Bhupal Sapkota
आफ्ना,एक-एक,बष्त्र र आभूषण,तिमीले उतार्दा,म,बस- हेरिरहेँ,मात्र हेरिरहेँ,अरू केहि गरिन,हेर्नु मा बिलिन भएँ,म समाधिस्त भएँ । तर,म आफ्ना,बष्त्र-बष्त्र,त्यती बिस्तार,बिस्तार,अझै,बिस्तारै,झिक्दै छु,तिमी किन निदाएको?
म;जब तिम्रो सर्वश्वो हेर्छु,लाज त तिमीले मान्नुपर्ने,तर,म नै,आफैं,आँखा लुकाउदैछु । तिमी;कि म?को-ले,त्यस्तो,जस्तो गरियो,गर्न हुन्नथ्यो?कि गरेको मिलेन र ?
समातेर तिमीलाई,फनन्न घुमाएर,फेरी घुमाउछु,अनि,समाउछुँ,भन्थें!हेर्न नपाउदै,आफैं,घुमिसकेँ ।
म थाकेको;देख्दिनौ;सारै भाछ,आज,सुतम न ल ।
मैले लेखे,लेखिन्छ,मैले बोले,सुनिन्छ,मैले छोए,पोल्छ वात्यस्तै केहि हुन्छ,मैले ताने,सास आउँछ,मैले छाडे,जान्छ । मलाइ,यस्तै कुरा मन पर्छन,मैले बोलेर पनी,नसुनिने,वा,बर्षौ पछि सुनिने,लेखेर पनी नदेखिने,वा,बर्षौमा देखिने,अहँ,यस्तो मन पर्दैन ।
राँके भूत भनेर तर्सौथे,नभए-नभएको छ भन्थे,खान्छ,जिउँदै खान्छ,भन्थे,राजा भनेर तर्साएको भए,सायद,कुनै दिन त डर भाग्थ्यो!त्यो राँके भूत;छ कि?कि, छैन पो कि ?
प्रसंग बदलिन,बेर लाग्दैन,तर क्षणिकमा,धेरै प्रसंग बदल्नु,मन पोलेकोले मात्र,गर्न जानेको हुन्छ,म जस्तो ले ।
रुनेहरु मलाइ,मन पर्दैनन;किन थाह छ?एक्लै रुन्छन,मसँग आउनु नी!सँगै जात्रा देखाउनु हुन्थ्यो ।
किन रुन्छेउ तिमी?मेरो लागी?जब म आफैप्रति बफदार हुन सकिन!त्यसैले,तिम्रो ह्रिदयको,मतलबै नगरी,म कुर्लन सक्छु,म त्यसमा एकतमासको ढोङ्ग देख्छु!!!र मलाई स्वाङ पार्नेहरु,मन पर्दैनन,तिमीलाई पर्न सक्लान,त्यो मेरो चिन्ताको बिषयरहेन ।
मैले कहिल्यै रून्छु भनिन,तर म कहिल्यै हाँसिन,मैले कसैलाई कहिल्यै गाली गरिन,तर आफू कहिल्यै सम्झाइईन,मैले कसैलाई कहिल्यै दु:ख दिइनतर अफू कहिल्यै सुखी भईन,मैले कसैलाई कहिल्यै नराम्रो गर्न चाहिन,तर आफू कहिल्यै राम्रो गरिइन! अकस्मात,अचानक,कसैले,राम्रो बोल्दा,सुख दिँदा,दु:ख दिँदा,पिट्दा,नपिट्दा,बोल्दा,नबोल्दा,रुँदा,रुँवाउदा, त्यसैले,मलाई केही जस्तै लाग्दैन,छाडिसक्यो, तर पनी मलाइ,सबैले,बाँचेको छ भन्छन,आँटेको छ भन्छन,साँचेको छ भन्छन,यस्ले केही गर्छ भन्छन,सायद – मेरो निधारमा त्यस्तो […]
टोलाएर,बोलाएर,लोलाएर,कोही,केही र कसैको,याद,चाह,अनी,सपनामा,हराउनु,हाँस्नु,हँसाउनु,हुँदो रहेनछ।गल्ती गरेँ!