ्याकिएको बोलीले कुराकानी लम्ब्याउछ। तर मलाई, बोल्न मन छैन !
कुनै बोलीमा उत्तरको अपेक्षा छैन भने त्यो प्रश्न हैन ! त्यो बर्तालापको निरन्तरता सम्भब छैन नगर्नु !
के भएर हो खै भुइँको रंग अनि आकाशको रंग अर्कै देखिन्छ निलो, साटिलो देखिन्न ! हेराई हो वा कृतिमता !
केहि लेख्न नजान्ने म भौंतारिदै शब्द-शब्दहरुमा मनशा लेख्छु !
एउटा भाव दुइटा भाव हजारौं भाव खाँदेर लेखेको एउटा वाक्यलाई टुक्रा-टुक्रा पार्दा मनशा बनेको थियो बन्छ !
आजकल मलाई पाइन्ट हातले माथि सारेर सिमसिम पानीले भिझेको हरियो घाँसले भरिएको चौरमा खाली खुट्टा बिस्तारै बिस्तारै हिड्न मन लाग्छ।
फूलको मायालु आत्मियता अनि मायालु साथमा हुने रोमान्चकता एउटै लाग्छन । एउटा बस् हेर्न मन लाग्छ अर्कोलाई चुम्न !
म कोठामा झूल टाँगेर आफूलाई प्रकृतिबाट बाँधेर नसुतेको भए आजसम्म ब्रमान्डका तारा गनेर भ्याउथेँ !