Bhupal Sapkota
कलाकारसँग सकिदैन । उनीहरु अर्को संसार रचना गर्छन् । अर्कै भूगोल निर्माण गर्छन् । र आफूले चाहेअनुसारका पात्र बनाउँछन् । यी बुद्ध कस्तरी हेर्दै छन् हेर्नेक आखैमा बस्ने गरी ! मैले मूर्ति बनाएँ भने बुद्धका आँखा अर्कै बनाउन सक्छु । मेरो मूर्तिमर्फत बुद्धले यस्तरी नहेर्न सक्छन् । ती बुद्धका आँखामा भ्रान्ति हुन सक्छ । म […]
चित्रकारका लागी प्रदर्शनी लेखका लागि पुस्तक प्रकाशनजस्तै हो । गायकका लागि स्टेज परफर्मेन्सजस्तै हो । पत्रकारका लागि बाइलाइन स्टोरीजस्तै हो । [ पल्पसा क्याफे 6 ]
रचनाका लागी तन्मय हुन सक्नुपर्छ । तनावलाई कसरी निकास दिने, आफैमा भर पर्छ । [ पल्पसा क्याफे 6 ]
यहाँका कुखुरा अल्छी छन साढे-आठमा बास्छ्न भक्तपुरे जुजुधौ साढे-छमा काठमाण्डौं छिर्दो हो ! यहाँका डाँफे राजतन्त्र गएपछि लोप भएको भान हुन्छ । मुनालहरु, लोकतन्त्र आएपछि ! यहाँका भगेंराहरु, गन्तब्य बिहिन फ्याट्ट, फुट्ट उर्लिन्छन्, उफ्रिन्छन । मन, तिनको नी हुदों हो उफ्रिदा खुट्टा-दुख्दा हुन् बाध्यता हुनुपर्छ । आफ्नो काममा सेक्युरिटी जसले खोज्छ नी । नभए, उफ्रिन […]
आलु चाहिए…. प्याज चाहिए.. गोलोभेन्टा चाहिए.. हमारा पास सब कुछ हे माल्किन ! मालिक ले जाँड किन्थ्यो होला, धन्य, जाँड, बाटो मा कराउदै बेचिन्न | मान्छे चिन्नु, खसी बेच्नु |
मिलाएर लेख्ने, गमेर लेख्ने, छामेर लेख्ने, धेरै-सोचेर लेख्ने हुदों हो त, सायद मनशा लेखिन्नथ्यो होला ! सायद गजल लेखिन्थ्यो, वा कविता । मनशामा पल लेखिन्छ । मनशा पल-पल लेखिन्छ |
अक्सर सबेरै उठ्नेहरू किन उठ्लान ? अक्सर, छिट्टै सुत्नेहरु, किन सुत्लान ? बिहान, चाडैं उठेर, के नाप्नु छ र ? राति चाडैं सुतेन, के लानु छ र ? यी प्रश्नहरु, हैन रैछन | यी, बानी हो रैछन | र, बानीमा, किन को अर्थ रहदैन | बानी, लागेको कुरा, त्यो, गरिने कुरा | गर्ने कुरा |
ड्रम बजाउन बनाइएको हो.. यस्लाई बजाउनु पर्छ | बजेन भने, घाममा सेकाएर भएनी बजाउनु पर्छ.. ढाम्-ढाम् ठोक्नु पर्छ, बजाउनु पर्छ | #drum
दोहोरिन्छ की भन्ने डरमा, भूपी ले लेखेनन ! हामी पनी नलेख्ने ? शब्द दोहोरिउन, पलहरु दोहोरिन्नन, क्षणहरु दोहोरिन्नन | अनुभवहरु फेरी कोरिन्नन |
मागेर पाइने कुरा रैनछ, किनेर पाइने कुरा रैनछ, खोजेर पाइने कुरा रैनछ | बेच्न नमिल्ने कुरा रैछ, लिन-दिन नमिल्ने कुरा रैछ | माने हुने कुरा रैछ, नमाने नहुने कुरा रैछ |
यहाँ, के छैन ? सब छ | iPod छैन की, ipad छैन की, iphone छैन की, itouch छैन की, अनि, ikaalu छैन की ! अर्को ikaalu, अनि झन अर्को ikaalu छैन की | icafe को हल्ला छैन की ! — तपाइको Steve शंखमुल