Bhupal Sapkota
एउटा भाव दुइटा भाव हजारौं भाव खाँदेर लेखेको एउटा वाक्यलाई टुक्रा-टुक्रा पार्दा मनशा बनेको थियो बन्छ !
आजकल मलाई पाइन्ट हातले माथि सारेर सिमसिम पानीले भिझेको हरियो घाँसले भरिएको चौरमा खाली खुट्टा बिस्तारै बिस्तारै हिड्न मन लाग्छ।
के भएर हो खै भुइँको रंग अनि आकाशको रंग अर्कै देखिन्छ निलो, साटिलो देखिन्न ! हेराई हो वा कृतिमता !
केहि लेख्न नजान्ने म भौंतारिदै शब्द-शब्दहरुमा मनशा लेख्छु !
फूलको मायालु आत्मियता अनि मायालु साथमा हुने रोमान्चकता एउटै लाग्छन । एउटा बस् हेर्न मन लाग्छ अर्कोलाई चुम्न !
म कोठामा झूल टाँगेर आफूलाई प्रकृतिबाट बाँधेर नसुतेको भए आजसम्म ब्रमान्डका तारा गनेर भ्याउथेँ !