पानी परेपछी सबै अन्न, फलफूल तरकारिका बिउहरु यसरी उमृएको देखेर मलाई पनि झरीमा रुझ्न मन लाग्यो !
मेरो त कपाल मात्र काटियो तर, टाउको त काटिएन । पोते मात्र चुँडाइयो तर, गला त रेटिएन । चुरा मात्र फोरियो तर, हातहरु त फोरिएनन् । पाउजू मात्र झिकिए तर, खुट्टाहरु जोगिए । गहना पो झिकिए तर, नाककान त काटिएनन् । मेरो शरीरका राता लुगा र श्रृङ्गार मात्र पो खोसिए तर, शरीर त खोसिएन । […]
मलाई कस्ले सिकाइदिन्छ त नि अब पढ्न? आफै पढ्दै जाउ । हेरिरहेसी आफैं चिनिन्छन अक्षर एकपल्ट देखेको मान्छे फेरि देख्दा चिने जस्तै ! अनि लेख्न नि? लेख्नु भनेको नि यहाँको बाटो हिड्नु जस्तै त हो नि । हिड्दै जाँदा हिनेको बाटो आफै चिनिएजस्तै लेख्दै जाँदा एकपल्ट लेखेका अक्षर आफै लेखिन्छन, चिनिन्छन । एकपल्ट हिँडेको बाटो […]
आफ्नै जिवनको रातो फूल टिपिँदा कसैसँग केही गुनासो नगरेकी म आँगनका फूल छिमेकी दिदिहरुले टिप्दा आमासँग गुनासो गरिरहेछु । मानौँ तिनिहरुले मेरै जिवनको फुल टिपेका हुन् ।
को रहेछ भनेर यसो भित्रबाट हेरेको त, बा पो ! मलाई त बा आउँदा अर्को घाम उदाएजस्तै लाग्यो । मेरो निजि घाम । किनभने, बिहानको घामसँगसँगै बा आँगनमा झुल्किनुभएको छ ।
दिनभरी कामैकामले तन पनि मन पनि थाकेपछी सपना पनि निदाउँदो रहेछ ।
सोह्र सत्र बर्षकी होलिन् उनी । उनका दुलहा मेरा बाका उमेरका छन् । उनी आफ्नो दुलहासँग बोलेको कहिल्यै देखेकी छैन । नबोलिकन नै उनी कसरी गर्भवती भइन् होला? गर्भवती हुन दुलहासँग बोल्नुपर्छ कि पर्दैन भनेर एकदिन सोध्नेछु दिदिलाइ म ।
आमाले सम्झाउनुभयो छोरिको जातले सहनुपर्छ नानी । जस्तो पनि भोग्नु पर्छ । छोरिले धर्ती हुनसक्नुपर्छ !
म आफैलाइ देखेर जे कुराले रुन्छु मेरा आफन्तहरु मलाई देखेर त्यही कुराले रुँदैनन । तर, हाम्रा आँसु उस्तै हुन्छन् !
यहाँ मैले केही पनि बोल्न पाउँदिन । मेरो मुखमा ताल्चा लगाएर मानौँ चाबी उनिहरुले नै लिएका छन् । मेरो मुख त्यसैले बन्द ढोकाजस्तै भएको छ । तर, मेरो मनमा भने यिनिहरुले ताल्चा लगाउन सकेका छैनन् । त्यसैले, म मनमनै मनलाग्दी बोल्छु । जे पनि बोल्छु । बोलिरहन्छु ।
रहस्यहरु अँध्यारामा हुँदा रहेछन् उज्यालो भएपछि मात्र सत्य देखिने । कतिपय सत्यहरु डाँडापारी हुँदा रहेछन् । टुप्पामा पुगेपछी मात्र देखिने । कतिपय सत्यहरु सायद उज्यालोमा पनि देखिदैँनन् ।