Bhupal Sapkota Software Consultant Helping founders build
and launch their ideas with code & AI

Bhupal's Newsletter

I send out occassional email with programming resources, summaries of my readings on art, science, and commerce behind technology, my writings on growing an online business etc. Feel free to subscribe, no spam!

Home

🚀 मनशा / manasha

#manasha – an expression of the experience of a moment!
i do collect
some simple sentences,
i like to play around
words.
love to smudge them,
give a sweet sound,
add some music
to let them fly.

जे नी बोल्नेहरु

बोली हरेकले फ्याक्छन बोल्न सजिलो छ नी  तल माथिको  ओठ हल्लाउने  भित्रबाट घाँटी रगडेर  आन्द्रा बटारेर सास फ्याक्ने ! कसको के जान्छ र  बोल्ने नी, हैन र ? त्यै त,  सजिलो छ  जे बोले नी भो  बाल मतलब ! यस्तो सोच्नेहरू मरे भनेनी  म सोक मनाऊ गर्ने छैन !    

Tagged with:

जलन

धपधप बलेको अनुहार देख्दै लाग्छ, वाव ! कसले, कसरि देखोस्  भित्री जलन ! 

Tagged with:

चिल्ला फोटा भित्रका पीडाहरु

नेपाल न विदेशदैनिक व्यस्तताले हकानिएर  माध्यम र सूचनाको फरक गम्न नचाहेर, रातो, सानोचारपाटे नोटिफिकेसनमाखुसिको आशा थोपरेर   आफ्ना संस्कार, आफ्ना साहित्यर आफ्ना गुरुका सिकाईमा बिश्वास नभेटेर    अपरिचित लाईकको पछी दौडेको “आधुनिक मान्छे” !  आफ्नो नाम * ,  आफ्ना फोटा अनी  नबुझेको तर बुझेको झैँ लाग्ने  नचिनेको तर चिने झैँ लाग्ने  नचाहेको तर चाहे झैँ लाग्ने  नखोजेको तर खोजे झैँ लाग्ने  काम […]

Tagged with:

बिदेशी जिन्दगी

सात बर्ष भएछ  घर नगएको  फोनमा सन्चै छस्  समयमा खानु, समयमा सुत्नु  आफ्नो ख्याल गर्नु, स्वास्थ्य नै सबै हो बाबु  भन्ने आमा बुढी भैछन्  ! म तपाइको छोरो भनेर चिनाउन प्रयास गरेको   यी नानी को हुन् भनेर आमाले सोध्दा  आफु छोरो हो या हैन भन्ने दोधार भो ! धत् जिन्दगी !!!

Tagged with:

आमा

उमेरले यादहरु  अनि सम्झनाहरु  बिर्साइदिन्छ भने  म के गरूँ  ?  

Tagged with:

डर

न बिराउनु ! न डराउनु !!

Tagged with:

मन

मन फाटे पछी  सिउन सकिन्न !  सिए पनि  जिउन सकिन्न !!

Tagged with:

नेपालपुर

ए सुन त, थाहा पाईस तैंले ? टर्कीबाट अमेरिका तिर हुर्रिएको हुरीले ती नेपालपुरे मुखिया थिए नि, तिनको बर्षौ देखिको अध्ययन, अनुसन्धान, परिमार्जन त्यो एकमुखे रुद्राक्ष्यको कलेक्सन उडायो अरे नि !! मुखिया, बडा सोखिन मान्छे !!! अनि के अरे भने, धेरै पहिले सत्य युगमा त्यस्तै हुदाँ, हुरी आउँदा; धुलो तुवाँलो बनेर नेपालपुर डाँडाको चुचुरोमा मेक्सिकोको […]

Tagged with:

नेपालपुर को मजा

कस्ता कस्ता ठाउँमा त मान्छेले त्यति मोज गर्छन भने नेपुरेले त्यो नेपुरमा कती मजा गरिरा होलान ? नेपुरे ले त्यो नेपुरमा त्यति मोज गरीरा छ भने नेपालीले नेपालमा कती मोज गरिरा होला? (Ref: नेपुर)

Tagged with:

चिया vs. गफ

सँगै चिया खाँदाको कुरो  चिया नखाँदाको कुरो  उही कुरो । चियाको कुरो भए  चिया हुँदा हुन्थ्यो  चिया नहुँदा हुन्थेन । समयको कुरो   भोगेको कुरो  चिया सँगै हुनु र चिया सँगै नहुनुले  कुरो को चुरो के पो फरक थियो र ! न होला !

Tagged with:

सबेरै हिड्नेहरु

कोहि भुँडी भर्न हिड्छन् कोहि भुँडी खाली गर्न हिड्छन्  

Tagged with:

« Older Entries  » Newer Entries