मान्छेभन्दा,मन,पाको भएछ,त्यसैले,नगर्ने- नगर्ने,गर्न मन लाग्छ,र,मैले मनको अघि,हार,स्विकार्नै पर्छ ।
सांझ परेपछी,रात पर्छ रे,रात परेपछी,निदाईन्छ रे,त्यस्तो हुन्छ र?खै,मैले,याद गरेको,छैन ।
आफ्नाको,आफ्नू,माया,आफैलाई मात्र,हुदोँ रहेछ,सायद ।आजकाल ।
संसारमा,जो,जस्ता पनी,जसरी पनी,बाँचेका छन। हैन!बाँच्न पर्ला जस्तो छ ।म पनी ।यी,एस्तै गरी,हल्लेर,हल्लाएर ।
मैले भनेको,हुने भए,यो संसारमा,केही पनी,हुने,थिएन ।
म कोठामा,झूल टाँगेर,आफूलाई,प्रकृतिबाट,बाँधेर,नसुतेको भए,आजसम्म,ब्रमान्डका,तारा,गनेर भ्याउथेँ ।
आँखा चिम्लेर,मजाले,आफ्नो सुरमा,रमाए जस्तो, आँखा खोलेर, हेरेर,रमाएर,हुँदैन ।पुग्दैन ।
म अनकन्टारको,उदासीपन,र,बेहोसी,चाहन्थेँ,त्यसैले,तिमीलाई स्विकारेँ,थेँ,भन्न मन लग्छ ऐले ।
आफ्ना,एक-एक,बष्त्र र आभूषण,तिमीले उतार्दा,म,बस- हेरिरहेँ,मात्र हेरिरहेँ,अरू केहि गरिन,हेर्नु मा बिलिन भएँ,म समाधिस्त भएँ । तर,म आफ्ना,बष्त्र-बष्त्र,त्यती बिस्तार,बिस्तार,अझै,बिस्तारै,झिक्दै छु,तिमी किन निदाएको?
म;जब तिम्रो सर्वश्वो हेर्छु,लाज त तिमीले मान्नुपर्ने,तर,म नै,आफैं,आँखा लुकाउदैछु । तिमी;कि म?को-ले,त्यस्तो,जस्तो गरियो,गर्न हुन्नथ्यो?कि गरेको मिलेन र ?
समातेर तिमीलाई,फनन्न घुमाएर,फेरी घुमाउछु,अनि,समाउछुँ,भन्थें!हेर्न नपाउदै,आफैं,घुमिसकेँ ।