Bhupal Sapkota
एकतमास, संसार जे खोज्छ, त्यहि खोजिरहेछु, संसारको भएको छु | म, आफ्नो रहन, सकिन!
मान्छेको हलमा, मान्छे, त्यतिबेला स्वतन्त्र हुन्छ, जब, उसलाई आफू, स्वतन्त्र छु भन्ने, [भ्रम] पर्छ | यो यस्तै हो, माने छ, नमाने छैन !
बहाब संगै बहने, वा, नयाँ हुरी बनेर थपिने, जम्मा, दुइटा बाटो छन् |
राम्रो साथी बन्न लाई, Time Pass गर्ने तरिका, मिल्नु पर्छ रे.. नमिले, मिलाउनु पर्छ रे..
कुनै ताका, म कसैको, नाम जपिरहन्थें, मानौं त्यो कुनै मन्त्र थियो ! र, त्यसलाई जपे, म स्वर्ग पुग्थें |
दलिनबाट, तप-तप, पानी पोखिँदाजस्तो, छताछुल्ल, आफूलाई, शब्दमा पोख्दा, मजै अर्कै !
बत्ति बलिरहेछ, मेरो कलम, चलिरहेछ, अनौठा शब्दहरु, टपक्क झर्छन, अनायासै, कलम रोकिदिन्छु म, यसो माथी, आखाँ लैजान्छु, सरर पद्छु, लौ, यत्रो लेखिएछ ! पुग्यो ल |
आफूले बिताएको जीवन, अरुले बिताउदै देख्छु, भोगी रहेको देख्छु, त्यसैले त लेख्न मन लाग्छ, त्यसैले त भन्न मन लाग्छ, त्यस्तो भए, यस्तो गरेस, यस्तो भए, त्यस्तो गरेस |
मान्छे, कि वारी हुन्छ, कि पारी हुन्छ, बिचमा हुन्न ! कि माथी हुन्छ, कि तल, लिन्ठिङ्ग अडिन्न ! खुसी, कि दायाँ छ, कि बायाँ छ ! बिचमा साँध छ, बिचमा दोमन छ, र, मलाई सोध, बिचमा तड्पीदाको पीडा !
सानो जाली रिमाल, उपहार दिएर, एउटा नौलो संसारको, छानो मुनि, हाम्रो दुनिया फुलाउने, मेरो इच्छा, सायद, रुमालमै, सिमित भयो |
पारी, क्षितिजमा, मेरो एउटा, सपना देखिन्छ | तै, मलाई, कैयन रात, ननिदाउनु छ | तिमी सायद, क्षितिजमा, केहि देख्दैनौ, मेरा सपनाहरुको, के वास्ता, तिम्रा जो परेनन |